Dictionary

All Word

53301 पर्यस्त वि. फ्याँकिएको मिल्काइएको।
53302 पर्यस्त वि. २. हटाइएको, निकालिएको।
53303 पर्यस्तापहनुति ना. उपमानका गुणलाई छिपाएर उपमेयप्रति आरोप गर्दा हुने पति अलङ्कारको एक भेद।
53304 पऱ्याकपुरुक क्रि.वि. . घिउतेलमा तरकारी भुट्दा परपरी पारेर।
53305 पऱ्याकपुरुक क्रि.वि. २. सानातिना काठ वा सन्ठी आदिका टुक्रा भाँच्दा शब्द आउने किसिमले।
53306 पऱ्याकपुरुक क्रि.वि. ३. साग आदि निमोठनामोठ पार्दा शब्द आउने चालसँग।
53307 पर्याण ना. घोडाको काठी।
53308 पर्याप्त वि. चाहिएजति, प्रशस्त, यथेष्ट, काफी, पुग्दो, लात्तीकुत्ती।
53309 पर्याप्त वि. २. पाइएको ; प्राप्।
53310 पर्याप्त वि. ३. समर्।
53311 पर्याप्ति ना. चाहिएजति हुने अवस्था, प्रशस्त मात्रामा पुग्ने स्थिति यथेष्टता।
53312 पर्याय ना. समान अर्थ बुझाउने शब्द, एउटै अर्थ बुझाउने अर्को शब्द, समानार्थक शब्द।
53313 पर्याय ना. २. अनुक्रम, सिलसिला।
53314 पर्याय ना. ३. एउटा वस्तुको क्रमैसँग अनेक आश्रय वा एउटैमा आश्रित अनेक वस्तुहरू वर्णन गर्दा हुने एक अर्थालङ्कार।
53315 पर्यायवाचक/वाची वि. समान अर्थ बुझाउने, एउटै अर्थ बुझाउने, समानार्थक।
53316 पर्यायोक्त ना. कुनै कुरो सोझै नभनेर घुमाउरो पाराले वा चमत्कारपूर्ण ढङ्गले वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
53317 पर्यालोकन ना. चारैतिर राम्ररी हेर्ने काम, सम्यक् अवलोकन।
53318 पर्यालोकित वि. पर्यालोकन गरिएको; राम्ररी हेरिएको।
53319 पर्यालोचन ना. कुनै विषय वा वस्तुको दोष, गुण आदि वा सबै किसिमका पक्षको राम्ररी विचार गर्ने काम समीक्षा।
53320 पर्यालोचना ना. पर्यालोचन।
53321 पर्यालोचित वि. पर्यालोचन गरिएको, समीक्षि।
53322 पर्यावरण ना. कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति; वातावरण।
53323 पर्यावरण ना. २. चारैतिर फैलिएको वा रहेको हावा पानी।
53324 पर्यावर्तन ना. फर्केर आउने काम, फिर्ने काम।
53325 पर्यावर्तित वि. पर्यावर्तन भएको।
53326 पर्युपासक वि. देवदेवीहरूको राम्ररी उपासना गर्ने, देवदेवीहरूको पूजा गर्ने।
53327 पर्युपासना ना. राम्ररी गरिएको उपासना, पूजा, अर्चना।
53328 पर्युपासना ना. २. मैत्री, सद्भावना।
53329 पर्र क्रि.वि. ससाना दाना तातेका घिउतेलमा हाल्दा वा पानीका छिटा पर्दा आए झैं शब्द आउने किसिमले।
53330 पर्र क्रि.वि. २. पुस्तक, लेख आदि नरोकिईकन बाच्ने किसिमले हर्र, खरी।
53331 पर्र क्रि.वि. ३. धेरै बन्दुक वा पटाकाहरू क्रमैसित पड्कँदा आएझैं शब्द आउने किसिमले।
53332 परन / पर्स ना. धाराप्रवाह; अविच्छिन्न गति।
53333 परन / पर्स ना. २. ताँती, धुइरो।
53334 पर्लक ना. पल्टने - पल्टाउने चाल वा खेप।
53335 पर्ल पर्लक क्रि.वि. धेरै खेप पर्लक्क हुने चालसँग।
53336 पर्लक्क क्रि.वि. एक्कासि पल्टने किसिमले टाउकाले टेकेर शरीर उल्टाउने गरी।
53337 पर्लक्क क्रि.वि. २. आँखाका परेला वा पट्टल माथि उचाल्ने किसिमले रिसले आँखाको पट्टल धेरै माथि उचालेर हेरे।
53338 पर्ल्याक ना. बिस्तारै पल्टने चाल।
53339 पर्ल्याक्क क्रि.वि. एकै खेपमा पल्टने चालसँग।
53340 पर्ल्याकपुर्लुक क्रि.वि. सबै एकै चोटि पल्टने गरी एकै खेपमा पल्टिएर।
53341 पर्व ना. शुक्ल वा कृष्णपक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल।
53342 पर्व ना. २. चन्द्र वा सूर्यमा लाग्ने ग्रहण।
53343 पर्व ना. ३. धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन, उत्सव, चाड।
53344 पर्व ना. ४. कुनै काम हुने वा गरिने विशिष्ट दिन; मौका अवसर।
53345 पर्व ना. ५ दुई वस्तु वा दुई अङ्ग जोडिएको ठाउँ, जोर्नी।
53346 पर्व ना. ६. चतुर्मास।
53347 पर्व ना. ७ औँलाका जोर्नी छुट्टयाइएको खण्ड।
53348 पर्व ना. ८. कुनै विशेष घटना वा त्यस्तो घटना भएको समय (जस्तो- कोतपर्व, भँडारखालपर्व इ.)।
53349 पर्व ना. C. महाभारत ग्रन्थको खण्ड।
53350 पर्व ना. १०. तीन मात्रा वा अड्गुल बराबरको नाप।