Dictionary

All Word

50951 पञ्चगुण ना. शब्द, स्पर्श, रूप, रस र गन्ध यी पाँच प्रकारका गुण।
50952 पञ्चगुण ना. वि. २. पाँच गुना, पाँच दोब्बर।
50953 पञ्चगौड ना. विन्ध्याचलका उत्तरी भागमा बस्ने सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र औत्कल गरी ब्राह्मणका पाँच वर्ग।
50954 पञ्चचामर ना. प्रत्येक चरणमा लघुगुरु मात्रा हुने सोह -सोह अक्षरका चार चरण हुने वार्णिक छन्द।
50955 पञ्चतत्त्व ना. पृथ्वी, जल, तेज, वायु र आकाश गरी जम्मा पाँच प्राकृतिक तत्त्व।
50956 पञ्चतत्त्व ना. २. पञ्चमकार।
50957 पञ्चतन्त्र ना. नीतिसम्बन्धी उपदेशप्रद कथाहरूलाई पाँचोटा मूल कथामा उनेर लेखिएको प्रसिद्ध ग्रन्।
50958 पञ्चतारा ना. ध्यानी बुद्धका पाँच शक्ति।
50959 पञ्चतारा ना. २. पञ्चबोधिसत्त्वकी माता।
50960 पञ्चतारा ना. ३. वज्रधात्वीश्वरी, लोचना, मामकी, पाण्डुरा र तारा गरी जम्मा पाँच बौद्ध शक्ति।
50961 पञ्चताल ना. मादलसँग मिल्दो एक नेपाली बाजा।
50962 पञ्चदश ना. दश र पाँचको योगबाट बनेको सङ्ख्या, पन्ध्रको सङ्ख्या।
50963 पञ्चदशी ना. पूर्णिमा तिथि।
50964 पञ्चदशी ना. २. वेदान्तको एक प्रसिद्ध ग्रन्।
50965 पञ्चद्रविड ना. विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मणवर्गको समुदाय।
50966 पञ्चद्रविड ना. २. विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तामिल, कन्नड, तेलगु, मलयालम र सिंहली झैं पाँच प्रधान भाषा।
50967 पञ्चध्यानी बुद्ध ना. वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि गरी जम्मा पाँच बुद्ध।
50968 पञ्चनख वि. पाँच नङ हुने (जीव )।
50969 पञ्चनख वि. २. हात्ती।
50970 पञ्चनख वि. 3. कछुवा।
50971 पञ्चनख वि. ४. बाघ।
50972 पञ्चनद ना. पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज- यी पाँच नदीहरूको समूह।
50973 पञ्चनद ना. २. पन्जाब प्रदेश।
50974 पञ्चनद ना. ३. किरण, धूतपापा, सरस्वती, गङ्गा र यमुना- यी पाँच नदीहरूको समुदाय।
50975 पञ्चनिर्णय ना. पञ्चद्वारा गरिएको निर्णय।
50976 पञ्चन्यायाधिकरण ना. पञ्चभलादमीहरूद्वारा गठन गरिएको तल्लो तहको अदालत, पञ्चायती अदाल।
50977 पञ्चपखान ना. छताछुल्ल भएर छरिएको वा पोखिएको वस्तु।
50978 पञ्चपखाल ना. ज्यादै पातलो दिसा, पखाला।
50979 पञ्चपखाल ना. २. छताछुल्ल भएर छरिएको वा पोखिएको पन्यालो वस्तु पञ्चपखान।
50980 पञ्चपर्व ना. अष्टमी, चतुर्दशी, पूर्णिमा, अमावास्या र रविसङ्क्रान्ति गरी पाँचवटा पर्व।
50981 पञ्चपाण्डव ना. पाण्डुका पाँच छोराहरू, युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतप्रसिद्ध पाँच पुरुष।
50982 पञ्चपात्र ना. देवादिको कार्यमा प्रयोगमा ल्याइने दुई जलपात्र, दुई आचमनी र एक थाली गरी जम्मा पाँच पात्र।
50983 पञ्चपाला ना. प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजा सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली।
50984 पञ्चपाला ना. २. धेरै खण्ड भएको काठ, माटो आदिबाट बनेको मरमसला राखिने भाँडो, सन्जोगे।
50985 पञ्चपिता ना. जन्म दिने (बाबु), मन्त्र दिने (गुरु), कन्या दिने (ससुरो), अन्न दिने (किसान) र भय हर्ने (राजा) गरी जम्मा पाँच प्रकारका पिता।
50986 पञ्चप्राण ना. प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु, शरीरमा रहने पञ्चवायु।
50987 पञ्चबुद्ध ना. वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति भएका जम्मा पाँच बुद्ध।
50988 पञ्चबुद्ध ना. २. पुराणप्रसिद्ध पाँच बुद्धहरूको समूह (विपस्वी, शिखी, क्रकुच्छन्द, कनकमुनि र काश्यप)।
50989 पञ्चबोधिसत्त्व ना. समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पद्मपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व।
50990 पञ्चबोधिसत्त्व ना. २. पञ्चध्यानी बुद्धका छोरा।
50991 पञ्चबोधिसत्त्व ना. ३. पञ्चताराका छोरा।
50992 पञ्चभलादमी ना. गाउँका पाँच वा त्यसभन्दा बढी गण्यमान्य व्यक्तिहरूको समुदाय।
50993 पञ्चमेला ना. पञ्चायतका सबै तहका सदस्यहरूको एकत्रित समूह, जमघट वा महासम्मेलन।
50994 पञ्चम वि. पाँचौँ।
50995 पञ्चम वि. ना. २. सङ्गीतका सात स्वरमध्ये एक।
50996 पञ्चम वि. (यसलाई सङ्क्षेपमा 'प' भनिन्छ र यसमा ३६० नादलहरी रहेका हुन्छन्)।
50997 पञ्चमकार ना. वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन - यी पाँच शब्दका सुरुसुरुका पाँचोटा म यी पाँच कारबाट बन्ने वस्तु।
50998 पञ्चमहापातक ना. ब्रह्महत्या, सुरापान, चोरी, गुरुस्त्रीगमन र ती चार महापातकीको सहवास गरी पाँच किसिमका पातक वा पाप।
50999 पञ्चमहाभूत ना. पृथ्वी, जल, तेज, वायु र आकाश - यी पाँच तत्त्व ; पञ्चतत्त्व।
51000 पञ्चमहायज्ञ ना. स्वाध्याय (ब्रह्मयज्ञ), होम (देवयज्ञ), वलवैश्वदेव (भूतयज्ञ), पिण्डक्रिया ( पितृयज्ञ) र अतिथिपूजा (नृयज्ञ) गरी जम्मा पाँच किसिमका यज्ञ गृहस्थीका घरमा नित्य रूपले गरिने उपर्युक्त पाँच महायज्ञ।