Dictionary

All Word

54401 पातपतिङ्गर/पातपतिङर ना. झरेका पातहरूको समूह; पतकर।
54402 पातपातै क्रि.वि. रुखमा पात हुने वा चाल्ने गरी।
54403 पातपातै क्रि.वि. २. कुरैपिच्छे जस्तै पातपातै टिप्नु (कुरा काट्नु)।
54404 पातयिता वि. खसाल्ने वा झार्ने काम गर्ने, पातन गर्ने, खसालुवा।
54405 पातल ना. सधैँ हराभरा भइरहने लेकको सेपिलो एवं घना जङ्गल।
54406 पातलिनु अ.क्रि. पातलो हुनु, घनत्व घट्नु, मोटाइ कम हुनु।
54407 पातलिनु अ.क्रि. २. पन्यालो हुनु, तरल हुनु।
54408 पातलिनु अ.क्रि. 3. भिड कम हुनु, घुइँचो कम हुनु।
54409 पातलिनु अ.क्रि. ४. कुनै वस्तु जोडिएर नरही पर - पर छुट्टै रहनु।
54410 पातली वि. पातलो शरीर भएकी, चिटिक्क परेकी; राम्रो, सानो र छरितो जिउ भएकी।
54411 पातली वि. २. दुब्ली सिकुटे (नारी)।
54412 पातली वि. ३. छाला पातलो भएको र रौं सपक्क परेर चिल्लो देखिने (गाई)।
54413 पातली वि. . ४. हकुवा, पठुवा आदिका कुनिउँमा पिन्जरीभन्दा माथिको पातलो फेरो।
54414 पातले वि. पातलो आकार वा पत्र भएको।
54415 पातले वि. २. दुब्लो, खियाउटे।
54416 पातले वि. [पातल + ए] 3. पातलमा हुने।
54417 पातले वि. ना. ४. कालो भुस तथा रातो चामल हुने एक जातको धान, आँगा।
54418 पातले कटुस ना. पातलका रुखमा फल्ने वा झ्याप्प पात हुने एक जातको कटुस।
54419 पातले ढुकुर ना. सानो र चिटिक्क परेको एक जातको ढुकुर।
54420 पातले निहुरो ना. ससाना डाँठ हुने एक जातको निहुरो।
54421 पातले रोटी ना. चामल वा गहुँका पिठाको पातलो गरी पकाइने बाबर।
54422 पातले सिस्नु ना. साना डाँठ र झ्याम्टा हने एक जातको सिस्नु, अल्लो।
54423 पातलो वि. पन्यालो तरल।
54424 पातलो वि. २. बाक्लो नभएको, मोटाइ एकदम कम भएको, पात्लो।
54425 पातलो वि. ३. दुब्लो, सिकुटे, खिनाउटे।
54426 पातलो वि. ४. परस्परमा नजोडिई अलगअलग रहेको, बिचबिचमा खाली भएको (कुनै वस्तु)।
54427 पातल्याइ ना. ना. पातलिने क्रिया वा प्रक्रिया।
54428 पातल्याइनु क.क्रि. पातलिने पारिनु, पातलो बनाइनु।
54429 पातल्याउनु स.क्रि. / प्रे.क्रि. पातलिने पार्नु, पातलो तुल्याउनु।
54430 पाता वि. रक्षा गर्ने; रक्षक, संरक्षक।
54431 पाता वि. २. पिउने काम गर्ने; पियक्कड।
54432 पाता ना. हे. पातो।
54433 पाता फर्काइ ना. दुई हात पछाडिपट्टि लगी बाँधेर अपराधी आदिलाई दण्ड दिने एक उपाय।
54434 पाता ना. पत्र, धातु आदिको पातलो पत्र।
54435 पाताल ना. पौर्वात्य परम्पराअनुसार पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबभन्दा तल्लो लोक, पत्ताल, नागलोक।
54436 पाताल ना. २. पृथिवीभन्दा तलको कुनै लोक।
54437 पाताल ना. ३. घर बनेको वा बनाउने जग्गा।
54438 पाताल ना. ४. अङ्गुल वा मात्राको सात गुना बराबरको नाप।
54439 पाताल ना. ५. दृष्टि, मुनि वा अब्धि बराबरको नाप।
54440 पाताल ना. ६. सात अमल बराबरको नाप।
54441 पाताल ना. ७. घर भत्केको घडेरी खंडहर।
54442 पाताल यन्त्र ना. धातु गलाउने अर्क, तेल आदि तयार गर्ने यन्त्र।
54443 पातालवासी ना. दैत्य, दानव, नाग वि. २. पातालमा बस्ने।
54444 पातालिनु अ.क्रि. तलतिर झर्नु, भासिनु।
54445 पातालिनु अ.क्रि. २. भत्किनु।
54446 पाताली वि. पातालको।
54447 पाताली वि. २. भूगर्भको।
54448 पाताली चट्टान ना. धरातलभित्र आगाको प्रभावबाट बनेको का चट्टान।
54449 पाताले वि. पातालको; पातालसम्बन्धी।
54450 पाताले वि. २. पातालमा बस्ने वा पाइने।