Dictionary

All Word

53901 पहेँलो मुगी ना. शरत्कालमा पाक्ने एक जातको मुगी।
53902 पहेँलो सहचर ना. पहेँलो फूल फुल्ने एक जातको सहचर बुटी।
53903 पहेँलो सूर्यभक्ति ना. पहेँलो फूल फुल्ने एक जातको सूर्यभक्ति फूल।
53904 पहेँल्याइ ना. पहेलिने भाव, क्रिया वा प्रक्रिया।
53905 पहेँल्याइनु क.क्रि पहेँलो तुल्याइनु।
53906 पहेँल्याउनु प्रे. क्रि. पहेँलो पार्नु वा पार्न लाउनु।
53907 पहेली ना. भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य उत्तर लुकेको प्रश्न, अत्तो, कूट, प्रहेलिका अड्को।
53908 पहेली ना. २. हत्तपत्त बुझ्न नसकिने जटिल कुरो, कठिन समस्या।
53909 पहेली ना. ३. गम्भीर रहस्य।
53910 पाँ ना. [बाल बोलीमा पानी।
53911 पाँक/ पाँको ना. हिलो लेदो, पाँगो।
53912 पाँगा ना. स्वास्नीमान्छेले लगाउने स्वदेशी घरबुनाको लुगा (दिव्य.)।
53913 पाँगे वि. पाँगो भएको लेदो ना. २. पाँगे नुन।
53914 पाँगे नुन ना. समुद्रका छेउको लेदो खारी बनाइएको खाने नुन।
53915 पाँगो ना. नदी, पोखरी, भल, बाढी आदिले बगाएर ल्याएको मलिलो लेदो माटो, मदम।
53916 पाँगो भूमि ना. नदीले थुपारेको पाँगो माटाले बनेको जमिन।
53917 पाँगो माटो ना. नदीले बगाएर ल्याउने, उब्जाउका निम्ति उपयोगी मिहिन र लस्सादार मलिलो माटो।
53918 पाँच ना. चार र एकका योगको सङ्ख्या पाँचको अक।
53919 पाँच ना. २. वि. चार र एकका योगको।
53920 पाँच अड्गुले ना. हथुङ्गाका आकारको एक बुटी, करज्योडी।
53921 पाँच अड्गुले ना. वि. २. पाँच अङ्गुलका परिमाणको।
53922 पाँच अड्गुले ना. ३. पाँचवटा औंला हुने।
53923 पाँच औंले ना. पहेँलो फूलको भागमा गुलाबी टिकटिके भएको पाँच औंलाका आकारको कन्द हुने, (आयुर्वेदमा यसका जरालाई पौष्टिक र रुचिकारक भनिएको) बुटीविशेष, पाँच अड्गुल।
53924 पाँचखाल ना. काभ्रे जिल्लाको धुलिखेल पूर्वोत्तरको एक रमणीय उपत्यका।
53925 पाँचतीन ना. एक पासामा पन्जा, अर्कोमा दुवा र अर्कोमा पोट मात्र पर्दा हुने पासाको एक दाउ।
53926 पाँचथर ना. नेपालको पूर्वाञ्चलअन्तर्गत मेची अञ्चलमा पर्ने एक जिल्ला।
53927 पाँच पाते ना. पाँचचोसे आकारको मझौला खालको डाले घाँस।
53928 पाँचपोखरी ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने नाउलिङ तथा चोचे डाँडाका उत्तरमा करिब ३,८६५ मिटरको उचाइमा रहेको ससाना पाँचवटा पोखरी बनेको दह।
53929 पाँचपोल ना. तुलाको तौलअनुसार सवाबोडी।
53930 पाँच सरकार ना. तत्कालीन नेपालका श्री ५ महाराजाधिराज।
53931 पाँचौँ वि. गणनाका क्रमले पाँच सङ्ख्यामा पर्ने, पाँच नम्बरमा आउने।
53932 पाँज्नु स.क्रि. खेतबारी आदिमा उखेलेको बिउको थुप्रो पार्नु।
53933 पाँज्नु स.क्रि. २. नलसँगको काटिएका धानको बोट सुक्न सक्ने गरी थुप्रो पार्नु, निहिन लगाउनु।
53934 पाँज्नु स.क्रि. ३. फैलाउनु, फिँजाउनु।
53935 पाँजिनु क.क्रि. पाँजा पारिनु, बिउ, नल आदिसँगको धान आदि सुक्नका लागि फिँजाइन, निहिन लगाइनु।
53936 पाँजुलो वि. सम्म परेको, समथर।
53937 पाँजुलो वि. ना. २. मैदान, पजलो।
53938 पाँजो ना. धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।
53939 पाँजो ना. २. नलसँगको काटेका धानको सुक्न सक्ने गरी पारिएको थुप्रो, निहिन।
53940 पाँड ना. थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड।
53941 पाँड ना. २. पिंढी वा पिँढीमाथिको छानो।
53942 पाँडुले वि. कालो, पहेँलो वर्णका भुईंमा सेता र सेतो वर्णका भुईंमा चाहिँ पहेँला खालका पाटा वा पाङ्ग्रा भएको (प्रायः कुकुर)।
53943 पाँडे ना. ब्राह्मण र क्षत्रियहरूको एक थर वा वर्ग, पाण्डे।
53944 पाँडे कुरो ना. नाउँ नलिईकन कसैका उपर घोचपेच गरिएको कुरो छनक।
53945 पाँडे कुरो ना. २. आपसमा आदर वा अनादर नजनाई गरिने कुरो।
53946 पाँडे गाली ना. नाउँ नलिईकन कसैलाई गरिने गाली; अस्पष्ट आक्षेप।
53947 पाँडे पजनी ना. योग्यायोग्यको विचार नगरी विशेषतः प्रतिष्ठित व्यक्तिहरूको मानहानि हुने किसिमले गरिने पजनी।
53948 पाँडे बोली ना. पाँडेकुरो ; गाली।
53949 पाँती ना. लहर, लाम, श्रेणी, ताँती, लस्कर।
53950 पाँनु स.क्रि. हे. पाँज्नु।