Dictionary

All Word

53401 पलट ना. २. परिवर्तन।
53402 पलट ना. [ सं . पलट] ३. पल पल्ला, तुलो; तराजु।
53403 पलटी ना. चर्मकारले छाला पिट्ता तलतिर राख्ने ढुङ्गो।
53404 पलट्ट क्रि.वि. पल्टिने वा पल्टाउने किसिमले फर्काउने वा उल्टाउने किसिमले कोल्टो फर्कने किसिमले पल्टा खाने किसिमले।
53405 पलाँस ना. सुगाका ठुँडका आकारका रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने, कोइरालो र टाँकीका जस्ता पात हुने, लामा र खैरा रङका फल फल्ने एक जातको बोट, पलाश; किंशुक, त्यसैको फूल।
53406 पलाँस ना. २. बोटबिरुवाका पा।
53407 पलाँस ना. ३. काठको चुरोभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टिको भाग।
53408 पलाँसी ना. गुम्बजहरू बनाउँदा पल्ला राख्ने काठ आदि।
53409 पला ना. घडीको साठीऔं भाग; चौबिस सेकेन्डको समय, पल।
53410 पला ना. २. ज्यादै थोरै समय छिन।
53411 पला ना. ३. तराजुको जोखिने मालसामान वा ढक राखिने थालजस्तो धातु वा काठको भाँडो, पल्ला।
53412 पलाइ ना. पाल्ने भाव, क्रिया वा प्रक्रिया।
53413 पलाइ ना. [ पलाउ + आइ] २. पलाउने भाव, क्रिया वा प्रक्रिया।
53414 पलाइनु क.क्रि. पाल्न लाइनु।
53415 पलाइनु क.क्रि. अ.क्रि. २. पलाउने होइन।
53416 पलाइलो वि. पलाउलाजस्तो सप्रेको।
53417 पलाउनु प्रे. क्रि. पाल्न लाउनु।
53418 पलाउनु अ. क्र. बोटबिरुवा आदिमा पात, आँकुरा आदि निस्कनु, पालुवा वा पल्लव उत्पन्न हुनु, पल्लवित हुनु, पाउला हाल्नु, टुसाउनु, मुजुरा निस्कनु।
53419 पलाउनु अ. क्र. २. घाउ, खटिरा आदिले खाल्टो परेका ठाउँमा मासु भरिएर आउनु।
53420 पलाउनु अ. क्र. ३. काटेको वस्तु (नङ, केश, हाँगो आदि) फेरि विकसित भएर आउनु।
53421 पलाउनु अ. क्र. ४ विपन्न अवस्थाबाट सम्पन्न अवस्थातिर लाग्नु।
53422 पलाउनु अ. क्र. ५. मनमा दया उब्जनु।
53423 पलाउनु अ. क्र. ६. उत्पन्न हुनु, उदय हुनु, उन्नति हुनु।
53424 पलान्चोक ना. बाग्मती अञ्चलमा पर्ने काभ्रेपलान्चोक जिल्लाको एक भाग।
53425 पलान्चोक ना. २. उक्त जिल्लामा रहेको एक ठाउँ, जहाँ पलान्चोक भगवतीको मन्दिर छ।
53426 पलान्चोके वि. पलान्चोकको।
53427 पलान्चोके वि. ना. २. नेपाली जुत्ताको एक प्रकार।
53428 पलान्चोके जुत्ता ना. छालाकै धागाले सिइएको, पहेँलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले उत्पादन गरेको जुत्ता।
53429 पलान्न ना. मासु मिसाइएको अन्न, पुलाउ।
53430 पलापिनु अ.क्रि. आफ्नो साबिकको स्थितिमा नरहनु, बिग्रँदै जानु, तन छाड्नु।
53431 पलापिनु अ.क्रि. २. पात्तिनु, सल्लाहमा नआउनु।
53432 पलाप्याइ ना. पलापिने भाव, क्रिया वा प्रक्रिया।
53433 पलाप्याइलो वि. पलापिने पार्लाजस्तो।
53434 पलाप्याइलो वि. २. पलापिने होइएलाजस्तो।
53435 पलायक वि. भाग्ने, भगुवा पलायन गर्ने।
53436 पलायन ना. डराएर वा परिस्थितिसँग हारेर भाग्ने काम वा आफ्नो डेग छाड्ने काम सुइँकुच्चा।
53437 पलायनवाद ना. गाह्रो साँघुरो परेका बखतमा आफ्नो सिद्धान्तमा स्थिर नरही पलायन हुने सिद्धान्।
53438 पलायनवाद ना. २. जीवनका बाधाहरूसित जुधी तिनलाई जित्ने साहस नदेखाई भागेर कुनै सुखद काल्पनिक स्थितिमा पुग्ने आकाङ्क्षा राख्ने एक साहित्यिक सिद्धान्त (युटोपिया)।
53439 पलायनवादी वि. पलायनवादको अनुसरण गर्ने, पलायनको सिद्धान्तको अनुयायी।
53440 पलायमान वि. भागिरहेको, कुलेलम भइरहेको, भाग्दो।
53441 पलायित वि. पलायन भएको, भागेको सुइँकुच्चा ठोकेको।
53442 पलायी वि. डराएर भाग्ने, भगुवा।
53443 पलायी वि. २. पलायनधर्मी, पलायन रुचाउने।
53444 पलाल ना. गेडा झारिसकेपछिको धानको बोट।
53445 पलाल ना. २. बस्तुभाउका लागि घाँसका रूपमा प्रयोग गरिने सोही वस्तु पराल।
53446 पलाश ना. हे. पलाँस, किंशुक।
53447 पलाशी ना. वनअङ्गुरको लहरो ; पुरनी।
53448 पलिसा ना. हे. पलेसो।
53449 पल्किनी ना. कपाल सेतै भई फुलेकी बुढी आइमाई।
53450 पल्किनी ना. २. पहिलो बेत बियाउने गर्भिणी गाई।