Dictionary

All Word

50801 पचाउनी ना. २. खान काटेका पशुको भित्री अङ्ग (भित्र्याँस, भुँडी, आन्द्रो आदि)।
50802 पचाउरे वि. चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द।
50803 पचाउरे वि. (उदा.- चाउरेपचाउरे खुर्पाको बिंड, के खान्छस् चाउरे सुँगुरको लिंड। - लोककविता )।
50804 पचापच क्रि.वि. कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर।
50805 पचापच क्रि.वि. २. लगातार पचका चलाएर।
50806 पचापच क्रि.वि. ३. थुक्दा स्पष्टसँग ध्वनि उत्पन्न गरेर।
50807 पचास ना. चालिस र दशको योगबाट बन्ने सङ्ख्या ५० को सङ्ख्या उनन्चासपछि आउने सङ्ख्या।
50808 पचास ना. वि. २. गणनाका क्रमले उनन्चासपछिको सङ्ख्यामा पर्ने सङ्ख्याका दृष्टिले चालिस र दशका योगको।
50809 पचासिओं / पचासियाँ वि. गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने, पचासी सङ्ख्याका क्रमको।
50810 पचासी ना. असी र पाँचका योगबाट बन्ने सङ्ख्या ८५ को सङ्ख्या, चौरासीपछि आउने सङ्ख्या।
50811 पचासी ना. वि. २. गणनाका क्रमले उनासीपछि आउने सङ्ख्या बराबरको।
50812 पचासी / पचासीयाँ वि. हे पचासिऔं।
50813 पचासौँ वि. गणनाका क्रमले पचास सङ्ख्यामा आउने, पचाससङ्ख्याका क्रमको उनन्चासपछिको प्रथम।
50814 पचाहा वि. अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको, पचाउने खालको।
50815 पचाहा वि. २. जानेका कुरालाई पनि नजाने गर्ने, बुझपचाहा, बुझपेलाहा, हेपाहा।
50816 पचिनु ना. हजम होइन, पच्ने होइनु।
50817 पचिनु ना. २. पच्तु।
50818 पचेटा / पचेडा ना. केही कुराको पछि लाग्दा हुने धपेडी, धामा।
50819 पचेटा / पचेडा ना. २. झन्झट झमेला।
50820 पच्का ना. हे पचका।
50821 पच्कार्नु स.क्रि समाजमा धक नमान अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु भन्न नहुने कुरो पनि प्याच्च भन्नु।
50822 पच्कार्नु स.क्रि २. तोकेर भन्नु औँल्याएर भन्नु।
50823 पच्कार्नु स.क्रि 3. अश्लील कुरो शब्द बोल्नु।
50824 पच्कार / पच्काराइ ना. पच्कार्ने क्रिया वा प्रक्रिया।
50825 पच्कारिनु क.क्रि. पच्कार्ने पारिनु।
50826 पच्कारिनु क.क्रि. अ.क्रि. २. पच्कार्ने होइन।
50827 पच्चर ना. ठुलो काठ, आरा आदिले चिर्दै गरेको बेला सजिलाका लागि चिरिएका ठाउँतिर ठोकिने फेसो।
50828 पच्चिस ना. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या, चौबिसपछि लगत्तै आउने सङ्ख्या।
50829 पच्चिस ना. २. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल।
50830 पच्चिस ना. वि. ३. बिस र पाँचका योगको, चौबिसपछिको सङ्ख्यामा पर्ने।
50831 पच्चिस गन्डा ना. सय पैसा थुप्रो, धेरै।
50832 पच्चिस गन्डी वि. पच्चिस गन्डाको।
50833 पच्चिसा ना. सयमा पच्चिस पच्चिसको।
50834 पच्चिसा ना. २. राम शाहले बसालेको सोअनुसार अन्नको ब्याज लिने थिति।
50835 पच्चिसौं वि. गणनाका क्रमले पच्चिस सङ्ख्यामा पर्ने, पच्चिस सङ्ख्याको; पच्चिस सङ्ख्याका क्रमको।
50836 पच्चीस ना. हे. पच्चिस।
50837 पच्चीसा वि. हे. पच्चिसौं।
50838 पच्चु वि. पचेको पाक भएको।
50839 पच्चु वि. २. प्रौढ भएको, पोख्त भएको।
50840 पच्छिनु अ.क्रि. पछि पर्ने होइन, पछौटे हुनु।
50841 पच्छिउँ ना. हे. पश्चिम।
50842 पच्छिम ना. पूर्व दिशाको विपरीत दिशा, घाम, जून, तारा आदि अस्ताउने दिशा।
50843 पच्छिम एक नम्बर ना. काठमाडौंदेखि पच्छिमतिरका नुवाकोट, लामीडाँडा, धादिङ, सल्यान आदि क्षेत्र पर्ने एक इलाका।
50844 पच्छिम चार नम्बर ना. पच्छिम तीन नम्बर इलाकादेखि पच्छिमपट्टिका भिर्कोट, गहौं, सतौं, स्याङ्जा आदि क्षेत्र भएको इलाका।
50845 पच्छिम तीन नम्बर ना. पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने लम्जुङ, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका।
50846 पच्छिम दुई नम्बर ना. पच्छिम एक नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने (मुख्य बस्ती गोर्खा भएको) एक इलाका।
50847 पच्छिमा वि. पच्छिमसम्बन्धी, पच्छिमको पश्चिमी, पाश्चात्य।
50848 पच्छिमा वि. २. पच्छिम दिशातिर रहने पश्चिमी प्रदेशको।
50849 पच्छिमा वि. ३. काठमाडौंदेखि पश्चिमतिरको।
50850 पच्छिमा वि. ना ४. नेपाली बाहुनहरूको गढकुमाउँबाट आएको वा आदिथलो डोटी भएको एक शाखा।