Dictionary

All Word

50751 पच्नु अ.क्रि. ३. कुनै वस्तु अर्का वस्तुमा गाभिएर समाप्त हुनु, लीन हुनु।
50752 पच ना. पच्ने काम पाचन।
50753 पच ना. २. अर्कासँग लिएको धनमाल फिर्ता नगरी आफैँले उपभोग गर्ने नियतले गरिने अधिकरण, लिएको लियै पार्ने काम।
50754 पच वि. पाँच ( पचभैया, पचहत्तर, पचासी आदि शब्दको आरम्भमा प्रयुक्त)।
50755 पच वि.बो. नारिएका गोरुलाई पछाडि सार्न वा फर्काउनका निम्ति हलीले भन्ने शब्द (जस्तै- होरी पच )।
50756 पचका ना. पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढुङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन, पिचकारी।
50757 पचका ना. २. स्प्रे गर्ने मेसिनको तरल पदार्थ फाल्ने टुँडोदार अवयव, पच्का।
50758 पचका ना. ३. पम्प सेटको डेलिभरी पाइपको टुप्पाको निपल, सो निपलसहितको डेलिभरी पाइप।
50759 पचक्क क्रि.वि. कमसल धातु आदिको भाँडालाई दाब्दा आउने झैं शब्द निस्कने गरी।
50760 पचक्क क्रि.वि. २. रसिलो पदार्थ किनिँदा वा दाबिंदा झैं शब्द आउने किसिमले।
50761 पचन ना. पकाउने काम।
50762 पचन ना. २ पकाउने साधन।
50763 पचन ना. ३ पकाउने व्यक्ति।
50764 पचन ना. ४. अग्नि आगो।
50765 पचनागार ना. भान्साघर।
50766 पचनी ना. पचाउने काम पच, हजम, दमपच।
50767 पचनीय वि. पचाउन लायक; पकाउन सकिने खालको।
50768 पचनीय वि. २. पचाउन योग्य।
50769 पचपच क्रि.वि. रुघा, खोकी आदिका कारणले गर्दा मुख नमिठो भई थुक वा थुकधुकी निकालिरहेर।
50770 पचपच क्रि.वि. २. जे पायो त्यही शब्द मुखबाट निकालेर।
50771 पचपचती क्रि.वि. अझै पचपच हुने गरी।
50772 पचपचती क्रि.वि. ना. २. त्यसरी थुक्ताको आवाज।
50773 पचपचती क्रि.वि. ३. त्यस्तो बोलाइ वा किरिया।
50774 पचपचाइ ना. पचपच गर्ने क्रिया वा प्रक्रिया; पचपचाहट।
50775 पचपचाइनु- अ.क्रि. पचपचाउँदो होइन।
50776 पचपचाउँदो वि. पचपचाएको नमिठो स्वादको।
50777 पचपचाउँदो वि. २. पानी, पिप (घाउ, खटिरा आदिबाट ) बगिरहने खालको।
50778 पचपचाउँदो वि. ३. फतफते।
50779 पचपचाउनु अ.क्रि. मुखमा खल्लोपनको अनुभव हुनु, मुखको स्वाद बिग्रनु।
50780 पचपचाउनु अ.क्रि. २. पानी, पिप आदि बगिरहने हुनु।
50781 पचपचाउनु अ.क्रि. ३. जे पायो त्यही बोल्नु।
50782 पचपचाहट ना. पचपचाउने भाव, स्थिति वा क्रिया- प्रक्रिया।
50783 पचपचाहा वि. पचपचाउने खालको पानी, पिप आदि (घाउ, खटिराबाट बगिरहने।
50784 पचपची क्रि.वि. पचपचती।
50785 पचपन्न ना. पचास र पाँचको योगबाट बन्ने सङ्ख्या, चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या ५५ को सङ्ख्या।
50786 पचपन्न ना. वि. २. गणनाका क्रमले चवन्नभन्दा पछि आउने सङ्ख्यामा पर्ने सो सङ्ख्याका क्रममा आउने।
50787 पचपन्ना वि. गणनाका क्रमले पचपन्न सङ्ख्यामा परेको, पचपन्न सङ्ख्याका क्रमको।
50788 पचभैया- ना. एकसाथ हिँड्छन् भनी लोकले विश्वास गरेको पाँचवटा भूतहरूको समुदाय।
50789 पचभैया- ना. २. सुदूरपश्चिमी नेपालतिर पूजा गरिने पाँच आत्माहरूको संयुक्त स्वरूप।
50790 पचमेल ना. पाँच थोक मिसाएर बनाइएको मिठाई वा मसला।
50791 पचरङ्गी वि. पाँच प्रकारका रङ वा बुट्टा मिलेको (वस्तु); पञ्चरङ्ग, पञ्चरङ्गी।
50792 पचरङ्गी वि. २. रङबिरङको ; बहुरङ्गी।
50793 पचहत्तर ना. सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या ७५ को अक।
50794 पचहत्तर ना. वि. २. गणना गर्दा सत्तरीभन्दा पाँच बेसी हुने, चौहत्तरपछिका सङ्ख्याको।
50795 पचहत्तरौ वि. गणनाका क्रमले पचहत्तर सङ्ख्यामा पर्ने, पचहत्तर सङ्ख्याका क्रमको।
50796 पचाइ ना. पच्ने भाव, क्रिया वा प्रक्रिया।
50797 पचाइनु क. क्रि. पचाउने काम गरिनु, हजम पारिनु।
50798 पचाउनु स.क्रि खाएको वस्तुलाई पाकयुक्त गराउनु, परिपक्व तुल्याउनु, पौष्टिक तत्त् लाई आत्मसात् गर्नु।
50799 पचाउनु स.क्रि २. कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले गायब तुल्याउनु वा लिनु।
50800 पचाउनी ना. पचाउने काम वा वस्तु।