Dictionary

All Word

52851 परिमर्दन ना. ३. खुबसँग माड्ने काम माडमुड गर्ने क्रिया।
52852 परिमर्दित वि. परिमर्दन गरिएको; माडिएको।
52853 परिमल ना. राम्रोसँग मल्ने वा माड्ने काम।
52854 परिमल ना. २. कुमकुम, चन्दन आदि घोटेर बनाइएको सुगन्धित पदार्थ शरीरमा दल्ने वा लगाउने काम।
52855 परिमल ना. ३. त्यसरी शरीरमा दलिएको वा लगाइएको पदार्थबाट आउने मिठो बास्ना।
52856 परिमल ना. ४. फूल आदिबाट निस्कने, वरिपरि फैलिएको मगमग वास।
52857 परिमल ना. ५ सुवास, सुगन्ध, खुस्बु।
52858 परिमल ना. ६. मैथुन, सम्भोग।
52859 परिमल ना. ७. पण्डित वा विद्वान्हरूको समूह; पण्डितमण्डली।
52860 परिमलित वि. फूल आदिको बास्ना फिँजाइएको, सुगन्धित, सुवासि।
52861 परिमले वि. बेसरी सिंगारपटार गर्ने, धेरै सिंगार पार्ने (आइमाई )।
52862 परिमाण ना. तौलने, नाप्ने, भर्ने, आदि क्रियाद्वारा निकालिने कुनै वस्तुको गहुँगोपन, विस्तार, घनत्व आदिको मान, नापतौल वा भराइ नापो; मात्रा।
52863 परिमाणक ना. नापतौल परिमाण।
52864 परिमाणक ना. वि. २. परिमाणसम्बन्धी।
52865 परिमाणी वि. परिमाणयुक्।
52866 परिमाता वि. परिमाण स्थिर गर्ने, नापतौल गर्ने; नापजोख गर्ने (व्यक्ति)।
52867 परिमार्ग ना. कुनै चिजको चारैतिरको मार्ग वा बाटो, परिप।
52868 परिमार्गण ना. खोजी, खोजखबर।
52869 परिमार्गी वि. खोजखबर गर्ने पत्ता लगाउने।
52870 परिमार्जक वि. परिमार्जन गर्ने।
52871 परिमार्जक वि. २. धुने, पखाल्ने।
52872 परिमार्जक वि. ३. सफा-सुग्घर गर्ने।
52873 परिमार्जन ना. राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम।
52874 परिमार्जन ना. २. लेखरचनामा रहेका दोष, त्रुटि आदिलाई हटाएर राम्रो तुल्याउने काम।
52875 परिमार्जन ना. ३. गुणात्मक विकास वा परिष्कार।
52876 परिमार्जन ना. ४. कुनै मिश्रित वस्तुलाई रासायनिक विधिद्वारा निक्खर वा चोखो पार्ने काम।
52877 परिमार्जित वि. राम्ररी धोइपखाली गरिएको, स्वच्छ वा सफा पारिएको।
52878 परिमार्जित वि. २. दोष, त्रुटि आदि हटाएर ठिक गरिएको; परिमार्जन गरिएको परिष्कृ।
52879 परिमित वि. नापिएको वा तौलिएको, नापतौल गरिएको, नाप लिइएको।
52880 परिमित वि. २. परिमाणमा घटी वा बढी नभई ठिक मात्रा भएको, ठिक्कको।
52881 परिमित वि. ३. सीमि।
52882 परिमित वि. ४. थोरै, अत्यल्प।
52883 परिमितायु वि. पूरा आयु नहुने वा नभएको, अल्पायु।
52884 परिमिताहार वि. थोरै खाने; अल्प आहार भएको।
52885 परिमिति ना. परिमाण, नापो।
52886 परिमिति ना. २. अवधि।
52887 परिमिति ना. ३. सीमा।
52888 परिमिलन ना. भेटघाट, संयोग मिलन।
52889 परिमिलन ना. २. छुने काम स्पर्श गराइ।
52890 परिमिलित वि. राम्ररी मिलेको संयुक्।
52891 परिमिलित वि. २. भेटघाट गरिएको।
52892 परिमुक्त वि. राम्ररी मुक्त भएको, उन्मुक्त, पूरै स्वच्छन्द।
52893 परिमुक्ति ना. राम्ररी भएको मुक्ति, उन्मुक्ति।
52894 परिमेय वि. परिमाण लिन योग्य।
52895 परिमेय वि. २. तौलन लायक।
52896 परिमेय वि. ३. नाप, तौल वा गन्ती गर्न सकिने।
52897 परिमेय वि. ४. थोरै, अल्प।
52898 परिमेय वि. ५. सीमि।
52899 परिमोक्ष ना. पूर्ण रूपले पाएको मुक्ति, निर्वाण।
52900 परिमोक्ष ना. २. छोड्ने काम; परित्याग।