Dictionary

All Word

51101 पटपट ना. २. त्यस्तो शब्द निकालेर खेलिने खेल।
51102 पटपट ना. ३. हाँडीमा भुटिएका मकै आदि पड्कँदा आउने शब्द।
51103 पटपट ना. ४. लट्ठी आदि बारबार भाँचिरहँदा आउने शब्द।
51104 पटपट ना. ५. कुनै वस्तु लगातार फुट्दा आउने शब्द।
51105 पटपट ना. ६. केही पड्कँदा आउने शब्द।
51106 पटपट ना. क्रि.वि. ७. त्यस्तो शब्द निस्कने गरी।
51107 पटपटती क्रि.वि. अझै पटपट हुने गरी।
51108 पटपटती क्रि.वि. २. भकाभक एकपछि अर्को ढल्ने वा मर्ने गरी।
51109 पटपटाइ ना. पटपट गर्ने क्रिया वा प्रक्रिया।
51110 पटपटाइनु अ.क्रि. पटपट शब्द निस्किनु।
51111 पटपटाइनु अ.क्रि. क.क्रि. २. पटपट शब्द उत्पन्न गराइनु।
51112 पटपटाउनु अ.क्रि. पटपट शब्द उत्पन्न हुनु, पट्कनु।
51113 पटपटाउनु अ.क्रि. २. भटभटाउनु, फलाक्नु।
51114 पटपटाउनु अ.क्रि. ३. अस्पष्ट शब्द बोल्नु।
51115 पटपटाहट ना. पटपटाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; पटपटाइ।
51116 पटपटाहा वि. पटापट शब्द निकाल्ने; पटपटे; फटफटे।
51117 पटपटिनु अ.क्रि. पटपटाउनु।
51118 पटपटी क्रि.वि. पटपटती, पटपट।
51119 पटपटे- ना. मोटो जातको दुबो, घोडेदुबो।
51120 पटपटे- ना. २. खुकुरीको बिंड आदि बनाउने काममा आउने एक जातको रुख भालुकाठ।
51121 पटपटे- ना. ३. बलियो तथा नझर्ने, दाँती परेका किनारा भएको साधारण पात हुने, पहेँला वा सेता ससाना आकारका फूल फुल्ने बोटविशेष।
51122 पटपटे- ना. ४. केराका पातका डाँख्लाबाट बनाइने र पटपट बजाउँदै खेलिने केटाकेटीको एक खेलौना।
51123 पटपटे- ना. वि. ५. पटपट शब्द गर्ने; पटपट शब्द निकाल्ने।
51124 पटपटे- ना. ६. भटभटाउने; फटफटे।
51125 पटपट्याइ ना. पटपटिने वा पटपटाउने क्रिया वा प्रक्रिया।
51126 पटपट्याइनु क.क्रि. पटपट पारिनु, पटपट शब्द निकालिनु।
51127 पटपट्याउनु प्रे. क्रि. पटपट पार्नु, पटपट शब्द निकाल्नु वा निकाल्न लाउनु।
51128 पटपट्याहट ना. पटपटिने भाव, स्थिति, क्रिया वा प्रक्रिया; पटपट्याइ।
51129 पटबन्धा ना. कुनै पनि अधिराज्यका अधिराजकी प्रमुख विवाहिता महारानी, पटरानी।
51130 पटबाँझो ना. कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन।
51131 पटबाँझो ना. वि. २. एकदम बाँझो; पट्टबन्ध्य।
51132 पटमिरो / पटमेरो ना. बडहरका जस्ता तर केही चिल्ला पात हुने, सेता फूल र काला फल फल्ने र पात गाईबस्तुले खाने एक प्रकारको रुख, कुटमिरो।
51133 पटमैदान ना. सम्म परेको फराकिलो मैदान; खुला रुखहरू केही पनि नभएको उधारो मैदान।
51134 पटमैदान ना. ३. खुला, फराकिलो र समथर बाँझो जग्गा; पर्ती।
51135 पटरानी ना. राजाका साथमा शुभराज्याभिषेक भएकी रानी, महारानी, पट्टमहिषी।
51136 पटरी ना. रेलका लिकमुन्तिर बिछ्याइएको काठ वा फलाम रेल आदिको लिक।
51137 पटरी ना. २. फल्याक।
51138 पटरी ना. ३. इन्च आदिका नापको चिह्न भएको काठ आदिको नाप्ने साधन।
51139 पटरी ना. ४. राजमार्गका दुवैतिर पैदल हिँड्न बनाइएको बाटो।
51140 पटरी ना. ५. नदी आदिका पुलका दुवैतिर हिँड्न बनाइएको पेटी।
51141 पटरी ना. मेल, मिलाप, बानीमा समानता (उदा.- हरिको त उससँग पटरी नै खाँदैन)।
51142 पटल ना. घर आदिको छानो, छत, छादन।
51143 पटल ना. २. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा, आवरण।
51144 पटल ना. ३ तह पत्र।
51145 पटल ना. ४. आँखाको फलक वा ढकनी।
51146 पटल ना. ५. ग्रन्थको अध्याय, परिच्छेद।
51147 पटल ना. ६. समूह, जमात; हुल।
51148 पटवन्ध्या ना. निःसन्तान आइमाई (टकारॉड, बुढी कन्ने वा बैला )।
51149 पटवारी ना. तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी जिम्दारको सहायक, पटुवारी, पटवारी।
51150 पटाइ ना. पानी पट्ने क्रिया वा प्रक्रिया।