Dictionary

All Word

54101 पाखाबारी ना. मकै, भटमास आदि हुने पाखो जग्गा।
54102 पाखाबारी ना. २. पानी नलाग्ने भिरालो परेको बारी; भित्ते जग्गा।
54103 पाखाबिर्ता ना. वि. सं. १८६२ मा सरकारबाट हरण गरी बाँकी रहेको बिर्ता, बासट्ठीहरणपछि बाँकी रहेको बिर्ता।
54104 पाखाबाली ना. पाखामा हुने बालीनाली ( मकै, कोदो आदि)।
54105 पाखाबाली ना. २. नगदीबाली।
54106 पाखाबे ना. पाखामा हुने बेत, महागौरी बे।
54107 पाखाभित्ता ना. घाँच पहाडको फेदी।
54108 पाखाभित्ता ना. २. डाँडाको छेउछाउ।
54109 पाखाभित्ता ना. ३. भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो कोदालाले खन्नुपर्ने जमिन।
54110 पाखाभित्ता ना. ४. पाखोपखेरो, पखेरो।
54111 पाखी ना. धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने, धुस्सा।
54112 पाखुरी ना. सानो पाखुरो।
54113 पाखुरी ना. २. पाखुरो ( गीत, कविता आदिमा )।
54114 पाखुरी ना. ३. रोटे पिङमा दुईतिर दुई हातले समाउने ठाडा काठ।
54115 पाखुरे वि. आफ्नै हातले काम गर्ने, आफ्ना बाहुबलले जीविका गर्ने।
54116 पाखुरे वि. २. बलिया पाखुरा हुने, मर्द, लाठे।
54117 पाखुरे वि. ना. ३. मोहीले पनि खेती गर्न दिएको अर्को मोही, पाखुरे मोही, मोही।
54118 पाखुरे तमसुक ना. कपाली तमसुकभन्दा अलिक साधारण किसिमको तमसुक।
54119 पाखुरे दाउरा ना. झन्डै पाखुराजत्रा गोलमिल्दा दाउरा।
54120 पाखुरे माछो ना. पाखुरा जस्तै वा पाखुराका आकारको माछो।
54121 पाखुरे मोही ना. मोहीको पनि मोही, पाखुरे।
54122 पाखुरो ना. हथुङ्गामाथिदेखि कुमसम्मको हातको भाग कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग, बाहु।
54123 पाखे वि. पाखामा हुने।
54124 पाखे वि. २. पाखामा बस्ने।
54125 पाखे वि. ३. असभ्य; ग्वाँजे।
54126 पाखे वि. ४. पाखावाल (घर)।
54127 पाखे खिचुवा ना. बार्दली र दलानको छानो र मूल छानो एउटै भएको बार्दलीसहितको घर।
54128 पाखे बाली ना. पाखाबाली।
54129 पाखो ना. भिरालो जग्गा तेर्पे परी पानी नअडिने जमिन।
54130 पाखो ना. २. पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा।
54131 पाखो ना. 3. पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो, पखेरो।
54132 पाखो ना. ४. सहरदेखि बाहिरको पायक नपरेको भाग।
54133 पाखो ना. ५. छानाको एकातिरको भाग।
54134 पाखो पखेरो ना. सामान्य किसिमको भिरालो तथा टारी परेको र ज्यादै भिरालो भई गोरु जोत्न नहुने खालको जग्गा।
54135 पाखो बारी ना. पानी नलाग्ने र नअडिने जमिन, भिरखे।
54136 पाखी ना. चिल्ला पात तथा झ्याम्म परेको ठुलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रुख, अर्चलेका जस्तो पात र डुम्रीका जस्ता फल फल्ने एक वृक्ष।
54137 पाग ना. मैथिल समाजमा एक विशेष प्रकारको पगरी।
54138 पाग ना. सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारकर्म।
54139 पाग ना. मिठाई गुलियो पदार्थमा डुबाउनका निम्ति पकाइएको चिनी वा मिसीको चास्नी; पाक।
54140 पागल वि. बहुला, सन्की, हावा खुस्केको, विक्षिप्।
54141 पागल वि. ना. २. बहुलाएको व्यक्ति।
54142 पागल वि. ३. गधाको बच्चो; गाँडु।
54143 पागलखाना ना. पागलहरूको उपचार गर्नका निम्ति राखिने घर वा कोठा।
54144 पागलपन ना. बहुला अवस्था; बौलट्टीपन।
54145 पागुर ना. पशुहरूले पहिले निलिसकेको घाँस, पराल आदि उकेलेर फेरि चपाउने काम उग्राइ पाउर।
54146 पाग्मा ना. सेतो फुल्ने, आयुर्वेदमा शक्तिवर्धक र भिरङ्गी रोग निको हुने गुण बताइएको एक बुटी।
54147 पाग्री ना. डोका, नाङ्ला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति।
54148 पाग्री ना. २. कामीजातिको एक भेद।
54149 पाग्री ना. ३. नेपाली घरको एउटा आकार (जस्तै- पाग्रीघर )।
54150 पाङ्क्त वि. पङ्क्तिसम्बन्धी, पङ्क्तिको।