Dictionary

All Word

52751 परिपोष ना. परिपोषण।
52752 परिपोषण ना. पालन-पोषण गर्ने क्रिया; संरक्षण।
52753 परिपोषित वि. राम्ररी पालनपोषण गरिएको स्याहारसम्भार गरिएको; परिपुष्ट।
52754 परिप्रेक्ष्य ना. पारस्परिक अन्तरलाई साधारणतः आँखाले ठिकसँग देखिने गरी चित्रकलामा लेखिने दृश्य, पदार्थ एवं व्यक्तिहरूको अङ्कन।
52755 परिप्रेक्ष्य ना. २. आँखाले भेटेसम्मको हेराइ।
52756 परिप्रेक्ष्य ना. ३. आँखाले हेर्दा देखिने कुनै पनि वस्तुको रूप।
52757 परिप्रेक्ष्य ना. ४ सामु वा समक्षको दृश्य, वातावरण वा परिस्थिति।
52758 परिप्रेक्ष्य ना. ५. सामुन्नेको दृश्य, वातावरण, परिस्थिति वा समस्यालाई हेर्ने खास दृष्टिकोण।
52759 परिप्रेक्ष्य ना. ६. सन्दर्भ, प्रसङ्ग।
52760 परिप्रेषण ना. राम्रोसँग पठाउने काम।
52761 परिप्रेषण ना. २. निकाल्ने काम, निर्वासन।
52762 परिप्रेषण ना. ३. दूत, हलकारा आदिलाई चारैतिर पठाउने काम।
52763 परिप्रेषित वि. राम्ररी पठाइएको प्रेषि।
52764 परिप्रेषित वि. २. निकालिएको निर्वासि।
52765 परिप्रेषित वि. ३. त्यागिएको; त्यक्।
52766 परिप्रेष्य वि. परिप्रेषण गर्न योग्य ना. २. नोकर, टहलुवा।
52767 परिप्लव/ परिप्लावन ना. जथाभावी पोख्ने वा पौडी खेल्ने क्रिया।
52768 परिप्लव/ परिप्लावन ना. २. नाउ, डुङ्गा।
52769 परिप्लव/ परिप्लावन ना. ३. बाढी, भेल।
52770 परिप्लव/ परिप्लावन ना. ४. अत्याचार।
52771 परिप्लव/ परिप्लावन ना. ५. द्रोणकलशबाट सोमरस झिक्ने पात्र।
52772 परिप्लावित वि. पानी आदिले बेसरी भिजेको, निथ्रुक्क भिजेको।
52773 परिप्लावित वि. २. चुर्लुम्म डुबेको परिप्लव वा परिप्लावन भएको।
52774 परिबन्द ना. औपचारिक कारण, हेतु वा बेहोरा।
52775 परिबन्द ना. २. रोकावट, प्रतिबन्ध।
52776 परिबन्द ना. ३ घटनाचक्रबाट कुनै किसिमले स्वतः आइपर्ने काम वा कुरो, चारैतिरबाट फन्दामा पर्ने काम।
52777 परिबन्द ना. ४. काकताली, संयोग।
52778 परिबन्ध/ परिबन्धन ना. कसेर बाँध्ने काम।
52779 परिबन्ध/ परिबन्धन ना. २. रोकावट, प्रतिबन्ध।
52780 परिबन्ध/ परिबन्धन ना. ३ चौघेरामा परेर फुत्कन नसक्ने स्थिति।
52781 परिभक्षण ना. भएभरको जति सबै खाने कार्य भएजति सबै भक्षण गर्ने क्रिया सऱ्यापसुरुप।
52782 परिभक्षित वि. पूरै भक्षण गरिएको सऱ्यापसुरुप पारिएको।
52783 परिभव ना. कसैलाई तिरस्कार गर्ने काम, निन्दा।
52784 परिभव ना. २. अनादर, हेला।
52785 परिभव ना. ३. पराजय, हार, पराभव।
52786 परिभावना ना. विचार; चिन्तन।
52787 परिभावना ना. २. चिन्ता फिक्री।
52788 परिभावना ना. ३. साहित्यमा अतिशय उत्सुकता उत्पन्न गर्ने पद वा वाक्य।
52789 परिभावित वि. टम्म मिलेको, संयुक्।
52790 परिभावित वि. २. राम्ररी विचार गरिएको गम्भीरतापूर्वक सोचिएको।
52791 परिभावित वि. ३. चारैतिर ढाकिएको; व्याप्।
52792 परिभाव्य वि. होसियारी वा सोच गर्न लायक।
52793 परिभाव्य धन ना. ठुलठुला उपयोगी योजना आदि जिम्मा लिनेसँग जिम्मा दिनेले जमानतका रूपमा लिने अग्रिम धरौटी (सेक्युरिटी)।
52794 परिभाव्य धन ना. २. छात्रहरूले क्षति गरेमा नगदी रूपमा सोधभर्ना गर्ने उद्देश्यले छात्रसँग सत्रारम्भमा लिइएको अग्रिम धरौटी (अर्नेस्ट मनी)।
52795 परिभाषक वि. / ना. वार्तालाप वा कुराकानी गर्ने।
52796 परिभाषक वि. / ना. २. वक्ता, भाषणकर्ता।
52797 परिभाषक वि. / ना. ३. कसैमाथि निन्दा तथा दोषरोपण गर्ने, निन्दक।
52798 परिभाषक वि. / ना. ४. परिभाषा गर्ने (व्यक्ति)।
52799 परिभाषण ना. कुराकानी, वार्तालाप।
52800 परिभाषण ना. २. दुर्वचन बोल्ने वा गाली गर्ने काम।