Dictionary

All Word

51001 पञ्चमहाव्याधि ना. अर्श, यक्ष्मा, कुष्ठ, प्रमेह र उन्माद गरी जम्मा पाँच किसिमका भयानक रोग।
51002 पञ्चमहाव्रत ना. अहिंसा, सुनृता (मिठो वा साँचो बोली), अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह ( दान नलिनु वा सङ्ग्रह नगर्नु) जस्ता मनुष्यलाई माथिल्ला तहमा पुऱ्याउने मानिएका योगशास्त्रमा उल्लिखित जम्मा पाँचोटा महाव्र।
51003 पञ्चमाङ्ग ना. आधुनिक राजनीतिमा शत्रुका राज्यमा उपद्रव मच्चाउन र त्यहाँको गोप्य रहस्य थाहा पाउनका निम्ति तयार पारिएको वा नियुक्त गरिएको विशेष प्रकारको दल।
51004 पञ्चमाङ्ग ना. २. स्वदेशका विरुद्ध विदेशको दलाली गर्ने दल वा व्यक्ति।
51005 पञ्चमाङ्गी वि. पञ्चमाङ्गको, पञ्चमाङ्गसम्बन्धी।
51006 पञ्चमाङ्गी वि. ना. २. पञ्चमाङ्ग।
51007 पञ्चमी ना. चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौं तिथि, चौथीपछिको तिथि शुक्ल वा कृष्ण पञ्चमी।
51008 पञ्चमी विभक्ति ना. व्याकरणमा देखि, देखिन्, बाट आदि विभक्ति।
51009 पञ्चरङ्ग ना. पाँच प्रकारका रङ वा वस्तु।
51010 पञ्चरङ्ग ना. वि. २. पाँच रङ वा वस्तुले युक्।
51011 पञ्चरङ्ग ना. ३. धेरै प्रकारका रङले युक्त, रड्दार।
51012 पञ्चरत्न ना. नीर, हीरा, पद्मरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न।
51013 पञ्चरत्न ना. २. सुन, चाँदी, तामा, पित्तल र फलाम गरी जम्मा पाँच धातुहरूको संयोग।
51014 पञ्चराशिक ना. जानिएका चार राशिहरूद्वारा नजानिएको पाँचौं राशि पत्ता लगाउन सकिने एक खालको हिसाब।
51015 पञ्चलौह ना. सुन, चाँदी, तामा, फलाम र पित्तल - यी पाँच धातु।
51016 पञ्चलौह ना. २. ती पाँच धातुका योगबाट बनेको धातु।
51017 पञ्चवर्षीय वि. पाँच वर्षमा हुने वा गरिने, पाँच वर्षको अवधिमा पूरा हुने।
51018 पञ्चवर्षीय योजना ना. खास-खास योजना वा लक्ष्यको पूर्ति र समस्याहरूको समाधानका निम्ति पाँच वर्षको अवधिभित्र सम्पन्न गरिने कार्यक्रम।
51019 पञ्चबलि ना. कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव- देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि।
51020 पञ्चशस्य ना. धान, मुगी, तिल, मास र जौ - यी पाँच अन्न।
51021 पञ्चशील ना. हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम।
51022 पञ्चशील ना. २. इन्डोनेसिया देशको बाड्डुङ नामक सहरमा अप्रिल, १९५५ इ. मा भएको एसिया र अफ्रिकाका अनेक राष्ट्रको सम्मेलनमा राष्ट्रका पारस्परिक हितका लागि स्वीकार गरिएका, क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्त्व जस्ता महत्त्वपूर्ण पाँच सिद्धान्।
51023 पञ्चसन्धि ना. व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव- यी पाँच किसिमका सन्धि।
51024 पञ्चसन्धि ना. २. नाटकका मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण गरी जम्मा पाँच किसिमका सन्धि।
51025 पञ्चसुगन्ध धूप ना. श्रीखण्ड, कस्तूरी, अगरु, कुमकुम, केसरीसमेत पाँचवटा वस्तु मिसाई बनाइएको सुगन्धित धूप।
51026 पञ्चस्कन्ध ना. बौद्ध धर्मअनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी जम्मा पाँच गुणहरूको समुदाय।
