Dictionary

All Word

53951 पाँदिनु क.क्रि. पाँजिनु।
53952 पाँसुली वि. ठुलठुला पाँसुला भएकी आइमाई )।
53953 पाँसुली वि. २. पाँसुलो (गीत, कविता आदिमा )।
53954 पाँसुले वि. ठुलठुला पाँसुला हुने, पाँसुला मोटा हुने।
53955 पाँसुले वि. २. बलिष्ठ।
53956 पाँसुलो ना. खुट्टाको छेपारी।
53957 पाँसुलो ना. २. खुट्टो (तुच्छार्थमा)।
53958 पाँसेर ना. डेढ बिसौलीको तौल।
53959 पाइ ना. पाउने क्रिया वा प्रक्रिया।
53960 पाइ ना. पिट्ने काम, पिटाइ, कुटाइ।
53961 पाइक ना. पायक; पाहिक।
53962 पाइका ना. छाप्ने बाह्र प्वाइन्टको टाइप अक्षर।
53963 पाइखाना ना. दिसापिसाब गर्ने ठाउँ वा घर, चर्पी, शौचालय।
53964 पाइखाना ना. २. विष्ठा, मल।
53965 पाइजामा ना. ठुलठुला बाहुला हुने एक प्रकारको खुकुलो सुरुवाल।
53966 पाइजामा ना. २. हात्तीपाइले सुरुवाल, वाङ्ल्याङे।
53967 पाइतो ना. आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइ।
53968 पाइतो ना. २. परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्तदोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि।
53969 पाइतो ना. ३. त्यस प्रकारका माङ्गलिक वस्तु।
53970 पाइतो सराइ ना. साइतका समयमा माङ्गलिक वस्तुलाई पर सार्ने काम।
53971 पाइतो सराइ ना. २. यात्राका लागि प्रस्थान।
53972 पाइथागोरस ना. विक्रमको पाँचौँ शताब्दीपूर्वका एक ग्रिसेली दार्शनिक तथा गणितज्ञ।
53973 पाइन ना. फलामका हतियारहरूमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी; हतियारहरू आगामा तताएर रातो पारी हालिने पानी।
53974 पाइन ना. २. सामर्थ्य शक्ति; तुजुक।
53975 पाइनु क.क्रि. प्राप्त गरिनु फेला पारिनु, भेटिनु।
53976 पाइन्ट ना. सुरुवालजस्तो, मोहोता ठुलो भएको खुकुलो पोसाक, पायन्ट।
53977 पाइप ना. तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो ढ्वाङे नली, हुँड।
53978 पाइप ना. २. ढुङ्ग्रो।
53979 पाइप ना. ३. कक्कड खाने आधुनिक शैलीको चिलिम वा सुल्पा।
53980 पाइपिङ ना. चोलो, भोटो, कुर्या आदि सिउँदा गलामा पर्ने भागलाई पाइप जस्तै डोलो पारेर सिइने विधि, सिलाइको एक प्रकार।
53981 पाइपिङ ना. २. पाइपिन।
53982 पाइपिन ना. सारीका छेउमा गाँसिने कपडा; सारीको सन्जाप।
53983 पाइले वि. पाइलोजस्तो पाइला हुने (जस्तो- हात्तीपाइले)।
53984 पाइलो ना. पैतालो; पादतल।
53985 पाइलो ना. २. पैतालाको चिह्न, पैतालाको डाम गोहो।
53986 पाइलो ना. 3. कदम, फड्को।
53987 पाइलो खेदो ना. पाइलैपिच्छे खेदो गर्ने काम लटोखेदो।
53988 पाईं ना. पाइन, पानी।
53989 पाईं ना. २. शक्ति सामर्थ्य ताक।
53990 पाईं ना. ३. स्फूर्ति, ओज।
53991 पाईं ना. ४. पना।
53992 पाईं ना. ५. अहङ्कार।
53993 पाई ना. भारतीय एक पैसाको चौथो भाग।
53994 पाई ना. २. वाक्य पूरा भएपछि दिइने ठाडो धर्को, पूर्णविराम चिह्न, खडीपाई, ठाडीखुट्टी।
53995 पाई ना. कुट्ने काम पिटाइ।
53996 पाउँ ना. अमला, लप्सी, आँप, तित्री, कागती, निबुवा आदिबाट तयार पारिएको अमिलो, पिरो, गुलियो स्वाद भएको खाद्य वस्तु।
53997 पाउ ना. गोडो, खुट्टो, पाद।
53998 पाउ ना. २. श्लोक वा पद्यको एक चरण।
53999 पाउ ना. ३. चौथो भाग चतुर्थांश।
54000 पाउ ना. ४. बिस तोलाको तौल वा त्यति तौलको ढक।