Dictionary

All Word

54501 पात्रक ना. सानो खालको भाँडो, तुच्छ भाँडो ठाँडो।
54502 पात्रक ना. २ पत्रु।
54503 पात्रता ना. कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता।
54504 पात्रता ना. २. पात्रमा हुनुपर्ने वा भएको गुण असल गुण।
54505 पात्रत्व ना. पात्रता।
54506 पात्रो ना. वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका, पञ्चाङ्ग।
54507 पात्ले ना. पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जा।
54508 पात्ले ना. वि. २. पातलको पातलसम्बन्धी।
54509 पात्ले ना. [ पात्लो + ए] ३. पात्लो खालको पातले।
54510 पात्ले कटुस ना. पातले कटुस।
54511 पात्ले ढुकुर ना. पातले ढुकुर।
54512 पात्ले निहुरो ना. पातले निहुरो।
54513 पात्ले रोटी ना. पातले रोटी।
54514 पाथी ना. आठ माना अटाउने भर्ने भाँडो, आठ मानाको परिमाणको वस्तु अटाउने नाप्ने भाँडो।
54515 पाथी ना. वि. २. आठ माना परिमाणको।
54516 पाथी ना. ३. मुरीको बिसौं अंशको।
54517 पाथी ब्याज ना. वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज।
54518 पाथी भात खाए जस्तो वि. पूरा सन्तोष लाग्ने, मन ढुक्क हुने।
54519 पाथी भात खाने वि. पूरा समर्थ; लक्का।
54520 पाथे वि. पाथीको पाथीसम्बन्धी।
54521 पाथे वि. २. एउटै पाथीले भरेको अन्नादि खाने सम्बन्धित (व्यक्ति); चुले।
54522 पाथे वि. 3. पाथी अटाउने वा भरिने।
54523 पाथे भाइ ना. एउटै कामको हिस्सा बेहोर्ने व्यक्तिहरू, हिस्सेदार।
54524 पाथे भाइ ना. २. एउटै खलाको मोही।
54525 पाथे भाइ ना. ३. एउटै चुलामा खाने साथी, भान्से भाइ, चले भाइ।
54526 पाथेय ना. बाटामा खानका निम्ति लिइने साँवल, बाटाको सामल तुमल; बाटाखर्च।
54527 पाथेय श्राद्ध ना. मृतकको मोक्षका उद्देश्यले सातौं र बाह्रौं दिनमा गरिने श्राद्ध।
54528 पाद्नु अ.क्रि. अपानवायु छाड्नु, अधोवायु छाड्नु गुदद्वारबाट दुर्गन्धमय हावा फाल्नु।
54529 पाद ना. अपानवायु, अधोवायु।
54530 पाद, ना. पाउ, चरण, गोडो, खुट्टो।
54531 पाद, ना. २. श्लोक वा पद्यको पाउ, चरण, पद।
54532 पाद, ना. ३. कुनै वस्तुको चौथो भाग चतुर्थांश।
54533 पाद, ना. ४. पुस्तकको प्रकरण।
54534 पाद, ना. ५. कुनै वस्तुको तल्लो भाग, पिंध।
54535 पाद, ना. ६. जरो, जड; मूल।
54536 पादकटक ना. पाउजेब।
54537 पादकमल ना. कमलजस्ता नरम र राता पाउ; चरणकमल।
54538 पादकमल ना. २. गोडा, पाउ (आदरार्थमा)।
54539 पादक्षेप ना. टेकाइ, टेक्ने काम।
54540 पादक्षेप ना. २. हिँडाइ।
54541 पादक्षेप ना. ३. ला।
54542 पादचाप ना. खुट्टाले टेक्दा हुने थर्कन, टेकाइ, कुल्चाइ।
54543 पादचार ना. पैदल जाने काम; पैदल हिँडाइ।
54544 पादचारी वि. पैदल यात्री पैदल हिँड्ने।
54545 पादचारी वि. ना. २. पैदल सेना; पदाति।
54546 पादजल ना. देवता वा मान्य जनका पाउ धोएको जल, चरणोदक, चरणामृ।
54547 पादटिप्पणी- ना. पृष्ठका पुछारमा राखिने कुनै विषयको प्रमाण पुष्टात टप्पणी, खुरेटिपोट।
54548 पाटीका ना. कुनै ग्रन्थमा पृष्ठका पुछारमा सूचना, निर्देश, व्याख्या आदिका निम्ति लेखिएको टिप्पणी।
54549 पादतल ना. पैतालो; तलुवा।
54550 पादत्राण ना. जुत्ता, उपानह; पाउलो।