Dictionary

All Word

53251 पर्दा ना. ३. नाटक वा चलचित्रको पट।
53252 पर्दा ना. ४. अदेखा वा अछेका प्रथा।
53253 पर्दा ना. ५. मर्यादा वा इज्ज।
53254 पर्दा ना. ६. आँखाको नानीमा मोतियाबिन्दु हुँदा लाग्ने जालो।
53255 पर्दा ना. ७. हार्बिन, प्यानो आदि बजाउँदा औँलाले दबाउने अवयव।
53256 पर्दा ना. ८. पुराना शैलीका मयलपोसमा छातीनेर निकालिने एक फेसन।
53257 पर्दा घर ना. झ्यालढोका आदिमा पर्दा अड्ने एक शिल्पविधान।
53258 पर्दानसिन वि. पर्दामा रहेकी (आइमाई )।
53259 पर्दाफास ना. पर्दा खुलेको अवस्था, कुनै कुरो प्रत्यक्ष भएको स्थिति, रहस्योद्घाटन भन्डाफोर।
53260 पर्दावाल वि. पर्दा भएको; पर्दायुक्त, पर्दाभित्र रहेको वा रहने।
53261 पर्धानी ना. टुप्पामा फलामको कापा जडिएको, डोली अड्याउनलाई डोलेहरूले लिएर हिँड्ने लौरो।
53262 पर्प ना. घर, गृह।
53263 पर्प ना. २. हरियो वा नयाँ घाँस।
53264 पर्प ना. ३. लँगडालाई एक ठाउँबाट अर्का ठाउँमा लैजाने साधन।
53265 पर्प ना. ४. लँगडाले हिँड्दा सहायता लिने लट्ठी वा काठको एक प्रकारको साधन, खर्ल्याङखुट्टी; बैसाखी।
53266 पर्पट ना. पापड।
53267 पर्पटी ना. पापड।
53268 पर्पटी ना. २. गोपीचन्दन।
53269 पर्पटी ना. ३. आयुर्वेदमा प्रसिद्ध क रसादि औषधी।
53270 पर्बाह ना. . कुनै विषयप्रति मन दिने क्रिया; वास्तासरोकार, चासो, परबाह।
53271 पर्बाह ना. २. चिन्ता ; फिक्री।
53272 पर्बाह ना. ३ सोच, विचार, ख्याल।
53273 पर्म ना. आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन परेली; पालो; बोके।
53274 पर्मपात ना. आपसआपसमा गरिने पर्म, परस्परको पर्म।
53275 पर्माङ्गी ना. हे. प्रमाङ्गी।
53276 पर्यङ्क ना. पलङ, खाट।
53277 पर्यटक वि. पर्यटन गर्ने देशविदेश घुम्ने, भ्रमण गर्ने, घुमक्कड।
53278 पर्यटक वि. ना. २. त्यस्तो व्यक्ति।
53279 पर्यटन ना. दर्शनीय र महत्त्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा।
53280 पर्यटन उद्योग ना. देशविदेशबाट मन बहलाउन वा महत्त्वपूर्ण स्थलहरूको अवलोकन गर्न आउने व्यक्तिहरूको सुविधाका ला स्थापना गरिने होटल वा दृश्यावलोकनका साधनहरू र त्यसबाट हुने विदेशी मुद्राको आर्जनसम्बन्धी उद्योग।
53281 पर्यटन केन्द्र ना. पर्यटनसम्बन्धी दृश्यावलोकन आदि भएको मुख्य ठाउँ।
53282 पर्यटन विभाग ना. पर्यटक तथा पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने र तत्सम्बन्धी व्यवस्था, रेखदेख, नियन्त्रण आदि गर्ने उद्योग- मन्त्रालयअन्तर्गतको एक विभाग।
53283 पर्यनुयोग ना. कुनै बयान वा भनाइलाई झुट्टा साबित गर्नाका निम्ति गरिएको सोधपुछ।
53284 पर्यन्त ना. यो. तक; सम्म तलक।
53285 पर्यन्त ना. यो. वि. २. सीमि।
53286 पर्यन्त ना. यो. ना. ३. अन्तिम सीमा, हद।
53287 पर्यन्त ना. यो. ४. अन्त, आखिर।
53288 पर्यन्तभूमि ना. नदी, पर्वत, नगर आदिका आसपासको जमिन।
53289 पर्यबन्धन ना. कपडाले पिठिउँ र घुँडा बाँधेर बसिने एक आसन।
53290 पर्यवलोकन ना. कुनै काम वा क्षेत्र आदिको आदिदेखि अन्त्यसम्म हेर्ने वा खोजतलास गर्ने काम, कुनै विषयको साङ्गोपाङ्ग हेरविचार गर्ने काम।
53291 पर्यवसान ना. अन्त, समाप्ति, टुङ्गो।
53292 पर्यवसान ना. २. निश्चय, निधो।
53293 पर्यवसित वि. सिद्धिएको; समाप्।
53294 पर्यवसित वि. २. निधो गरिएको; निश्चि।
53295 पर्यवसित वि. ३. नष्ट।
53296 पर्यवेक्षक ना. जाँचबुझ गर्ने व्यक्ति खोजबखर गर्ने व्यक्ति।
53297 पर्यवेक्षक ना. २. कुनै काम वा विषयको रेखदेख गर्ने व्यक्ति; निरीक्षक।
53298 पर्यवेक्षक ना. ३. जाँचकी; परीक्षक।
53299 पर्यवेक्षण ना. कुनै काम वा विषयको जाँचबुझ गर्ने काम।
53300 पर्यवेक्षण ना. २. कुनै कार्य वा विषयलाई विचारपूर्वक हेर्ने काम, निरीक्षण।