Dictionary

All Word

52901 परिमोक्ष ना. ३. दिसा गर्ने काम, मलत्याग।
52902 परिमोक्ष ना. ४. विष्णु।
52903 परिमोक्षण ना. परिमोक्ष।
52904 परिमोक्षण ना. २. नेतीधौतीद्वारा शरीरका भित्री अवयव सफा गर्ने एक यौगिक विधि।
52905 परिम्लान वि. एकदम म्लान, निन्याउरो, झ्याउरो।
52906 परिम्लान वि. २. ओइलाएको ओल्याङमल्याङ परेको।
52907 परिम्लायी वि. हे. परिम्लान।
52908 परिम्लायी वि. ना. २. आँखाका नानीमा पैदा भई सर्वत्र पहेँलो वा तिरमिर उज्यालो हुने एक रोग; तैमिरिक।
52909 परियार ना. परिवार।
52910 परियार ना. २. दमाईंको एक थर।
52911 परियार ना. स्त्री. परियार्नी।
52912 परियोजक ना. परियोजना तयार पार्ने, परियोजनाकार।
52913 परियोजना ना. कुनै पनि विषयवस्तुको सम्पूर्णतालाई ध्यानमा राखी सोसम्बन्धी कार्य सम्पन्न गर्नका निम्ति बनाइएको योजना ( प्रोजेक्ट )।
52914 परियोजना ना. २. मनमा सोचेर अगाडि आउने स्थितिको अनुमान लगाएर गरिएको योजना वा परिकल्पना।
52915 परियोजित वि. परियोजना तयार पारिएको।
52916 परिरक्षक वि. सबैतिरबाट रक्षा गर्ने वा बचाउने; संरक्षक; सुरक्षक।
52917 परिरक्षण ना. चारैतिरबाट गरिने रक्षा संरक्षण, सुरक्षा, पूर्ण रक्षा।
52918 परिरक्षण ना. २. कुनै चलअचल सम्पत्ति सुचारु रूपले राख्ने काम वा सो बारेमा लाग्ने खर्चको रकम।
52919 परिरक्षणीय वि. परिरक्षण गर्न योग्य, संरक्षणीय।
52920 परिरक्षित वि. चारैतिरबाट रक्षा गरिएको, सुरक्षित, संरक्षित, पूर्ण रक्षि।
52921 परिरक्षिता / परिरक्षी वि. पूर्ण रूपले रक्षा गर्ने, परिरक्षक।
52922 परिरूप ना. भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा, प्रारूप।
52923 परिरूप ना. २. कुनै कलात्मक कृति वा सजावटसम्बन्धी पूर्वकल्पना।
52924 परिरूप ना. ३. सोअनुसार कपडा, काठ आदिमाथि फूल, बुट्टा वा यस्तै कुरा बनाउने विशेष सिप वा ढग, रूपाङ्कन, डिजाइन।
52925 परिरूपक ना. रूपाङ्कन गर्ने वा रूपरेखा तयार गर्ने व्यक्ति, नक्साआदि बनाउने व्यक्ति; प्रारूपक।
52926 परिलक्षित वि. वरिपरिका वस्तुस्थितिबाट लख काटिएको।
52927 परिलक्षित वि. २. चाहेको ; खोजेको।
52928 परिलक्षित वि. 3 देखाइएको; निर्दिष्ट।
52929 परिलक्षित वि. ४. लक्ष्य गरेको; ताकेको।
52930 परिलक्ष्य ना. सोचविचारपूर्वक निर्धारित वा स्वीकृत लक्ष्य, निर्दिष्ट उद्देश्य।
52931 परिलक्ष्य ना. वि. २. परिलक्षित गर्न योग्य।
52932 परिलङ्घन ना. उफ्रेर कुनै वस्तु वा अग्लो ठाउँ नाघ्ने काम।
52933 परिलङ्घन ना. २. उल्लङ्घन।
52934 परिलबित वि. नाघिएको उल्लङ्घन गरिएको।
52935 परिलब्ध वि. अतिरिक्त रूपमा उपलब्ध भएको।
52936 परिलब्धि ना. निर्धारित वेतन वा वृत्तिदेखि बाहेक दिइने भत्ता वा शुल्क, अनुलाभ; अतिरिक्त आम्दानी।
52937 परिलाभ ना. कुनै पदमा रही काम गर्दा सेवा आदिको कारण वेतनबाहेक भएको उपरि लाभ ( पुरस्कार आदि)।
52938 परिलिखित वि. चारैतिर रेखा आदिले घेरिएको वृत्तले घेरिएको।
52939 परिलेख ना. रेखाचित्र; खाका।
52940 परिलेख ना. २. ठुलो अधिकारी भएका ठाउँमा पठाइने कुनै कुराको विवरण।
52941 परिवञ्चन / परिवञ्चना ना. अर्कालाई फकाइफुल्याईकन ठग्ने काम।
52942 परिवञ्चनीय वि. परिवञ्चनाको लायक; ठग्न लायक।
52943 परिवञ्चित वि. फकाएर ठगिएको; वञ्चित पारिएको।
52944 परिवर्जन ना. कुनै वस्तु, ठाउँ आदिलाई राम्रैसँग छाड्ने काम, परित्याग।
52945 परिवर्जनीय वि. राम्रैसँग छाड्न योग्य, परित्याग गर्न लायक।
52946 परिवर्जित वि. राम्रैसँग छाडिएको; परित्याग गरिएको।
52947 परिवर्तक वि. घुम्ने वा चक्कर खाने।
52948 परिवर्तक वि. २. घुमाउने, रिंगाउने।
52949 परिवर्तक वि. ३. सट्टापट्टा गर्ने, विनिमय गर्ने।
52950 परिवर्तक वि. ४. युगको अन्त गर्ने, नयाँ युग आरम्भ गर्ने।