Dictionary

All Word

53601 पवित्रा ना. ४. श्रावण शुक्ल एकादशी।
53602 पवित्रात्मा वि. आत्मा पवित्र भएको; अन्तःकरण शुद्ध भएको शुद्धात्मा।
53603 पवित्रित वि. पवित्र पारिएको, शुद्ध पारिएको; चोख्याइएको।
53604 पवै ना. पानका जस्ता नरम र कोमल पात हुने, कलेजी रङका फूल फुल्ने, ऋषिपञ्चमीमा बर्त बस्नेहरूले तरकारीका रूपमा खाने एक लहरो।
53605 पशम ना. हे. पसम।
53606 पशमिना ना. पस्मिना।
53607 पशु ना. चार खुट्टा हुने, पुच्छरधारी जन्तु चौपाया; जनावर।
53608 पशु ना. २. बलि दिइने जनावर।
53609 पशु ना. वि. ३ मूर्ख, विवेकहीन (व्यक्ति)।
53610 पशुकरणी ना. चौपाया जन्तुलाई गरिने मैथुन, पशुसम्भोग।
53611 पशुकर्म ना. यज्ञमा गरिने पशुको बलिदान।
53612 पशुकर्म ना. २. आहार, निद्रा, भय मैथुन पशुद्वारा पनि हुन सक्ने काम।
53613 पशुगायत्री ना. बलि दिने बेलामा पशुका कानमा भनिने मन्त्र।
53614 पशुघात ना. पशुको वध गर्ने काम, पशुको हत्या।
53615 पशुघाती वि. / ना. पशुको हत्यारा।
53616 पशुघाती वि. / ना. २. मांसाहारी।
53617 पशुचर्या ना. पशुको जस्तो निर्लज्ज व्यवहार, पशुकर्म।
53618 पशुचारक ना. पशुपालक, गोठालो; ग्वालो।
53619 पशुचारण ना. गोठालोगिरी, पशुपालक।
53620 पशु चिकित्सक ना. पशुहरूको औषधी गर्ने विशेषज्ञ, पशुको उपचार गर्ने डाक्टर।
53621 पशुचिकित्सा ना. पशुहरूको उपचार गर्ने शास्त्र, भेटेरिनरी।
53622 पशुचिकित्सा ना. २. पशुका रोगको उपचार गर्ने कार्य।
53623 पशुचिकित्सालय ना. पशुहरूका रोगको उपचार गर्ने ठाउँ, पशु- अस्पताल भेटेरिनरी अस्पताल, पशु अस्पताल।
53624 पशुता /त्व ना. पशुको वा पशुको जस्तो गुण।
53625 पशुता /त्व ना. २. मूर्खता; मुख्याइँ।
53626 पशुधन ना. चौपाया - सम्पत्ति, चौपायाधन (गाई, भैंसी, खसी इ.)।
53627 पशुपक्षी ना. चराचुरुङ्गी र बस्तुभाउ।
53628 पशुपक्षी कानन ना. वन्यजन्तु आरक्षण।
53629 पशुपक्षी कानन ना. २. चिडियाखाना।
53630 पशुपति ना. हे. पशुपतिना।
53631 पशुपतिनाथ ना. काठमाडौंस्थित, विश्वका प्रसिद्ध शैव पीठमध्ये एक मानिने तीर्थस्थल वा एक शिवमन्दिर।
53632 पशुपतिनाथ ना. २. पशुहरूको मालिक।
53633 पशुपतिनाथ ना. ३. शिव, महादेव।
53634 पशुपालक ना. पशुहरू पालेर जीवननिर्वाह वा पेटपालो गर्ने व्यक्ति; पशु पाल्ने पेसा भएको मानिस, पशुचारक।
53635 पशुपालन ना. पशुहरू पाल्ने पेसा।
53636 पशुपालन ना. २. पशुपालनसम्बन्धी उद्योग, पशुचारण।
53637 पशुपाश ना. पशुरूपी जीवहरूको बन्धन; दाम्लो।
53638 पशुपाश ना. २. बलि दिइने पशुलाई बाँध्ने डोरी।
53639 पशुबन सर्पन ना. पोइल गएकी स्वास्नी फर्काई ल्याएर फेरि स्वास्नी तुल्याई राख्ने लोग्नेलाई लाग्ने दण्ड (सं. पशुवत्सरण्ड)।
53640 पशुभाव ना. पशुता; पशुत्व, पाशविकता, मूर्खपना।
53641 पशुयज्ञ ना. पशुबलि।
53642 पशुराज ना. पशुको राजा सिंह।
53643 पशुवाक्य- ना. मनको कुरो, व्यक्त नगरिएको कुरो।
53644 पशुवाक्य- ना. २. दन्त्यकथाका अनुसार पशुपक्षीहरूको वाणी वा बोली।
53645 पशुवैद्य ना. पशुचिकित्सक।
53646 पशुसम्भोग ना. मान्छेबाट पशुसँग गरिने मैथुन।
53647 पश्चात् क्रि.वि. पछिबाट भविष्यमा।
53648 पश्चात् क्रि.वि. २. आखिरमा; अन्तमा, अन्ततोगत्वा।
53649 पश्चात् क्रि.वि. ३. पश्चिमबाट पश्चिमतिरबाट।
53650 पश्चात्काल ना. भरेपरन्तु भविष्य।