Dictionary

All Word

53001 परिवृत्त वि. ५. कुनै कार्य, घटना आदिबारे अरूको जानकारीका निम्ति प्रस्तुत गरिने सङ्क्षिप्त विवरण।
53002 परिवृत्ति ना. घुम्ने काम, फेरो लगाउने काम।
53003 परिवृत्ति ना. २. घेराइ, बेहाइ, आवेष्टन।
53004 परिवृत्ति ना. ३. अदलबदल; परिवर्तन बदलाइ।
53005 परिवृत्ति ना. ४. सट्टापट्टा विनिमय।
53006 परिवृत्ति ना. ५. घटी र बढी वस्तुको साटफेर भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
53007 परिवृत्ति ना. ६. एक शब्दका ठाउँमा उही अर्थ व्यक्त गर्न अर्को शब्द प्रयोग गर्ने अर्थात् पर्यायवाची शब्द राख्ने काम।
53008 परिवृत्ति ना. (जस्तो- 'कमललोचन' का स्थानमा पद्मनयन, 'चरणकमल' का स्थानमा पादपद्म' इ.)।
53009 परिवृद्ध वि. खुब बढेको, हलहली बढेको, राम्रोसँग बढेको।
53010 परिवृद्ध वि. २. पूरै पाको।
53011 परिवृद्धि ना. राम्ररी बढ्ने क्रिया, सम्यक् वृद्धि, हल्काइ।
53012 परिवेत्ता ना. दाजुको भन्दा पहिले विवाह गर्ने भाइ।
53013 परिवेत्ता ना. २. दाजुको भन्दा पहिले अग्निहोत्री ग्रहण गर्ने भाइ, परिवित्।
53014 परिवेश ना. चारैतिरबाट भएको घेराइ, परिवेष्टन।
53015 परिवेश ना. २. सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल, सभा।
53016 परिवेश ना. ३. परिधि, सीमा।
53017 परिवेश ना. ४. वातावरण।
53018 परिवेष्टक वि. परिवेष्टन गर्ने; चारैतिरबाट घेर्ने।
53019 परिवेष्टन ना. वरिपरिबाट घेर्ने काम, चारैतिरको घेराइ, छेकाइ, लपेटाइ, बेहाइ।
53020 परिवेष्टन ना. २. परिधि, घेरा।
53021 परिवेष्टित वि. चारैतिरबाट घेरिएको, छेकारो मारिएको।
53022 परिवेष्टित वि. २. ढाकिएको, आच्छादि।
53023 परिव्राज / परिव्राजक ना. घरबाट छाडेर सन्न्यास लिने व्यक्ति, सन्न्यासी।
53024 परिशिष्ट वि. बाँकी रहेको, शेष, अवशिष्ट।
53025 परिशिष्ट वि. ना. २. पुस्तक, ग्रन्थ आदिका मूल भागमा छुट्न गई अन्ततिर राखिएको बाँकी कुरा स्पष्ट पार्ने अंश पूरक अंश।
53026 परिशिष्ट वि. ३. बाँकी रहेको भाग अवशिष्ट अंश।
53027 परिशिष्ट वि. ४. थपुवा अंश।
53028 परिशिष्टाङ्क ना. कुनै पत्रपत्रिका आदिको नियमित वा अनियमित रूपले प्रकाशित गरिने अतिरिक्त अङ्क, पत्रिका आदिको अतिरिक्ताङ्क।
53029 परिशीलन- ना. कुनै विषयको राम्ररी अध्ययन गर्ने काम, मनपूर्वकको अध्ययन।
53030 परिशीलन- ना. २. छुने वा स्पर्श गर्ने क्रिया।
53031 परिशीलित वि. विचारपूर्वक अध्ययन गरिएको, परिशीलन गरिएको।
53032 परिशेष ना. बचेखुचेको वस्तु अवशेष।
53033 परिशेष ना. २. समापन वा समाप्ति।
53034 परिशोध ना. परिशोधन।
53035 परिशोधन ना. राम्ररी भएको शुद्धि, शुद्धीकरण, संशोधन।
53036 परिशोधन ना. २. ऋण आदि तिर्ने काम चुक्ता।
53037 परिशोधित वि. परिशोध गरिएको।
53038 परिश्रम ना. थकाइ लाग्ने गरी गरिने काम उद्यम, मिहिने।
53039 परिश्रम ना. २. थकाइ, श्रम, क्लान्ति।
53040 परिश्रमी वि. परिश्रम गर्ने, मेहनती।
53041 परिश्रवण ना. शब्दको निरीक्षण वा अध्ययन गर्ने क्रिया।
53042 परिश्रान्त वि. धेरै थाकेको, गलिपत्तन भएको, अतिथकि।
53043 परिश्रान्ति ना. ज्यादा मात्रामा लागेको थकाइ, गलिपत्तन अवस्था।
53044 परिश्रावक ना. शब्दको निरीक्षण र अध्ययन गरिने यन्त्र।
53045 परिश्रुत वि. खुब नाम चलेको; विख्यात; प्रसिद्ध।
53046 परिषद् ना. प्राचीन कालमा राजाहरूद्वारा अत्यावश्यक काममा बोलाइने विशिष्ट सभा, राजसभा।
53047 परिषद् ना. २ सभा समिति।
53048 परिषद् ना. ३. चुनिएका व्यक्ति वा निर्वाचित सदस्यहरूको सभा।
53049 परिषद् ना. ४. समूह, मण्डली।
53050 परिष्कार ना. कुनै वस्तुलाई राम्ररी खार्ने वा शुद्ध पार्ने काम, संस्कार, शुद्धि।