Dictionary

All Word

51051 पञ्चोपचार ना. चन्दन, फूल, धूप, बत्ती र नैवेद - यी पाँच थोकबाट तयार गरिएको पूजाको सामग्री।
51052 पञ्जर ना. चराचुरुङ्गी पाल्ने खोर, पिंजरा।
51053 पञ्जर ना. २. शरीरका हाडहरूको आकृति कङ्काल।
51054 पञ्जर ना. ३. शरीर, देह।
51055 पञ्जिका ना. कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र सेस्तामा चढाएर दर्ता गरी राख्ने र पठाइने कागजको दर्ताकापी, पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण।
51056 पञ्जिका ना. २. प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका; विशद टीका।
51057 पञ्जिका ना. ३ पञ्चाङ्ग पात्रो।
51058 पञ्जिका ना. ४. विषयसूची।
51059 पञ्जिकाधिकारी ना. जन्म, विवाह, मृत्यु आदि दर्ता गरी दुरुस्त राख्ने काममा खटिएको कर्मचारी।
51060 पञ्जिकाध्यक्ष ना. रजिस्ट्रार।
51061 पञ्जी ना. हिसाब वा विवरण लेखिने पुस्तिका; बही।
51062 पञ्जीबद्ध वि. अभिलिखित; खातामा चढाइएको; तालिकाबद्ध।
51063 पञ्जीयन ना. घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनु पर्दा सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना आदि खातामा चढाएर अभिलेखका रूपमा राख्ने काम।
51064 पञ्जीयन ना. २. निवेदकको नाम, निवेदन, दर्खास्त पञ्च शस्य आदि र निवेदन गरिएको विषय आदि दर्ता गराउने काम।
51065 पञ्जीपत्र ना. पञ्जीयन कार्यका लागि भर्नुपर्ने पूर्वनिर्धारित तालिकायुक्त कागज।
51066 पट्नु अ.क्रि. कुनै काम बन्नु वा तामेल हुनु, सिद्ध हुनु, निष्टनु।
51067 पट्नु अ.क्रि. २. भेटघाट हुनु, मेल हुनु, मिलाप हुनु।
51068 पट्नु२ अ.क्रि. खेतबारीमा पानी पुग्नु, सिञ्चित हुनु।
51069 पट ना. कपडा, लुगा; वस्त्र।
51070 पट ना. २. चित्र लेख्ने कपडा, कागज, फलेक आदि वस्तु।
51071 पट ना. ३. पर्दा।
51072 पट ना. ४ तस्बिर, चित्र।
51073 पट वि. केही नजान्ने; मूर्ख; अज्ञानी कोरा।
51074 पट वि. २. समतल (मैदान)।
51075 पट वि. क्रि.वि. ३. एकदम धेरै ( पटमूर्ख, पटबाँझो इ.)।
51076 पट ना. घाउ, खटिरा चिरेपछि पिप तथा रगत सफा गर्ने काममा प्रयोग गरिने वस्तु।
51077 पटक क्रि.वि. चोटि; पल्ट, बाजि, फेर।
51078 पटकथा ना. दृश्यावली र छायाङ्कनका लागि निर्देशसहितको संवादात्मक आलेख (स्क्रिप्ट)।
51079 पटका ना. बारुद र गन्धकबाट तयार गरिएको;।
51080 पट्याक ना. पट्याक गरी पड्काइने वस्तु पटाका।
51081 पट्याक ना. २. भुईंमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदि झैं पड्कने एक किसिमको आतसबाजी।
51082 पटके वि. एक पटक मात्र हुने; एक चोटि मात्र हुने।
51083 पटके वि. २. एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको।
51084 पटके वि. ३. पटकपटक गरी गरिने।
51085 पटके वि. ना. ४. एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम।
51086 पटके चोर ना. एकपल्ट चोरीमा समातिइसकेको।
51087 पटक्क क्रि.वि. काठ आदि भाँचिंदा झैँ शब्द आउने गरी।
51088 पटक्क क्रि.वि. २. भुतुक्कसँग मर्ने किसिमले।
51089 पटक्क क्रि.वि. ३. केही पनि हुँदै नहुने किसिमले।
51090 पटक्क क्रि.वि. ४. ठ्याम्मै बिलकुल कत्ति पनि।
51091 पटक्क क्रि.वि. (उदा. - ऊ मैले भनेको पटक्क मान्दैन)।
51092 पटटट क्रि.वि. पटका आदि एकपछि अर्को पड्कँदाको झैँ शब्द आउने गरी।
51093 पटटट क्रि.वि. २. पड्कारो किसिमले सुनिने।
51094 पटटट क्रि.वि. गरी उच्चारण गरेर।
51095 पटना ना. भारतको विहारप्रान्तको राजधानी पटना सहर।
51096 पटना ना. २. अङ्ग्रेज सरकारले इस्ट इन्डिया कम्पनीमार्फत चलाएको मुद्रा कम्पनी।
51097 पटना ना. 3. अङ्ग्रेजले चलाएको भारतीय मुद्रा।
51098 पटनामाला ना. पटना जडेर गहनाका रूपमा बनाएको माला, टक्काहार; कम्पनीमाला।
51099 पटनी ना. खेत आदिमा पानी पटाउने काम, सिँचाइ।
51100 पटपट ना. केराका पातको डाँख्लो बिचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द।