Dictionary

All Word

53801 पहल ना. कुनै काम गर्ने ठिक अवसर मौका।
53802 पहल ना. २. कार्यारम्भ यात्रारम्भ।
53803 पहल ना. ३. आरम्भ।
53804 पहलमान ना. कुस्ती खेल्ने कसरती व्यक्ति; लाप्पा खेल्न सिपालु र बलियो व्यक्ति मल्ल।
53805 पहलमान ना. २. हष्टपुष्ट र बलबान् व्यक्ति।
53806 पहलमान ना. वि. ३. शक्तिशाली।
53807 पहलमानी ना. कुस्ती खेल्ने काम वा पेसा, मल्लवृत्ति।
53808 पहलवान ना. हे. पहलमान।
53809 पहलवानी ना. पहलमानी।
53810 पहलिया वि. मौकाअनुसार काम गर्न जान्ने; पहल जान्ने।
53811 पहलिया वि. २. मनको दाउ पर्ने गरी पासा हान्न जान्ने।
53812 पहाड ना. समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग।
53813 पहाड ना. २. कुनै वस्तुको ठुलो थुप्रो, पर्वत, डाँडो।
53814 पहाडा ना. कुनै अङ्कका गुणनफलको क्रमिक सूची; क्रमिक रूपले चलेको दुनोट, दुनाइ।
53815 पहाडिया / पहाडी/पहाडे वि. पहाडको; पहाडमा बस्ने, पहाडमा पाइने वा देखिने।
53816 पहाडिया / पहाडी/पहाडे वि. २. जङ्गली; पाखे; असभ्य।
53817 पहार ना. घामको ताप, सूर्यबाट आउने राप वा तातोपना।
53818 पहारिलो वि. घाम लाग्ने; पहार लाग्ने।
53819 पहारिलो वि. २. न्यानो; रापिलो (घाम)।
53820 पहिचान्नु स.क्रि. पहिचान गर्नु, चिन्नु।
53821 पहिचान्नु स.क्रि. २. पारख गर्नु, ताड्नु।
53822 पहिचान ना. चिनाजानी, परिचय, प्रत्यभिज्ञान।
53823 पहिचान ना. २. कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम, पारख।
53824 पहिचान ना. ३. जाँचबुझ।
53825 पहिचानिनु क.क्रि. पहिचान्ने काम गरिनु।
53826 पहिया ना. गाडी आदिलाई बाटामा हिँडाउन मद्दत गर्ने पाङ्ग्रो, चक्का।
53827 पहिरनु स.क्रि. लुगा, गहना आदि शरीरमा लगाउनु, पैहनु।
53828 पहिरन ना. शरीरमा लुगा, गहना आदि लगाउने काम पहिरने काम, परिधान।
53829 पहिराइ ना. पहिरने क्रिया वा प्रक्रिया।
53830 पहिराइ ना. पहिरने क्रिया वा प्रक्रिया।
53831 पहिराइनु क.क्रि. पहिरन लाइनु।
53832 पहिराउनु प्रे. क्रि पहिरन लाउनु।
53833 पहिरिनु स.क्रि. पहिरनु।
53834 पहिरिनु स.क्रि. क.क्रि. २. पहिरने काम गरिनु।
53835 पहिरो ना. पहाड भत्केर बनेको भिर, पहरो।
53836 पहिरो ना. २. पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह।
53837 पहिरो ना. ३. पहाडको भत्काइ भुईंको धस्काइ, भूस्खलन।
53838 पहिला वि. पहिलो, प्रथम।
53839 पहिला वि. क्रि.वि. २. पहिले उहिले।
53840 पहिलाबेते वि. पहिलोपल्ट बियाएको वा बियाउने (गाईबस्तु आदि)।
53841 पहिलिन क.क्रि. फेला पारिनु भेट्टाउनु।
53842 पहिलिन क.क्रि. २. पहिचान पाइनु, चिनिनु।
53843 पहिलिन क.क्रि. अ.क्रि. ३. फेला पर्नु।
53844 पहिली वि. गणनाका क्रमले एकको स्थानमा पर्ने, सुरुकी, अगिल्ली।
53845 पहिली वि. २. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने (स्त्री)।
53846 पहिले क्रि.वि. अगाडि सुरुमा प्रथम पटक।
53847 पहिले क्रि.वि. २. उहिले; प्राचीन कालमा।
53848 पहिलो वि. गणनाका क्रमले एकको स्थानमा पर्ने, सुरुको, अगिल्लो प्रथम।
53849 पहिलो वि. २. कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने।
53850 पहिलो वि. ३. कालक्रमले जेठो।