51027 पञ्चस्नान ना. दुई हात, दुई गोडा र मुखमण्डल गरी जम्मा पाँच अङ्गहरूको स्नान।
51028 पञ्चस्नान ना. २. स्नानको साटो मुख, हात मात्रै धुने कार्य।
51029 पञ्चाक्षर वि. पाँच अक्षर भएको ना. २. 'नमः शिवाय' - यी पाँच अक्षरको मन्त्र।
51030 पञ्चाक्षरी वि. पाँच अक्षर भएको।
51031 पञ्चाक्षरी वि. ना. २. पाँच अक्षर मात्र हुने मन्त्र।
51032 पञ्चाग्नि ना. अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य योग (पितृकार्यका निम्ति ), गार्हपत्य ( दैवीवाक्का निम्ति ), आहवनीय ( हवनका निम्ति ), आवसथ्य ( गृहकार्यका निम्ति ) र पचन (मरणोपरान्त आत्मदाहका निम्ति ) गरी पाँच प्रकारका अग्नि।
51033 पञ्चाग्नि ना. २. तपस्या गर्दा प्रयोग गरिने आफ्ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय।
51034 पञ्चाङ्ग ना. पाँच अङ्ग भएको वस्तु।
51035 पञ्चाङ्ग ना. २. आयुर्वेद अनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह।
51036 पञ्चाङ्ग ना. ३. ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, तथा करण यी पाँच अङ्ग भएको पुस्तिका, पात्रो, क्यालेन्डर।
51037 पञ्चामृत ना. गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु।
51038 पञ्चामृत ना. २. पाँच प्रकारका अमृतहरूको समुदाय।
51039 पञ्चायत ना. नेपालको सं. २०१९ को पञ्चायतकालीन संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रको सञ्चालनका निमित्त चुनिएका वा निर्वाचित भएका पञ्चहरूको सङ्गठन, त्यसको पद्धति वा व्यवस्था पञ्चहरूको सभा।
51040 पञ्चायत ना. २. कुनै विवाद वा मुद्दामामिलामा समुचित निर्णय दिनका निम्ति जम्मा भएका वा चुनिएका व्यक्तिहरूको व्यवस्था एवं कार्य।
51041 पञ्चायत उपसमिति ना. तत्कालीन पञ्चायतद्वारा कुनै कार्य सम्पन्न गर्न गठित समितिभित्रको अर्को समिति।
51042 पञ्चायत समिति ना. तत्कालीन राष्ट्रिय पञ्चायतमा नियमानुसार गठित हुने विभिन्न समितिमध्ये गृह पञ्चायत तथा स्थानीय विकास, कानुन तथा न्याय, रक्षा, सामान्य प्रशासन र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनविषयक कार्यसँग सम्बन्ध राखी कार्यसम्पन्न गर्ने तत्कालीन समिति।
51043 पञ्चायती वि. पञ्चायतको वा पञ्चायतसम्बन्धी।
51044 पञ्चायती वि. २. धेरै जनाको साझा गोस्वाराको, सर्वसाधारणको।
51045 पञ्चायती अदालत ना. गाउँ पञ्चायतका पञ्चभलादमीहरू मिली सानातिना स्थानीय झगडाहरू टुङ्गो लाउनका निम्ति गठन गरिएको अदाल।
51046 पञ्चायती प्रजातन्त्र ना. नेपालको सं. २०१९ को संविधानअनुसार पञ्चायतका नीतिनियमहरूका आधारमा चलेको शासनव्यवस्था।
51047 पञ्चायती व्यवस्था ना. नेपालको सं. २०१९ को संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रिय पञ्चायत आदिका क्रमले गठित एक विशेष प्रकारको राजनीतिक व्यवस्था।
51048 पञ्चायती सभा ना. कुनै कार्य सम्पन्न गर्नका लागि र सोका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बस्ने तत्कालीन पञ्चहरूको सभा।
51049 पञ्चेन्द्रिय ना. बाह्य जगत्‌को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय।
51050 पञ्चेन्द्रिय ना. २. बोली, हात, खुट्टा, गुदद्वार तथा मूत्रद्वार गरी जम्मा पाँच कर्मेन्द्रियको समुदाय।