Dictionary

All Word

54051 पाक ना. ७. पक्वता; परिपक्वता।
54052 पाकताउली ना. दन्त्यकथाका अनुसार मन लागेको खानेकुरो तुरुन्त दिन सक्ने भनिएको एक मनचिन्ते ताउली।
54053 पाकपत्थरी ना. भुँडीभित्र जम्ने साह्रो चुनढुङ्गा।
54054 पाकपद्धति ना. खानेकुरो आदि पकाउने विधि, पाकशास्त्र।
54055 पाकपद्धति ना. २. खाएको कुरो पच्ने पाचन प्रणाली।
54056 पाकपुक ना. हल्का किसिमले गरिने आघात; पिटपाट, ठोकठाक भाकभुक।
54057 पाकपुक ना. २. चाँडो-चाँडो गरेर काम सिद्ध्याउने क्रिया, हाटहुट।
54058 पाकपुक ना. क्रि.वि. ३. पिटपाट, ठोकठाक वा हाटहुट गरेर।
54059 पाकपुके वि. हाटहुट गर्ने काममा छिटो छरितो।
54060 पाकपुके वि. २. पिटपाट, ठोकठाक र भाकभुकमा लागेको।
54061 पाकपुटी ना. चुलो।
54062 पाकपुटी ना. २. भट्टी।
54063 पाकलपुकल ना. भुईंमा हात राखी मुड्कीले हानी खेलिने एक किसिमको बालखेल।
54064 पाकलपुकल ना. वि. २. हष्टपुष्ट (बालक)।
54065 पाकशाला ना. खानेकुरा पकाउने घर, भान्सा, भान्साघर।
54066 पाकस्थली ना. खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो, पक्वाशय, आँ।
54067 पाकिनु अ.क्रि. पाक होइन, पाकेको हो।
54068 पाकिनु अ.क्रि. २. पाको होइन।
54069 पाकिस्तान ना. एसिया महाद्वीपमा रहेको नेपालको छिमेकी देशमा पर्ने सन् १९४७ को अगस्त १४ तारिखमा भारतबाट छुट्टिएर अस्तित्वमा आएको एक स्वतन्त्र देश।
54070 पाकिस्तानी वि. पाकिस्तानसम्बन्धी, पाकिस्तानको।
54071 पाके ना. उसिनेर अमिलो वा गुलियो अवस्थामा परिणत गराइएको जाँडको छोक्रा।
54072 पाकेट ना. खल्ती, गोजी।
54073 पाकेट गौं वि. धेरै पैसा भएको; रुपियाँवाल।
54074 पाकेटमार ना. पाकेटमारा।
54075 पाकेटमारा ना. पाकेट काटेर त्यसमा भएको सम्पत्ति चोर्ने व्यक्ति।
54076 पाको वि. आगामा पाकेको, पकाइएको।
54077 पाको वि. २. ऋतुअनुसार समय पुगेर परिपक्व भएको, नरम भएको (फल आदि)।
54078 पाको वि. ३. प्रौढ, अनुभवी, जानिफकार, परिपक्व।
54079 पाको ईंट ना. पोलेको इँट।
54080 पाको तेल ना. भुटेको वा पकाएको खाने तेल।
54081 पाकोपचार ना. पाकस्थलीसम्बन्धी रोगको उपचारक्रिया।
54082 पाक्कपुक्क ना. / क्रि.वि. पाकपुक।
54083 पाक्के ना. पाकेको वा पकाएको खानेकुरो (दाल-भात आदि)।
54084 पाक्य वि. पकाउन योग्य; पकाउनुपर्ने।
54085 पाक्य वि. ना. २ पकाएको कुरो, पाक्के।
54086 पाक्षिक वि. पक्षसम्बन्धी, पक्षको।
54087 पाक्षिक वि. २. प्रत्येक पन्ध्र दिनमा हुने वा प्रकाशित गरिने।
54088 पाखण्ड ना. वेदविरुद्ध आचरण गर्ने व्यक्ति, सम्प्रदाय वा म।
54089 पाखण्ड ना. २. देखावटी भक्ति, पाठपूजा आदिको आडम्बर, ढोंग।
54090 पाखण्ड ना. ३. छल, धोका।
54091 पाखण्ड ना. ४. धूर्तता, चिप्ल्याइँ।
54092 पाखण्ड ना. ५. नैसर्गिक धर्मका विपरीत धर्म।
54093 पाखण्ड ना. ६. भगवान् र भक्तका बिचमा महात्माले मध्यस्थता गर्ने कुनै पनि धर्म, अप्रत्यक्ष ईश्वर उपासना।
54094 पाखण्ड मत ना. पाखण्डहरूले चलाएको वेदविरुद्ध नीति।
54095 पाखण्डी वि. पाखण्डधर्ममा वा कर्ममा लागेको।
54096 पाखण्डी वि. २. कुमार्गमा चल्ने।
54097 पाखण्डी वि. ३. धूर्।
54098 पाखनभेद ना. हे. पाषाणभेद।
54099 पाखरी ना. कलेजी रङका तरवारे फल फल्ने, सेता वा राता रङका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष, पाडरी।
54100 पाखा ना. पाखो।