Dictionary

All Word

51151 पटाइ ना. [पटाउ + आइ] २. पटाउने क्रिया वा प्रक्रिया।
51152 पटाइनु क.क्रि. पट्ने पारिनु, काम तामेल पारिनु।
51153 पटाइनु क.क्रि. २. खेत आदिमा पानी लगाइनु।
51154 पटाउनु स.क्रि. / प्रे.क्रि. खेत आदिमा पानी लगाउनु, बिरुवा आदिमा पानी सिञ्चन गर्नु।
51155 पटाउनु स.क्रि. / प्रे.क्रि. २. खाल्टो पुर्न सम्म तुल्याउनु।
51156 पटाउनु स.क्रि. / प्रे.क्रि. ३. काम सिद्ध गर्नु, कार्य पूरा गर्नु।
51157 पटाउनु स.क्रि. / प्रे.क्रि. ४. पट्ने पार्नु वा पार्न लगाउनु।
51158 पटाउनु ना. कपडाको मुख सिलाउने काम, बिट मार्ने काम।
51159 पटाउनु स.क्रि. कुनै कुरा आफ्नो पक्षमा पार्न सफल हुनु।
51160 पटाका ना. हे. पटका।
51161 पटाक्षेप ना. नाटकमा एक दृश्य देखाइसकेपछि अर्को दृश्य देखाउनुभन्दा पहिले पर्दा खसाल्ने काम; जवनिका खसाउने काम।
51162 पटाङ्गिनी ना. घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन।
51163 पटाङ्गिनी ना. २. सम्म परेको फराकिलो चउर।
51164 पटाङ्गी ना. पटाङ्गिनी।
51165 पटापट क्रि.वि फुर्तीसाथ, धमाधम चटाचट, छटाछट, फटाफट।
51166 पटापट क्रि.वि २. लगातार भाँचिने वा पड्कने गरी; पटपट।
51167 पटापट क्रि.वि ३. धमाधम पिट्ने किसिमले।
51168 पटापट क्रि.वि ४. एकपछि अर्को गर्दै मर्दै जाने गरी; भटाभट।
51169 पटार्नु स.क्रि. सिंगार गर्नु, सजाउनु, शृङ्गार पार्नु।
51170 पटार ना. पेटीजस्तो पारेर बुनिएको फित्ता।
51171 पटार ना. २. घोडाको काठी कस्ने पेटी।
51172 पटार ना. ३. लुगाफाटो आदिले सिंगारिने वा सुसज्जित हुने काम (जस्तो- सिँगारपटार )।
51173 पटाराइ ना. पटार्ने क्रिया वा प्रक्रिया।
51174 पटारिनु क.क्रि. पटार्ने काम गरिनु, सिँगारिनु।
51175 पटासी ना. रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया।
51176 पटाहा ना. घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ।
51177 पटाहा ना. २. काठको फलैँचा।
51178 पटाहा ना. ३. जोतिएका खेतबारीमा उठेका डल्लाडुल्ली फुटाउने र सम्म्याउने काममा प्रयोग हुने एक किसिमको काठ, चौकी।
51179 पटिनु अ.क्रि. काम सिद्ध होइनु, पट्नु।
51180 पटु वि. कुशल, निपुण, दक्ष, सिपालु, प्रवीण।
51181 पटु वि. २. चलाक, चतुर।
51182 पटु वि. ३. स्पष्ट (वक्ता)।
51183 पटुका ना. रक्सी बनाउँदा खप्टिएका भाँडाका बिचबाट हावा जान बन्द गर्नका लागि गोबरले टालेको घेरो।
51184 पटुका ना. कम्मरमा बाँध्ने लामो खालको कपडा ; कमरबन्दी।
51185 पटुकी ना. सानो खालको पटुका, कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा।
51186 पटुकी ना. २. पटुका (गीत, कविता वा लोकगीतमा )।
51187 पटुता/पटुत्व ना. विषयवस्तुप्रतिको दक्षता, कौशल, सिप।
51188 पटुता/पटुत्व ना. २. बाठोपना; चतुऱ्याइँ।
51189 पटुवा ना. दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा कानी छोड्ने र तिनुवा (वा सादा) तोसा (वा लक्खी) जस्ता दुई भेदमा वर्गीकृत एक वनस्पति, सन।
51190 पटुवा ना. २. त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट, सनपाट।
51191 पटुवा ना. धागो, पोते, जरी आदिको काम गर्ने एक वर्ग वा जाति।
51192 पटुवारी ना. पटवारी।
51193 पटेर ना. घुइँचो, भिड।
51194 पटेर ना. २. छिर्न नसकिने जङ्गल वा झाडी काठी।
51195 पटेर ना. (जस्तै- कालीपटेर)।
51196 पटेर ना. वि. ३. प्रशस्त ज्यादा; धेरै।
51197 पटेर ना. क्रि.वि. ४. धेरै; प्रशस्त; पट्टेर।
51198 पटेर, ना. बोझाको झैं तर गन्धविहीन जरो हुने तथा जलाशयका निकटमा पैदा हुने, गुन्द्री आदि बुन्ने काममा समेत प्रयोगमा आउने, एक थरी उखुपाते वनस्पति।
51199 पटेला / पटेलो ना. एक जातको माछो।
51200 पटेला / पटेलो ना. २. मुडा, मुड्का वा केराका थाम आदिलाई एक-अर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा।