Dictionary

All Word

53201 पर्खाल ना. ईंट, ढुङ्गा आदिको गारो लगाएर अग्लो पारी बारिएको बार दिवाल।
53202 पर्खाल ना. २. गारो।
53203 पर्खिनु स.क्रि. / क.क्रि. पर्खनु।
53204 पर्खिनु स.क्रि. / क.क्रि. २. गति अडाइनु।
53205 पर्गेल्नु स.क्रि. छासमिस भएका धेरै वस्तुबाट निश्चित वस्तु छान्ने काम गर्नु।
53206 पर्गेलाइ ना. पर्गेल्ने क्रिया वा प्रक्रिया।
53207 पर्गेलाइनु क.क्रि. पर्गेल्न लगाइनु।
53208 पर्गेलाउनु प्रे. क्रि. पर्गेल्न लाउनु।
53209 पर्गेलिनु क.क्रि. पर्गेल्ने काम गरिनु।
53210 पर्चा ना. प्रचारका निमित्त कुनै कुरा लेखिएको वा छापिएको कागत, विज्ञापनको कुरो लेखिएको पुर्जा, सूचनापत्र।
53211 पर्चा ना. २. अड्डा अदालतबाट दिइने तारेखको पुर्जा।
53212 पर्चा ना. ३. विशेष अवस्थामा लेखिने मुद्दामामिलाको टिप्पणी।
53213 पर्चा ना. ४ फैसला।
53214 पर्चा ना. ५. अदालतमा वादीप्रतिवादी परेपछि प्रमाण बुझी फैसला गर्नुपर्ने भएमा प्रमाण बुझ्नलाई छोटकरीमा मुद्दासमेत लेखी दस्तखत गराई मिसिल साथ राखिने कागज।
53215 पर्चा ना. ६ परीक्षा आदिको प्रश्नपत्र।
53216 पर्चा पत्र ना. लम्बाइमा दशदेखि बाह्र इन्चसम्मको तासको आकारको बाक्लो कागजको टुक्रामा आफ्नो विचार स्पष्टसँग लेखेर कुनै विशेष समयमा प्रदर्शन गर्ने एक किसिमको शैक्षिक सामग्री।
53217 पर्चाबाजी ना. कुनै विशेष कुराको समर्थन, विरोध वा विज्ञापन गर्दा पर्चा बाँड्ने काम।
53218 पर्ची ना. सानो पर्चा।
53219 पर्ची ना. २. चिनाको पूरक, जस्तो - चिनापर्ची।
53220 पर्जन्य ना. बादल, मेघ।
53221 पर्जन्य ना. २. झरी; वर्षा।
53222 पर्जन्य ना. ३. मेघको गर्जन।
53223 पर्जन्य ना. ४. इन्द्र।
53224 पर्ण ना. बोटबिरुवा आदिको पात, पत्र।
53225 पर्ण ना. २. पान।
53226 पर्ण ना. ३. पखेटा।
53227 पर्ण ना. ४. बाणमा लगाइने प्वाँख।
53228 पर्ण ना. ५. पलाँसको रुख वा बोट।
53229 पर्ण ना. ६. कागजको पातो, पाना।
53230 पर्णक ना. विनामूल्य वितरणको काममा ल्याउन छापेको कागजको टुक्रा पर्चा (पाम्प्लेट)।
53231 पर्णकुटी ना. सेउलाको बार र सेउलाकै छानो आदि भएको छाप्रो, सेउले छाप्रो।
53232 पर्णकुटीर ना. पर्णकुटी।
53233 पर्णलता ना. पानको लहरो।
53234 पर्णवीटिका ना. पानको बिरा, पानको खिल्ली।
53235 पर्णशर ना. बेपत्ता भएर मरेको वा मरेको अनुमान गरिए पनि लास नभेटिएमा कुशको पुतला बनाई दाहसंस्कारदेखि तेह्र दिनसम्म गरिने क्रिया; नारायणबलि।
53236 पर्णशव ना. लास बेपत्ता भएका शवको दाहसंस्कारका निम्ति बनाइने आदिको पुतला; नारायणबलि।
53237 पर्णशव ना. कुश।
53238 पर्णशाला ना. पर्णकुटी।
53239 पर्णाशन ना. पात मात्र खाएर वा सागपात आदिको आहाराले मात्र लिइने एक किसिमको व्र।
53240 पर्णिक ना. पात बेचेर जीवन निर्वाह गर्ने व्यक्ति।
53241 पर्णिका ना. अमुक व्यक्तिलाई अमुक वस्तु यति दिनू भनी लेखिएको कागज, वस्तुहरूको सीमित वितरणका व्यवस्थामा बजारबाट मालसामान किन्न पाइने पुर्जी; कुपन।
53242 पर्णी ना. वृक्ष, बोट।
53243 पर्ता ना. परेको मोल, परल, साउँ।
53244 पर्ता ना. २. नाफा, फाइदा।
53245 पर्ता वि. पर्ती, बाँझो।
53246 पर्ती वि. आबाद वा खनजोत नभएको, बाँझो, पर्ता (जमिन)।
53247 पर्ती आवादी ना. हाल आबादी।
53248 पर्ती जग्गा ना. खनजोत नभएको वा नगरिएको जमिन, बालीनाली नलगाएको बाँझो जग्गा।
53249 पर्दा ना. मित्रको दृश्य बाहिरबाट नदेखियोस् भनी झ्याल–ढोकामा झुन्ड्याइने कपडा आदिको आवरण।
53250 पर्दा ना. २. स्त्रीजातिले मुख छोप्न आवरणको रूपमा प्रयोग गर्ने घुम्टो आदि।