Dictionary

All Word

53151 परुष वि. ४. निष्ठुर, निर्दय।
53152 परुष वि. ५. नीरस, रसविहीन।
53153 परुषाक्षर वि. कडा र रुखो शब्द प्रयोग गर्ने।
53154 परुषावृत्ति ना. वीररसका निम्ति उपयुक्त, ओजगुणप्रधान, टवर्गीय द्वित्वीभूत तथा संयुक्त वर्णका साथै रेफ, श, ष आदि कठोर वर्ण र लामालामा समासयुक्त शब्दद्वारा काव्यको रचना गर्ने एक रीति।
53155 परुषोक्ति ना. निष्ठुर वचन, कठोर बोली।
53156 परेखिया ना. अड्डाखानामा रत्नहरू र अरू विशेष वस्तुको पारख गर्न राखिने सरकारी कर्मचारी; परखिया।
53157 परेठ / परेड ना. सैनिकहरूको तालिम वा शिक्षा, कवायद।
53158 पता ना. सार्कीले छाला पिट्ता तलतिर राखिने ढुड्गो।
53159 परेता ना. चङ्गाको धागो बेर्ने एक खालको लट्टाई।
53160 परेती ना. सानो किसिमको पता।
53161 परेला ना. हे. परेलो।
53162 परेलापेटी ना. परेलाको बन्धन वा मेखला।
53163 परेली ना. कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एक अर्काको काम गरिदिने प्रक्रिया, खेतालो गएर खेताले तिर्नुपर्ने गरी लगाइएको रिन, खेताले पैंचो, पर्म, बोके।
53164 परेली ना. स्वास्नीलाई बोलाउँदाको मानबोधक शब्द; विवाहिता स्त्री।
53165 परेली ना. धामी वा झाँक्री पतुर्ने बेलामा उच्चारण गर्ने मन्त्र।
53166 परेली/परेलु ना. परेलो (गीत, लोकगीत र कवितामा झमझम परेली, आँखैमा गाजलु)।
53167 परेलो ना. आँखाको ढकनीका रूपमा रहेको डिलमा उम्रेको रौं।
53168 परेवा ना. औंसी वा पूर्णिमाको भोलिपल्टको तिथि, प्रतिपदा।
53169 परेवा ना. हलेसो वा ढुकुरका आकारको केही ठुलो विभिन्न रङ र जातको प्रसिद्ध पक्षी, घरमा पालिने शान्तिको प्रतीक मानिने एक प्रकारको पक्षी।
53170 परेवा आँखी / आँखे वि. परेवाका जस्ता आँखा वा परेवाका आँखा • जस्तै बुट्टा भएको (मानिस वा कपडा)।
53171 परेवा डाँक ना. परेवाद्वारा पठाइने पुरानो किसिमको डाँक- व्यवस्था ( पिजन - पोस्ट।
53172 परेवा डाँक ना. २. बास बसेको परेवाले प्रत्येक पहरमा बासेको आवाज।
53173 परोक्त वि. गलत कुरो भनिएको।
53174 परोक्त दोष ना. न्यायालय आदिमा अनुचित वा अशिष्ट बयान दिएबापत लाग्ने दोष।
53175 परोक्ष वि. आँखाका सामुन्ने नभएको, अप्रत्यक्ष।
53176 परोक्ष वि. २. सोको ढङ्गले नभनी घुमाउरो पाराले भनिएको।
53177 परोक्ष वि. ३. छिपेको ; गुप्।
53178 परोक्ष वि. ४. व्याकरणमा पूर्ण भूतकाल।
53179 परोक्ष वि. ५. उपमान।
53180 परोक्ष निर्वाचन ना. जनताबाट सोझै मतदान नभएर अप्रत्यक्ष तरिकाद्वारा गराइने चुनाउ जनताले मतदान गरेर पठाएका सदस्यहरूबाट कार्यकारिणीका सदस्यहरू छान्ने चुनाउ -प्रणाली।
53181 परोक्षार्थ वि. अर्थ वा अभिप्राय रहस्यपूर्ण रहेको, अर्थ गम्भीर भएको, सजिलै बुझ्न नसकिने।
53182 परोढा ना. अर्काकी स्वास्नी परस्त्री।
53183 परोपकार ना. अर्काको उपकार, पराईको भलो हुने काम।
53184 परोपकारक वि. अर्काको उपकार गर्ने, अर्काको भलो गर्ने।
53185 परोपकार संस्था ना. अनाथ वा दीनदुःखीहरूको उपकार गर्ने संस्था।
53186 परोपकारी वि. परोपकार गर्ने; परोपकारक।
53187 परोपकृत वि. अरूद्वारा उपकार गरिएको, अरूबाट गरिएको।
53188 परोपजीवी वि. अर्काले दिएको खाएर जीविका गर्ने, अर्काका भरमा बाँच्ने, परान्नभोजी।
53189 परोपजीवी वि. ना. २. अर्काको अङ्गबाट खाद्य वस्तु चुसेर बाँच्ने वनस्पति (ऐँजेरु, सुनाखरी, इ.) वा (जुका, किर्ना, जुम्रा इ.)।
53190 परोपदेश ना. अर्कालाई मात्र उपदेश दिने काम, अर्कालाई अर्ती दिने काम।
53191 परोपदेश ना. २. अर्काद्वारा दिइएको उपदेश वा अर्ती।
53192 परौंठा / परौठा ना. गहुँको पिठोलाई घिउ दल्दै बेर पत्रैपत्र पारी फेरि पट्याई बेरी घिउ लगाउँदै पकाइने विशेष प्रकारको रोटी, पत्रे रोटी।
53193 पर्काल ना. गोल वा अन्य विविध किसिमका रेखा खिच्ने एक साधन कर्काटो।
53194 पर्खनु स.क्रि. कसैको बाटो हेर्नु, प्रतीक्षा गर्नु।
53195 पर्खनु स.क्रि. २. कुनै थालेको काम रोकेर वा स्थगित गरेर कसैको प्रतीक्षा गर्नु।
53196 पर्खनु स.क्रि. ३. पख्नु, बाटो हेर्नु, ढुक्नु।
53197 पर्खाइ ना. पर्खने क्रिया वा प्रक्रिया।
53198 पर्खाइनु क.क्रि. पर्खन लाइनु।
53199 पर्खाउनु प्रे. क्र. पर्खन लाउनु।
53200 पर्खापर्खी ना. परस्परमा पखने काम।