Dictionary

All Word

53651 पश्चात्कालीन वि. भरेपरन्तुको भविष्यको भावी।
53652 पश्चात्ताप ना. आफूले गरिसकेका कार्यबाट उत्पन्न कुनै मानसिक खेद, पछुतो, छितो थकथकी।
53653 पश्चात्तापी ना. पछुतो गर्ने, पश्चात्ताप गर्ने; थकथकाउने।
53654 पश्चार्द्ध/पश्चार्ध ना. पछिल्लो आधा भाग; उत्तरार्ध।
53655 पश्चार्द्ध/पश्चार्ध ना. २. पश्चिमी भाग, पाश्चात्य भाग।
53656 पश्चिम वि. सबैभन्दा पछिको पछिल्लो।
53657 पश्चिम वि. २. अन्तिम आखिरी।
53658 पश्चिम वि. ना. ३. सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम, पच्छिउँ।
53659 पश्चिम एक नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमपट्टि रहेको नुवाकोट, धादिङ आदि इलाका भएको प्रदेश।
53660 पश्चिम एसिया ना. एसियाका पश्चिमपट्टि रहेका इराक, इरान, साउदी अरब, यमन, टर्की आदि मुलुकहरूको भूभाग।
53661 पश्चिम क्रिया ना. मरेपछि गरिने दाहसंस्कारादि क्रिया; अन्त्येष्टिक्रिया।
53662 पश्चिम चार नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर प्रशासनिक दृष्टिले चारौं खण्डमा परेको, सदरमुकाम पुतलीखेत वा स्याङ्जा भएको प्रदेश।
53663 पश्चिम तिन नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिमतिर रहेको प्रशासनिक दृष्टिले तेस्रो खण्डमा परेको पोखरा सदर मुकाम भएको प्रदेश।
53664 पश्चिम दुई नम्बर ना. पुरानो व्यवस्थाअनुसार राजधानीदेखि पश्चिम प्रशासनिक दृष्टिले दोस्रो खण्डमा पर्ने गोर्खा सदर मुकाम भएको प्रदेश।
53665 पश्चिमा वि. पश्चिमी क्षेत्रमा बस्ने, पश्चिमतिरको पश्चिमी, पश्चिमेली; पाश्चात्य।
53666 पश्चिमा वि. ना. २. नेपाली ब्राह्मणको एक वर्ग।
53667 पश्चिमा वि. ३. पखबाज जस्तै एकातिर पिठो अर्कोतिर खरी लगाइएको आवश्यकताअनुसार थपघट गर्न हुने (चाडबाड, नाचगान आदिमा बजाइने ) बाजा।
53668 पश्चिमाचल ना. पुराणअनुसार सूर्य अस्ताउने पर्वत, अस्ताचल।
53669 पश्चिमाञ्चल ना. विकासक्षेत्रको नयाँ विभाजनअनुसार नेपालको मध्यमाञ्चलदेखि नजिक र पश्चिमतिर रहेको गण्डकी, लुम्बिनी र धवलागिरि अञ्चल समावेश भएको एक विकासक्षेत्र।
53670 पश्चिमाञ्चल ना. २. पश्चिमी इलाका।
53671 पश्चिमाञ्चल विकासक्षेत्र ना. प्रशासनिक दृष्टिकोणले छुट्ट्याइएको मध्यमाञ्चल विकासक्षेत्रदेखि पश्चिमतिर आउने विकासक्षेत्र; पश्चिमाञ्चल।
53672 पश्चिमाधिकरण ना. चार दिशामा विभाजित गरिएका लिच्छविकालीन प्रशासन सञ्चालन गर्ने अड्डाहरूमध्ये पश्चिमपट्टिको प्रशासन सञ्चालन गर्ने अड्डा।
53673 पश्चिमाभिमुख वि. पश्चिमतिर फर्केको।
53674 पश्चिमाभिमुख वि. २. पछाडितिर मुख गरेको।
53675 पश्चिमी वि. पश्चिमतिर रहने; पश्चिमतिरको पच्छिमा पश्चिमेली।
53676 पश्चिमी गोलार्द्ध ना. प्रधान मध्याह्न रेखादेखि पश्चिमतर्फको भूभाग।
53677 पश्चिमी वायु ना. पश्चिम दिशाबाट बहने वायु।
53678 पश्चिमे वि. पश्चिमा।
53679 पश्चिमी मादल ना. आकारमा सानो र छरितो पश्चिम नेपालमा पाइने मादल।
53680 पश्चिमेली वि. पश्चिमको पाश्चात्य।
53681 पश्चिमेली वि. ना. २. नेपाली भाषाका उप-भेदमा महाकालीदेखि सेती अञ्चलसम्मका विभिन्न स्थानीय भाषिकामध्ये कुनै एक।
53682 पश्चिमोत्तर वि. पश्चिम र उत्तर दिशाका बिचमा रहेको; वायव्य कोणको; पश्चिमोत्तरको।
53683 पश्चिमोत्तरा ना. उत्तर र पश्चिम दिशाको एक विदिशा वा उपदिशा; वायव्य कोण।
53684 परम ना. हे. पस्म पशम।
53685 पश्मीना ना. हे. पस्मिना।
53686 पश्यतोहर वि. देखादेखी कुनै वस्तु चोर्ने, जबर्जस्ती खोसेर लिने।
53687 पश्यतोहर वि. ना. २. समसाँझैको चोर वा लुटाहा।
53688 पश्यतोहर वि. ३. सुनार।
53689 पश्यन्ती ना. स्फोटवादअनुसार मूलाधारबाट उठेर प्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत भएको परानाडी।
53690 पश्यन्ती ना. २. वेश्या।
53691 पस्नु स.क्रि. बाहिरबाट भित्र जानु, छिर्नु, घुस्नु, प्रवेश गर्नु।
53692 पस्नु स.क्रि. २. सामेल हुनु, सम्मिलित हुनु।
53693 पस्नु स.क्रि. ३. फस्नु, अल्झनु।
53694 पसची वि. पासा खेल्ने आदत बसेको, पासा खेलिरहनुपर्ने।
53695 पसनी ना. काँजो र काठ आदिको बिंड हालिने, दाबलाका आकारको भार गोड्ने वा दुबो आदि खुर्कने फलामे साधन, खुर्पी।
53696 पसम ना. नरम तथा असल जातको ऊन; पशम; परम।
53697 पसम ना. २. उपस्थका रौं।
53698 पसम ना. ३. साह्रै तुच्छ वस्तु।
53699 पसर ना. औँलाहरू र हत्केलालाई कुप्याएर दुनो बनाउँदाको खोबिल्टो।
53700 पसर ना. २. त्यसमा अटाउने परिमाण बराबरको कुनै वस्तु।