Dictionary

All Word

54251 पाटा ना. ३. चेप्टो वस्तुको एकातिरको भाग।
54252 पाटा ना. ४. एक प्रकारको रङको भुईंमा दोस्रो रङको धर्सा वा चारपाटे बुट्टा।
54253 पाटाको भतेर ना. उधारो ठाउँ तथा अरक्षित अवस्थाको भतेर।
54254 पाटिनु अ.क्रि. पाट्ने होइन।
54255 पाटिनु अ.क्रि. क.क्रि. २. पाट्ने काम गरिनु।
54256 पाटी ना. केटाकेटीलाई अक्षर लेखाउने काठ, ढुङ्गा आदिको फल्याक, काठ वा ढुङ्गाको सिलोट।
54257 पाटी ना. २. दौराका फेरका बिब्ल्याँटापट्टि गाँसिने कपडाको धरो।
54258 पाटी ना. ३. हलो बाँध्दा हरिस मिलाउन ठोकिने काठको च्याप्टो चोइटो।
54259 पाटी ना. ४. आराले चिर्दै गरेका काठको चिरिएको भागतिर चिर्न सजिलो पार्न ठोकिने काठको टुक्रो।
54260 पाटी ना. ५. कुनै दुलो परेको ठाउँ बुच्याउन ठोकिने काठको ठेडी।
54261 पाटी ना. कुनै काम वा निर्माण तथा रचना आदिको पद्धति; शैली; तरिका।
54262 पाटी ना. २. परिपाटी; रीति; शैली।
54263 पाटी ना. ३. पाटीगणित, अङ्कगणि।
54264 पाटी ना. बटुवाहरूलाई विश्राम गर्न एवं वास बस्नका निम्ति बनाइएको घर, धर्मशाला, टौवा, ठाँटी।
54265 पाटी ना. २. खाटका लम्बाइ वा चौडाइतिरका चार थान बला।
54266 पाटीको वास ना. घरद्वार नभई पाटीमा बस्नुपर्ने अवस्था।
54267 पाटी गणित ना. गणितशास्त्र।
54268 पाटी गणित ना. २. धुलौटोमा कोरिएको हिसाब।
54269 पाटीपौवा ना. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी, पाटी र धारा; पाटी र पौवा।
54270 पाटीपौवा ना. २. खाट वा चौकीका चार थान पाटी र चार थान पौवा (खुट्टा); फलेक वा डन्डीबाहेक खाटका अन्य उपकरण।
54271 पाटीबिर्ता ना. पाटी पौवाको रेखदेख गर्ने व्यक्तिले पाएको बिर्ता, पौवालीको बिर्ता।
54272 पाटु वि. धानी रङ वा वर्णको (गाई)।
54273 पाटे वि. पाटैपाटा परेको, पाटा भएको, पाटावाल।
54274 पाटे वि. २. अत्यधिक ज्यादै धेर, पट्ट।
54275 पाटे वि. 3. बारीको पाटामा पाइने, पाटामा हुने।
54276 पाटे अल्सी वि. ज्यादै अल्छी, अल्छीको राजा; पट्ट अल्छी।
54277 पाटे खौराइ ना. कैंचीले रागेपाटे गरी काटेको केश सज्जा।
54278 पाटे घाँस ना. गाईबस्तुले खाने, दुध र बल बढाउने नरम चिल्लो किसिमको घाँस।
54279 पाटे घिरौलो ना. पाटैपाटा परेको घिरौलो, पाटेतोरियाँ।
54280 पाटे जिन ना. सिरकको पल्ला अथवा डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद, पाटावाल जिन कपडा।
54281 पाटे जुको ना. जङ्गलमा हुने चेप्टो, ठुलो जातको जुको।
54282 पाटे जोडाइ ना. दुई भिन्नाभिन्नै हलका एक- एक गोरुद्वारा अर्को ह बाँध्ने काम।
54283 पाटे तोरियाँ ना. पिपल का पातका आकारका ठुलठुला पात हुने, पहेँलो फूल फुल्ने, पाटैपाटा परेका लामा फल फल्ने लहरो।
54284 पाटे तोरियाँ ना. २. तर्कारीका रूपमा प्रयोगमा आउने त्यसैको फल, पाटेघिरौंलो; झिंगनीतोरियाँ।
54285 पाटे परेली ना. दुई व्यक्तिसँग एक-एक मात्र गोरु भई दुई व्यक्तिका एक-एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध, बराहा।
54286 पाटे बँधाइ ना. पाटेजोडाइ।
54287 पाटे बाघ- ना. शरीरमा काला वा पहेँला पाटा भएको बाघ (रायल बङ्गाल टाइगर)।
54288 पाटे बारुलो ना. सेता पाटा हुने एक जातको बारुलो।
54289 पाटे सिमी ना. पाटा परेको कोसा फल्ने एक जातको सिमी।
54290 पाटो ना. बारीको विशाल चकला ; सतह मिलेको फराकिलो जग्गा पाटा।
54291 पाटो ना. २. दुई कुनाका बिचको भूमि, पाटा।
54292 पाटो ना. ३. एक रङको भुईंमा अर्को रङ परेको धर्सो।
54293 पाटो ना. ४. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो।
54294 पाठ ना. बारीको विशाल चकला ; सतह मिलेको फराकिलो जग्गा पाटा।
54295 पाठ ना. २. दुई कुनाका बिचको भूमि, पाटा।
54296 पाठ ना. ३. एक रङको भुईंमा अर्को रङ परेको धर्सो।
54297 पाठ ना. ४. कुनै वस्तुका आकारमा देखिने चेप्टो आकृति वा धरो।
54298 पाठ ना. पढ्ने कार्य वा काम, पढाइ।
54299 पाठ ना. २. नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम।
54300 पाठ ना. ३. पढ्ने वा पढाउने सामग्री।