Dictionary

All Word

54551 पाददलित वि. गोडाले कुल्चिएको खुट्टाले टेकिएको।
54552 पाददलित वि. २. थिचिएको दबाइएको।
54553 पाददलित वि. ३. पराजित; अपमानि।
54554 पादन्यास ना. पाइलो राख्ने वा टेक्ने काम टेकाइ, कुल्चाइ।
54555 पादपङ्कज ना. पादकमल।
54556 पादपथ ना. पैदल हिँड्नुपर्ने बाटो, गोरेटो, डोरेटो।
54557 पादपद्म ना. पादकमल।
54558 पादपीठ ना. राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी, उपधानी।
54559 पादपीठ ना. २. अग्ला आसनको तल खुट्टा राख्न बनाइएको चौकी।
54560 पादपीडा ना. काँडो आदि बिझ्दा वा घाउ हुँदा खुट्टामा हुने पीडा।
54561 पादपूरण / पूर्ति ना. कुनै अपूरो श्लोकको पाउ पूरा गर्ने काम।
54562 पादपूरण / पूर्ति ना. २. निरर्थक वा अनावश्यक शब्दहरू राखेर भए पनि छन्दको पूर्ति गर्ने काम।
54563 पादप्रणाम ना. साष्टाङ्ग दण्डवत् गर्ने काम पाउमा प्रणाम गर्ने काम ढोग्ने काम, ढोग।
54564 पादरज्जु ना. पशुहरूको खुट्टो बाँध्ने डोरी, खुट्टे डोरी, खुट्टे।
54565 पादलग्न वि. पाउमा लागेको, गोडामा परेको।
54566 पादलग्न वि. २. शरणमा आएको; शरणार्थी।
54567 पादवन्दन/वन्दना ना. पाउ छोएर नमस्कार गर्ने काम, दण्डवत् गर्ने काम।
54568 पादवल्मीक ना. खुट्टा सुन्निने एक किसिमको रोग, थामखुट्टे रोग, हात्तीपाइले रोग; फाइलेरिया।
54569 पादविन्यास ना. पाउ राख्ने काम पाइलो राख्ने काम खुट्टो टेकाइ, कुल्चाइ।
54570 पादविन्यास ना. २. पदविन्यास।
54571 पादविराम ना. वाक्यमा पद वा वाक्यांशलाई छुट्ट्याउने र विश्राम दिने चिह्न, अल्पविराम, कमा (, ) 1।
54572 पादसेवन ना. पाउको सेवा गर्ने काम पाउ छुने काम।
54573 पादसेवन ना. २. सेवाशुश्रूषा।
54574 पादसेवन ना. ३. कमार्तन।
54575 पादसेवा ना. पादसेवन।
54576 पादहत वि. लत्याइएको लात मारिएको।
54577 पादहत वि. २. हेला गरिएको; उपेक्षि।
54578 पादहीन वि. खुट्टो नभएको, लँगडो, खोरन्डो।
54579 पादहीन वि. २. श्लोकको कुनै पाउ वा चरण नभएको।
54580 पादाति ना. पैदल सिपाही; पदाति।
54581 पादाति ना. पादान्त- ना. श्लोक वा पद्यका पाउ वा चरणको अन्।
54582 पादारविन्द ना. पादकमल।
54583 पादिनु क.क्रि. अपानवायु छोडिन, पाद्ने काम गरिनु।
54584 पादुक वि. पैदल जाने, खुट्टाले हिँड्ने।
54585 पादुका ना. खराउ।
54586 पादुका ना. २. जुत्ता।
54587 पादुकादान ना. जुत्ता दान दिने एक धार्मिक कार्य।
54588 पादुकादान ना. २. जुत्ता वा खराउ दिने काम।
54589 पादुकास्थान ना. दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई को पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर।
54590 पादुकास्थान ना. (यहाँ सतीदेवीको पाउ झरेको र परापूर्वकालदेखि एक ज्वाला बलिरहेको छ भन्ने कथन छ।)।
54591 पादोदक ना. चरणोदक, खुट्टाको जल।
54592 पाद्य वि. गोडासम्बन्धी; चरणको।
54593 पाद्य वि. २. पूज्य व्यक्ति वा देवदेवीको पाउ धुने (पानी)।
54594 पाद्य वि. ना. ३. देवकार्यमा पूजा गर्दा चढाइने पवित्र जल, पाद्योदक।
54595 पाद्यार्घ ना. हातपाउ धुने पानी।
54596 पाद्यार्घ ना. २. पूजाका सामग्री, पूजासामा।
54597 पाद्यार्घ ना. ३. पूजाका निम्ति छुट्ट्याइएको कुनै वस्तु।
54598 पाद्यार्घ्य ना. हे. पाद्यार्घ।
54599 पाध्या/पाध्ये ना. ब्राह्मण।
54600 पाध्या/पाध्ये ना. स्त्री. पाध्येनी।