Dictionary

All Word

54301 पाठ ना. ४. गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश।
54302 पाठ ना. ५. पाठ्यपुस्तकको कुनै परिच्छेद।
54303 पाठ ना. ६. बाच्ने वा पढ्ने क्रिया।
54304 पाठ ना. ७ अर्ती उपदेश।
54305 पाठ ना. ८. प्रेरणा, भुक्त अनुभव।
54306 पाठक ना. पढ्ने छात्र।
54307 पाठक ना. २. पढाउने गुरु।
54308 पाठक ना. ३. कथावाचक।
54309 पाठक ना. ४. ब्राह्मण जातिको एक थर।
54310 पाठ घण्टा ना. नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर)।
54311 पाठ घण्टा ना. २. कुनै पाठ्यविषयको पाठ्यभारको अनुपा।
54312 पाठनीय वि. पढाउने कार्य, अध्यापन।
54313 पाठपत्र ना. कक्षाका प्रत्येक विद्यार्थीलाई हात हातमा दिनका निम्ति शिक्षकले तयार पारेको, एक दिनमा पढाइने विषयका मुख्य- मुख्य बुँदाको लेखोट वा टाइप गरेको पत्र।
54314 पाठपर्चा ना. पाठपत्र।
54315 पाठभेद ना. एकै पुस्तकका दुई वा दुईभन्दा बढी प्रतिमा लेखिएका शब्द, वाक्य आदिमा देखिएको भिन्नता; पाठान्तर।
54316 पाठयोजना ना. एक दिनमा निश्चित अवधिमा पढाइने विषयको पहिले नै तयार पारिएको योजनाबद्ध रूपरेखा।
54317 पाठशाला ना. विद्यार्थी वा छात्रछात्राहरूलाई शिक्षा दिइने वा पढाइने घर, विद्यालय, स्कुल।
54318 पाठशालिनी ना. मान्छे बोल्ने शालिनी पक्षी; मैना चरी।
54319 पाठशालीय वि. पाठशालासम्बन्धी ; पाठशालाको।
54320 पाठान्तर ना. पाठभेद।
54321 पाठा१ ना. बाटुल्पाते झारको ठुलो चाहिँ प्रकार।
54322 पाठा२ ना. निकै ठुलो पात हुने, छेउछाउमा फूल फुल्ने, आयुर्वेदका अनुसार तितो जरो हुने, आउँ र शूल रोगका निम्ति हितकारी हुने मानिएको, एक जातको रुख चढ्ने लहरो।
54323 पाठा ना. सेलरोटी पकाउँदा टुक्राटुक्री परेर ताईमा रहेका रोटीका झुर्का।
54324 पाठा ना. (लोग्नेमान्छेले पाठा खाँदा छोरी छोरी हुन्छन् भन्ने लोकोक्ति छ। )।
54325 पाठा ना. पाठो।
54326 पाठापाठी ना. बाखो, भेडो, सुँगुर, मृग आदिका साना बच्चा वा छाउरा।
54327 पाठावली ना. पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह, पाठ्यग्रन्थावलि, पाठ्यविषयावलि।
54328 पाठिका ना. पढ्ने वा पढाउने स्त्री।
54329 पाठिका ना. २. पाठ गर्ने स्त्री।
54330 पाठित वि. पढाइएको पाठ गराइएको।
54331 पाठी वि. पाठ गर्ने, बाच्ने।
54332 पाठी वि. २. पढ्ने, अध्ययन गर्ने, पाठक।
54333 पाठी वि. ३. पढिसकिएको, पढेर सिध्याइएको।
54334 पाठी ना. भेडा, बाखा, सुँगुर आदिको पोथी बच्चो छाउरी।
54335 पाठीन ना. लामो थुतुनो हुने एक जातको माछो विशेष।
54336 पाठीन ना. २. अध्ययन अध्यापनको काम गर्ने व्यक्ति।
54337 पाठीन ना. ३. पुराण आदिको वाचक।
54338 पाठे वि. पाठोसम्बन्धी, पाठाको।
54339 पाठेघर ना. गर्भमा बालक वा बच्चो रहने थैलो, स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो, गर्भाशय, तल्लो पेट, भुँडी।
54340 पाठे भाइ ना. एउटै पाठ पढ्ने वा सँगसँगै पढ्ने साथी, सहपाठी; सहाध्यायी।
54341 पाठे भाइ ना. २. एकै कोखको दाजु वा भाइ, गर्भे भाइ।
54342 पाठो ना. भेडा, बाखा, मृग, सुँगुर आदिको भाले बच्चो।
54343 पाठो ना. २. पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को, छाउरो।
54344 पाठ्य वि. पढ्न लायक, पढ्न हुने, पढाइयोग्य पाठ गर्न योग्य पठनीय।
54345 पाठ्यक्रम ना. पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम।
54346 पाठ्यक्रम विकास केन्द्र ना. पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्धारण एवं तर्जुमा गर्ने संस्था।
54347 पाठ्यग्रन्थ ना. पाठ्यपुस्तक।
54348 पाठ्यपुस्तक ना. विद्यालय एवं विद्यापीठहरूमा विद्यार्थीहरूले औपचारिक तवरले पढ्नुपर्ने पुस्तक।
54349 पाठ्यवस्तु ना. पाठ्यक्रममा उल्लिखित पाठ्यसामग्री।
54350 पाठ्यविषय ना. पढाइने विषय पढाउनुपर्ने विषय, पाठ्यवस्तु।