Dictionary

All Word

52951 परिवर्तन ना. एक थरी रूप, अवस्था, गुण आदिबाट अर्का थरी रूप, अवस्था, गुण आदिमा बदलिने वा रूपान्तरित हुने क्रिया; हेरफेर, अदलाबदली।
52952 परिवर्तन ना. २. उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम सुधार्ने काम।
52953 परिवर्तन ना. 3. साटफेर, विनिमय।
52954 परिवर्तन ना. ४. फेरो चक्कर।
52955 परिवर्तन ना. ५. चक्कर लगाउने काम परिभ्रमण।
52956 परिवर्तन ना. ६. वर्किने फर्किने काम।
52957 परिवर्तन ना. ७. कुनै पुरानो युगको अन्त र नयाँ युगको आरम्भ।
52958 परिवर्तनवाद ना. कुनै पनि चलिरहेको परम्परा, विधान, सामाजिक बनोटको ढाँचा आदि कुरा परिस्थितिअनुसार बदलिरहनुपर्छ भन्ने विचार।
52959 परिवर्तनवादी वि. परिवर्तनवादप्रति विश्वास गर्ने।
52960 परिवर्तनवादी वि. ना. २. परिवर्तनवादको अनुयायी।
52961 परिवर्तनशील वि. परिस्थितिअनुसार परिवर्तन भइरहने, हेरफेर वा अदल-बदली गर्न सकिने।
52962 परिवर्तनीय वि. परिवर्तन हुन वा गर्न योग्य; हेरफेर गर्न लायक।
52963 परिवर्तनीय वि. २. परिवर्तनको अधीनमा रहेको।
52964 परिवर्तित वि. परिवर्तन गरिएको; अदलबदल गरिएको।
52965 परिवर्तित वि. २. सट्टापट्टा गरिएको, विनिमय गरिएको।
52966 परिवर्तित वि. ३. घुमाइएको।
52967 परिवर्तित वि. ४. फर्केको; फिरेको।
52968 परिवर्तित किरण ना. कुनै परावर्त्य वस्तुमा परेर फर्केको किरण।
52969 परिवर्तिनी ना. भाद्रकृष्ण एकादशी।
52970 परिवर्तिनी ना. वि. २. घुम्ने, चक्कर मार्ने; परिवर्तनशील।
52971 परिवर्त्य वि. परिवर्तन गर्न सकिने, हेरफेर गर्न सकिने।
52972 परिवर्त्य वि. २. साट्न सकिने, विनिमय गर्न सकिने।
52973 परिवर्द्धन ना. राम्ररी बढ्ने क्रिया; सप्रने प्रक्रिया; परिवृद्धि।
52974 परिवर्द्धित वि. परिवर्द्धन गरिएको वा भएको।
52975 परिवहन ना. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम।
52976 परिवहन ना. २. मोटर, गाडा, जहाज आदिद्वारा एक ठाउँबाट अर्का ठाउँमा मालसामान सार्ने काम।
52977 परिवहन ना. ३ तरल पदार्थका अणु तापछि चिसा अणुलाई तताउँदै लैजाने तरल पदार्थमा हुने तापको प्रसारण।
52978 परिवहन खर्च ना. परिवहन वा मालसामानको ओसारपसारमा लाग्ने खर्च।
52979 परिवहन व्यवस्थापक ना. रेल, मोटर, जहाज आदि सवारी गाडीबाट आवतजावत गर्ने यात्री तथा मालसामानका परिवहनको व्यवस्था गर्ने अधिकारी।
52980 परिवाद ना. कसैप्रति गरिने हेला, निन्दा, अनादर।
52981 परिवाद ना. २. सिकाय।
52982 परिवादक वि. परिवाद वा निन्दा गर्ने, निन्दक।
52983 परिवादक वि. २. मुद्दा लड्ने, वादी।
52984 परिवादक वि. ३. वीणा बजाउने।
52985 परिवादिनी ना. सातवटा तार हुने एक प्रकारको वीणा बाजा।
52986 परिवादी वि. निन्दा गर्ने; अपवाद फिँजाउने।
52987 परिवादी वि. २. परिवादक।
52988 परिवार ना. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह।
52989 परिवार ना. २. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह, जहान।
52990 परिवार ना. ३. नातादार र कुटुम्ब आदि समूह।
52991 परिवार ना. ४. सजातीय व्यक्तिहरूको समूह, वर्ग।
52992 परिवार ना. ५. कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह, आश्रित जन, परिजन।
52993 परिवार नियोजन ना. परिवारमा छोराछोरीको सङ्ख्या बढ्न नदिने काम सन्तान उत्पादनमा गरिने नियन्त्रण; सन्तति निग्रह।
52994 परिवित्त ना. दाजुको विवाह नगरीकन विवाह भएको (भाइ)।
52995 परिवित्ति ना. दाजुको भन्दा पहिले भएको भाइको विवाह।
52996 परिविहार ना. अघाउँजी यताउति डुल्ने वा घुमफिर गर्ने काम, चारैतिर घुमफिर गर्ने क्रिया।
52997 परिवृत्त वि. घुमाइएको, रिडाइएको वा फर्काइएको।
52998 परिवृत्त वि. २. हेरफेर गरिएको; बदलिएको।
52999 परिवृत्त वि. ३. घेरिएको; बेरिएको; आवेष्टि।
53000 परिवृत्त वि. ना. ४. आलिङ्गन, अँगालो।