Dictionary

All Word

50901 पतिया वि. पछि पाक्ने वा तयार हुने (बाली, फल आदि)।
50902 पछ्‌याइ ना. पछ्याउने क्रिया वा प्रक्रिया।
50903 पछ्याइनु क.क्रि. पछ्‌याउने काम गरिनु, पछि लागिन्।
50904 पछ्याउनु स.क्रि. पछि लाग्नु, पिछा गर्नु।
50905 पछ्याउनु स.क्रि. २. केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु, रत्तिनु।
50906 पछ्याउनु स.क्रि. ३. कसैका सँगसँगै काम गर्नु, पछिपछि गर्दै जानु।
50907 पछ्यौरा ना. पछ्‌यौरो, पछेउरा।
50908 पछ्‌यौरी ना. पछ्‌यौरो।
50909 पछ्यौरा ना. फेर मार्न वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र, दुपट्टा उत्तरीय वस्त्र ( खास्टो बर्को आदि)।
50910 पजनी ना. सरकारी तहका कर्मचारीहरूको काम गराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, थमौती, बढुवा आदि गर्ने काम।
50911 पजनी कागज / कागत ना. सरकारी कर्मचारीको कामअनुसार थमौती, खारेजी, सरुवा, बढुवा आदिका निम्ति तिनले गरेका काम आदिको विवरणसमेत तयार पारिएको कागज।
50912 पछुताउनु स.क्रि भुलचुकमा भए गरेका कामकुरामा दुःख मान्नु।
50913 पजलो ना. सम्म परेको जमिन, समतल भूमि।
50914 पजलो ना. वि. पछुताउ गर्नु, पछुतो मान्नु, चुकचुकाउनु थकथकाउनु।
50915 पछुताहट ना. पछुताइ, पछुतो।
50916 पछुतो ना. पहिले आफूले गरेका भुलमा मानेको अफसोस, थकथकी; पश्चात्ताप पछितो।
50917 पछुवा वि. पछाडि रहेको, पछाडि परेको, पछि भएको।
50918 पछुवा वि. ना. २. हात्तीका सवारीमा पछाडिपट्टि बस्ने ( माहुतेभन्दा तल्लो दर्जाको ) व्यक्ति।
50919 पछुवा वि. 3. पोइल जाँदा आफ्ना पछि लागेर आएको पहिलो लोग्नेतिरको पछिल्लो सन्तान।
50920 पछुवा वि. ४. गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति।
50921 पछुवा ना. पश्चिमतिरबाट पूर्वतिर बगेको हावा; लु।
50922 पछेउरा ना. हे पछ्यौरो।
50923 पछेउरो ना. पछ्यौरी।
50924 पछेउरो ना. पछ्यौरो।
50925 पछेटा/पछेटो ना. पछि लाग्ने काम पछ्‌याउने काम पिछा अनुसरण।
50926 पछेनी ना. पस्मिनाको फेटा।
50927 पछेनी ना. २. फेटा।
50928 पछौटे वि. पछि परेको, पछाडिको।
50929 पछौटे वि. २. अविकसि।
50930 पछौटे वि. ३ पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि); पक्तिया।
50931 पछौटे वि. ४. पछि लाग्ने, पछ्याउने (व्यक्ति)।
50932 पछौटे वि. ५. पछि बियाउने (गाई आदि)।
50933 पछौटे वि. २. समथर, पँजलो।
50934 पञ्च ना. पाँचको सङ्ख्या।
50935 पञ्च ना. २. पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय, पञ्चभलादमी।
50936 पञ्च ना. 3 पञ्चभलादमीमध्ये एक।
50937 पञ्च ना. ४. पञ्चायतको सदस्य।
50938 पञ्चक ना. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय।
50939 पञ्चक ना. २. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र ३ कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन यमपञ्चक।
50940 पञ्चक ना. ४. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय, भीष्मपञ्चक।
50941 पञ्चक ना. वि. ५. पाँच अङ्कको।
50942 पञ्च कचहरी ना. पञ्चभलादमीहरू बसेर गरिएको कुनै विषयको छलफल।
50943 पञ्चकन्या ना. अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी गरी जम्मा पाँचवटी कन्याहरूको समुदाय।
50944 पञ्चकर्म ना. जप, होम, तर्पण, रुद्राभिषेक र ब्राह्मणभोजन यी पाँच पुण्य कर्म।
50945 पञ्चकिर्ती / किर्ते वि. पञ्चभलादमीले ठहराएको, पञ्चले निर्णय गरेको (मोल)।
50946 पञ्चकिर्ते मोल ना. पञ्चभलादमीले ठहराएको वा निर्णय गरेको मोल।
50947 पञ्चकृति वि. पञ्चकिर्ते।
50948 पञ्चक्लेश ना. योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू।
50949 पञ्चखत ना. साबित भएमा ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जात पतित हुने- यी पाँच किसिमका दण्ड हुने खत वा अपराध।
50950 पञ्चगव्य ना. गाईको दुध, दही, घिउ, गउँत र गोबर मिलाई पूजादि कार्यका निम्ति बनाइएको पवित्र वस्तु।