Dictionary

All Word

53101 परिहारक वि. परिहार गर्ने; परिहारी।
53102 परिहारी वि. परिहरण गर्ने, अपहरण गर्ने।
53103 परिहारी वि. २. परिहार गर्ने।
53104 परिहारी वि. ना. ३. त्याग, छोडाइ।
53105 परिहारी वि. ४. हटाउने काम निवारण।
53106 परिहार्य वि. परिहरण गर्न योग्य, अपहरण गर्न सकिने।
53107 परिहार्य वि. २. त्याग्न सकिने; परित्याज्य।
53108 परिहार्य वि. ३ हटाउन सकिने; पन्छाउन लायक; निवारणीय।
53109 परिहास ना. हाँसो; ख्यालठट्टा, उपहास, दिल्लगी।
53110 परिहास ना. २. मनोविनोद गर्ने काम, खेल, क्रीडा।
53111 परिहासक वि. उपहास गर्ने ख्यालठट्टा गर्ने; हँसीमजाक गर्ने; दिल्लगी गर्ने खिसी वा खिसीटिउरी गर्ने।
53112 परिहास्य वि. परिहास वा उपहास गर्न लायक, ख्यालठट्टा गर्न सकिने।
53113 परी ना. तरिका, काइदा, ढर्रा, ढाँचा।
53114 परी ना. २. थरी, प्रकार।
53115 परी ना. (उदा.- उनीसँग परीपरीका कुरा गर्न कसले सक्छ !)।
53116 परी ना. सविस्तार वर्णन, व्याख्या।
53117 परी ना. २. लम्बेचौडे कुरो, बेलीविस्तार (उदा.- उनी परी लाएर कुरा गर्न सिपालु छन्।)।
53118 परी ना. पखेटा हुने एक कल्पित स्त्रीजाति, अप्सरा।
53119 परी ना. २. पुराना दन्त्यकथा, पुराण आदिमा वर्णित आवश्यक पर्दा प्रकट हुने र नपर्दा अदृश्य हुने शक्ति भएकी सुन्दरी।
53120 परी ना. 3. अति राम्र युवती परमसुन्दरी स्त्री।
53121 परी कथा ना. पशुपक्षी पात्र भएको कथा।
53122 परीक्षक वि. कुनै व्यक्ति वा वस्तु सम्बन्धित विषयमा योग्य छ-छैन भनी चारैतिरबाट मूल्याङ्कन गर्ने, जाँच गर्ने, परीक्षा गर्ने, पारखी ना. २. परीक्षा लिने वा उत्तरपुस्तिका जाँच्ने व्यक्ति।
53123 परीक्षण ना. परीक्षा लिने काम सम्बन्धित विषयमा योग्य छ-छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम, जाँच गर्ने काम।
53124 परीक्षण ना. २. पारख गर्ने काम।
53125 परीक्षण काल ना. कुनै नयाँ कर्मचारी सम्बन्धित कामका निम्ति योग्य छ छैन भनी पारख गर्ने निश्चित अवधि।
53126 परीक्षण दर्ता ना. छ महिनाको अवधिका निम्ति गरिने दर्ता।
53127 परीक्षमाण वि. परीक्षणकालमा राखिएको।
53128 परीक्षमाण वि. २. परीक्षा भइरहेको।
53129 परीक्षा ना. योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम जाँच गर्ने काम; जाँच, जँचाइ।
53130 परीक्षा ना. २. कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका निम्ति गरिएको प्रयोग; पारख।
53131 परीक्षा ना. 3. प्राचीन न्यायालयमा अभियुक्त वा साक्षीको सच्चाइ जाँच्ने क्रिया, दिव्यपरीक्षा।
53132 परीक्षा ना. ४. तर्क, प्रमाण आदिबाट कुनै वस्तुका यथार्थ तत्त्वको निरूपण गर्ने काम, निष्पक्षता।
53133 परीक्षा नियन्त्रक ना. परीक्षा विभागको उच्च अधिकृ।
53134 परीक्षा प्रमुख ना. परीक्षा सम्बन्धी काम गर्ने प्रमुख अधिकारी।
53135 परीक्षा भवन ना. परीक्षार्थीहरूले परीक्षा दिने घर वा ठाउँ, परीक्षालय।
53136 परीक्षार्थी ना. परीक्षा दिने व्यक्ति, परीक्षा दिन चाहने व्यक्ति।
53137 परीक्षालय ना. परीक्षास्थल, परीक्षाभवन।
53138 परीक्षा विभाग ना. परीक्षासम्बन्धी कामकारोवार हुने विभाग।
53139 परीक्षा शाखा ना. शिक्षणसंस्थाअन्तर्गतका प्रशासनिक निकायहरूमध्येको परीक्षासम्बन्धी कामकारोबार गरिने फाँट वा विभाग।
53140 परीक्षा सञ्चालक ना. परीक्षा सञ्चालन गर्ने अधिकारी।
53141 परीक्षा सञ्चालन ना. परीक्षासम्बन्धी काम।
53142 परीक्षा स्थल ना. परीक्षाभवन, परीक्षालय।
53143 परीक्षित् ना. महाभारतप्रसिद्ध अर्जुनको नाति तथा अभिमन्युको छोरो; सर्पयज्ञ गर्ने जनमेजयको बाबु।
53144 परीक्षित वि. परीक्षा गरिएको, जाँच लिइएको, जाँचिएको।
53145 परीक्षित वि. २. पारख गरिएको।
53146 परीक्ष्य- वि. परीक्षा गर्न योग्य; जाँच गर्न लायक।
53147 परुत् क्रि.वि पोहोर गत वर्ष।
53148 परुष वि. कठोर; कडा।
53149 परुष वि. २. रुखो, कर्कश; अप्रिय।
53150 परुष वि. ३. तीव्र उग्र।