Dictionary

All Word

54001 पाउ ना. ५. अढाई सय ग्रामको परिमाण।
54002 पाउ ना. ६. पच्चिस सेन्टिमिटरको नाप।
54003 पाउ ना. वि. ७. एक पाउको नाप वा परिमाण बराबरको।
54004 पाउकष्ट ना. आउने-जाने कुरामा कष्ट, दुःख, आउन आग्रह।
54005 पाउनु स.क्रि. खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु, प्राप्त गर्नु।
54006 पाउनु स.क्रि. २. हराएको वस्तु फेला पर्नु, भेट्टाउनु।
54007 पाउनु स.क्रि. ३. ज्ञानेन्द्रियमार्फत अनुभव ग्रहण गर्नु।
54008 पाउनु स.क्रि. ४. सक्नु, समर्थ हुनु।
54009 पाउनु स.क्रि. ५. जन्माउनु, पैदा गर्नु, जन्म दिनु।
54010 पाउनु स.क्रि. ६ आतिथेयले वा भान्सेले दिएको भोजन खाने मान्छेले स्वीकार गर्नु।
54011 पाउनु स.क्रि. ७. कसैले दिएको केही कुरो कसैले लिनु।
54012 पाउजु / पाउजेब ना. स्त्री जातिले पाउमा लगाउने घुगुराहरू लागेको चाँदी, सुन आदिको गहना, नूपुर।
54013 पाउडर ना. चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने एक प्रसिद्ध सुगन्धित चूर्ण।
54014 पाउडर ना. २. धुलो चूर्ण।
54015 पाउदान ना. पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान।
54016 पाउदान ना. २. मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी।
54017 पाउदान ना. ३. सवारीमा चढ्दा टेक्ने सवारीका अवयव।
54018 पाउदान ना. ४. गद्दरपोस।
54019 पाउदानी ना. पाउदान।
54020 पाउनी ना. पाइने चिज वा वस्तु।
54021 पाउने वि. प्राप्त गर्ने भुक्तानी लिने; प्रापक।
54022 पाउन्ड ना. झन्डै आधा सेरको पाश्चात्य तौल।
54023 पाउन्ड ना. २. बिस सिलिङ बराबरको एक बेलाइती मुद्रा।
54024 पाउपोस ना. जुत्ता।
54025 पाउपोस ना. २. पाउदान।
54026 पाउपोस ना. ३. कोठामा पस्नुभन्दा पहिले जुत्ताको धुलो पुछ्न ओछ्‌याइएको चकटी, गद्दरदान।
54027 पाउर ना. सौगात, कोसेली, पागुर।
54028 पाउरो ना. अस्कोट।
54029 पाउरोटी ना. खुबसँग उक्सने वा फुलेर हुप्प हुने, खर हालेर बनाइएको एक प्रकारको रोटी।
54030 पाउला ना. पाउलो, पालुवा।
54031 पाउलागी ना. पुरोहितलाई जजमानले वा कसैले बाबुआमा वा अन्य मान्यजनको गोडामा शिरले छोएर गर्ने अभिवादन, ढोग।
54032 पाउ लाग्नु स.क्रि. पदार्पण गर्नु।
54033 पाउ लाग्नु स.क्रि. २. ढोगभेट गर्नु।
54034 पाउ लाग्नु स.क्रि. ३. आउनु वा जानु ( शिष्टार्थमा); पाल्नुहुनु, पाल्नु।
54035 पाउलो, ना. पल्लव, पालुवा।
54036 पाउलो ना. जुत्ता।
54037 पाउसो ना. सुनिएको, मर्किएको आदि ठाउँमा लगाउन गहुँतमा पकाएर लेप बनाइने एक प्रकारको बुटी वा त्यसैबाट बनेको लेप।
54038 पाक्नु अ.क्रि पाक पुग्नु, परिपक्व हुनु।
54039 पाक्नु अ.क्रि २. फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु।
54040 पाक्नु अ.क्रि ३. घाउखटिरा आदिमा पिप भरिनु।
54041 पाक्नु अ.क्रि ४ ज्याला, तलब आदिको आर्जन पूरा हुनु।
54042 पाक्नु अ.क्रि ५. चित्त दुख्नु, पिरिनु वा पिर हुनु।
54043 पाक्नु अ.क्रि ६. मानिसका सेता हुनु।
54044 पाक्नु अ.क्रि ७. उमेर वा बुद्धि छिप्पिनु।
54045 पाक ना. पकाउने क्रिया वा प्रक्रिया।
54046 पाक ना. २ पकाएको; पक्वान्न।
54047 पाक ना. ३. चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वा।
54048 पाक ना. ४. खाएको वस्तु पच्ने पाचनक्रिया।
54049 पाक ना. ५. श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खिर वा भा।
54050 पाक ना. ६. चास्नी, पाग।