Dictionary

All Word

54151 पाङ्क्त वि. २. पङ्क्तिमा बाँधिएको।
54152 पाङ्क्त वि. ३. समान जातिपाँतीको।
54153 पाङ्क्तेय वि. पङ्क्तिमा मिल्ने वा सुहाउने; पङ्क्तिमा मिलाउन सकिने सजातीय।
54154 पाङ्ग्रा ना. हाँगाबिंगा नहुने, भित्र साह्रो भएको, टुप्पामा केराउका जस्तो घुम्रेको लहराको भाव हुने, पहेँलो फूल फुल्ने र कोसामा लाग्ने फल।
54155 पाङ्ग्रा ना. २. आयुर्वेदमा शक्तिवर्धक मानिएको तथा जुका, चुर्ना आदि नाश गर्ने तथा बान्ता रोक्ने गुण बताइएको त्यसैको बोट।
54156 पाङ्ग्रे वि. पाङ्ग्रा भएको पाङ्ग्राजस्तो परेको, पाङ्ग्रावाल।
54157 पाङ्ग्रे वि. २. शरीरमा चक्राकार टाटा भएको, टाटेपाङ्ग्रे (कुकुर आदि)।
54158 पाङ्ग्रो ना. रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को, पहिया।
54159 पाङ्ग्रो ना. २. ससाना पात, पहेँला लामा फूल र लामा - लामा कोसा वा टाटा फल्ने एक जातको लहरो।
54160 पाङ्ग्रो ना. ३. आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण बताइएको त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलो र साह्रो बियाँ, लेकपाङ्ग्रो; महाकरञ्ज।
54161 पाड्दङ्वा ना. किराँती जातिका कुलदेउता।
54162 पाङ्दुर ना. चाँडो रोपेर चाँडै पाक्ने, राई जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो।
54163 पाङ्दुर ना. २. चौरैकोदो।
54164 पाङ्दुर ना. ३. बाग्लुङपूर्व र गण्डकी उत्तरतर्फ रहेको एक गाउँ, पाङ।
54165 पाङ्दुरे वि. कोदो खाने, कोदे।
54166 पाङ्दुरे वि. २. असभ्य, पाखे।
54167 पाङ्दुरे वि. ३. पाङ्दुरमा बस्ने।
54168 पाङ्दुरे नाच ना. पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच।
54169 पाङ्दुरे नाच ना. २. असभ्य वा पाखे खालको नाच।
54170 पाचक वि. पकाउने, पाक तयार गर्ने, भान्सामा बस्ने।
54171 पाचक वि. २. पचाउने; परिपाक पार्ने, हजम गर्ने।
54172 पाचक वि. ना ३ खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी।
54173 पाचक वि. ४. भान्से।
54174 पाचकाङ्ग ना. खाएको कुरो पचाउने अड्ग, पाकस्थली।
54175 पाचन ना. पकाउने काम पक्व गर्ने क्रिया।
54176 पाचन ना. २. पचाउने काम हजम गर्ने क्रिया।
54177 पाचन ना. ३. भोजनलाई पचाउने औषधी, पाचक।
54178 पाचन क्रिया ना. खाएको अपक्व भोजनलाई पचाउने क्रिया।
54179 पाचन प्रणाली ना. वनस्पति तथा प्राणी दुवैले खाने खाद्य पचाउने विधि र मलोत्सर्ग गर्ने प्रक्रिया।
54180 पाचन यन्त्र ना. खाएको कुरो पाक गर्ने वा पचाउने यन्त्र वा अङ्ग, पाचकाङ्ग।
54181 पाचन रस ना. पाकस्थलीमा रहेका अन्नादि वस्तु पचाउनका निम्त निस्केको एक किसिमको रस।
54182 पाचन वृद्धि ना. पाचनशक्तिको विकास वा भोकजगाइ।
54183 पाचनाङ्ग ना. पाचकाग, पाकस्थली।
54184 पाचनीय वि. पकाउन योग्य।
54185 पाचनीय वि. २. पचाउन सकिने, हजम गर्न सकिने।
54186 पाचयिता ना. खाद्य वस्तु पकाउने, पाचक।
54187 पाचयिता ना. २. पचाउने, हजम गर्ने।
54188 पाची ना. लाम्चा पात र मसिना खैरा मुजुरावाल फूल हुने, आयुर्वेदका अनुसार खटिरा र छालासम्बन्धी रोगलाई हित गर्ने एक जातको लहरो वा साग।
54189 पाचुकी/पाचुके ना. पारपाचुके गरेबापत प्रमाणका लागि लेखिएको काग।
54190 पाचुकी/पाचुके ना. २. विवाहिता स्त्री र पुरुषले परस्परमा खुसीराजीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद, पारपाचुके।
54191 पाच्छै ना. रायोको साग, पासाई, पाछाई।
54192 पाच्य वि. पकाउन योग्य, पकाउन सकिने।
54193 पाच्य वि. २. पचाउन योग्य पचाउन सकिने।
54194 पाछ्नु स.क्रि. बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु, दर्फऱ्याउनु।
54195 पाछ्नु स.क्रि. २. वैद्यद्वारा माईनिरोधका निम्ति टीका दिने काम गर्नु।
54196 पाछा ना. वंशको क्रम, गोत्र, पुर्खोली हाँगो।
54197 पाछा ना. २. पछि, पछाडि।
54198 पाछा ना. ३. नजिक, समीप।
54199 पाछाई ना. हे. पाच्छै (साग)।
54200 पाछिनु क.क्रि. मकै, उखु आदिका सुक्खा पातले शरीरका अङ्ग घोटिनु वा कोरिनु।