Dictionary

All Word

53851 पहिला नम्बरको वि. उत्तम दर्जाको सबैभन्दा उम्दा राम्रो।
53852 पहिला नम्बरको वि. २. हदसम्मको हदैको (बदमास )।
53853 पहिल्याइ ना. पहिल्याउने क्रिया वा प्रक्रिया।
53854 पहिल्याइनु क.क्रि. पहिल्याउने काम गरिनु।
53855 पहिल्याउनु स.क्रि. / प्रे. क्रि. फेला पार्नु भेट्टाउनु।
53856 पहिल्याउनु स.क्रि. / प्रे. क्रि. २. चिन्नु, पहिचान्नु।
53857 पहिल्याउनु स.क्रि. / प्रे. क्रि. ३. मेलोमेसो पाउनु।
53858 पहिल्यावट / पहिल्याहट ना. पहिल्याइ।
53859 पहिल्यै क्रि.वि. पहिले नै अगि नै अगाडि नै।
53860 पहिल्यै क्रि.वि. २. उहिले नै पुरानो समयमै; अतीतमै।
53861 पहुँच्नु पठाइएको वस्तु, मानिस आदि नियत स्थानमा पुग्नु, दाखिला हुनु।
53862 पहुँच ना. कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम।
53863 पहुँच ना. २. निश्चित लक्ष्यसम्मको जवाइ।
53864 पहुँच ना. 3. निश्चित ठाउँमा पुगेको सूचना।
53865 पहुँच ना. ४. कुनै ठाउँ वा विषयसम्म पुग्ने शक्ति, गति, प्रवेश।
53866 पहुँच ना. ५. कुनै कुरो राम्ररी बुझ्ने शक्ति।
53867 पहुँच ना. ६. चिनजान, परिचय, पहिचान।
53868 पहुँच ना. ७. कुनै कुरा गर्ने वा गरेर पुयाउने सामर्थ्य।
53869 पहुँच दस्तुर ना. ट्रङ्ककल आदिमा खोजेको व्यक्ति ठेगानामा भए- नभएको थाहा भएपछि ग्राहकले तिर्नुपर्ने रकम।
53870 पहुँच नामा ना. पठाएको वस्तु वा व्यक्ति नियत ठाउँमा पुगेको प्रमाणस्वरूप प्राप्त हुने रसिद पहुँच।
53871 पहुँच बाहिरको वि. शक्ति वा आँटले नपुग्ने।
53872 पहुँचाइ ना. पहुँचने क्रिया वा प्रक्रिया।
53873 पहुँचाइनु क.क्रि. पहुँचाउने काम गरिनु, पुयाइनु।
53874 पहुँचाउनु प्रे. क्रि. पुग्ने गराउनु पुऱ्याउनु।
53875 पहुँचिनु अ.क्रि. पहुँचनु।
53876 पहुँचिनु अ.क्रि. २. पुगिनु।
53877 पहेँल वि. केही समस्त शब्दको आरम्भमा प्रयोग हुने 'पहेँलो' शब्दको सङ्क्षिप्त रूप।
53878 पहेँलपित्त ना. पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग, कमलपित्त, कामला; जन्डिस, गायो, पहेँले।
53879 पहेँलपुर वि. सर्वत्र पहेँलो भएको, पहेंलै भएर रहने; पहेँलाम्मे।
53880 पहला ना. धानमा बाला निस्कने बेलामा र मकैमा घोगा पसाउने बेलामा पातमा देखिने पहेँलोपन।
53881 पहेँलाम्मे वि. पहेँलपुर, पीतमय।
53882 पहेंल्याइ ना. पहेँला दृष्टिगोचर हुने कार्य।
53883 पहेंलिनु अ.क्रि. पहेँलो हुनु, पीत रङ्गको बन्नु।
53884 पहेँली वि. पहेँलो वर्णको पहेँलो रङ हुने।
53885 पहेँली वि. २. पहेँलो वर्णकी (नारी)।
53886 पहेंली काठ ना. पहेँलो काठ हुने एक जातको रुख।
53887 पहेँली पात ना. मकै पाक्नलाई खोस्टो पहेँलो हुने अवस्था; पहेँला।
53888 पहेँली मकै ना. पहेँला गेडा हुने एक जातको लेकाली मकै।
53889 पहेँले वि. पहेँलो भएको, पहेँलो वर्णको।
53890 पहेँले वि. ना. २. पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त, गायो पित्तव्याधि।
53891 पहेँले वि. ३. अदुवाको जस्तो बोट हुने, सखरखण्डका ढबको पहेँला सेला फल्ने र औषधीका रूपमा काम लाग्ने एक कन्द।
53892 पहेँलो ना. सुन, बेसार आदिको जस्तो रङ, पी।
53893 पहेँलो ना. वि. २. त्यस्तो रङको।
53894 पहेँलो अगरु ना. पहेँलो काठ हुने एक जातको अगरु।
53895 पहेँलो केवँरा ना. पहेँलो फूल र डाँठ हुने एक जातको केरा।
53896 पहेँलो घाम ना. सायङ्कालको तापहीन सूर्यको प्रकाश, सूर्य भन्दा अगाडिको घाम।
53897 पहेँलो घाम ना. (यस्तो घाम भएको बेला केटाकेटीलाई भूत लाग्छ भन्ने अन्धविश्वास छ।)।
53898 पहेँलो चना ना. पहेँलो वर्णको एक जातको चना, गौरचणक, काबुली चना।
53899 पहेँलो बलु ना. किनारामा दाँती परेका ससाना पात हुने पहेँलो फूल र ससाना हरिया फल लाग्ने एक किसिमको झार विशेष (यसलाई आयुर्वेदमा बलवीर्यवर्द्धक, धातुको रोग विनाश गर्ने र रगत बढाउने भनिएको छ)।
53900 पहेँलो मार्सी ना. पहेँला बोक्रा हुने उत्तम जातको धान।