Dictionary

All Word

54651 पानीकर ना. २. जग्गाजमिनमा नहर, पैनी आदिबाट पानी पटाएबापत सरकारलाई दिइने कर।
54652 पानीकरेलो ना. सिमसारमा पाइने एक जातको करेलो।
54653 पानीकल ना. पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट।
54654 पानीकल ना. २. इनार, कुवा आदिको पानी माथि तान्ने एक प्रकारको धारो, ट्युबवेल।
54655 पानीकल ना. 3. पानी तान्ने यन्त्र, दमकल।
54656 पानीकल ना. ४. जमिनमुनिको पानी तान्ने मिसिन, पम्पिङ सेट।
54657 पानीकाग ना. जलाशयका नजिक रहने एक कालो पक्षी।
54658 पानीकागत ना. प्लास्टिकको, पानी अडिने एक प्रकारको वस्तु ( पोलिथिन पेपर)।
54659 पानीकौवा ना. पानीकाग।
54660 पानीखेदो ना. पानीमुनि गए पनि नछोड्ने किसिमको खेदो; नछाडीकन दुःख दिइरहने काम।
54661 पानी गुलाफी ना. गुलाफी रङको एक भेद।
54662 पानी गुलाफी ना. वि. २. त्यस्तो रङको।
54663 पानीगुन्डो वि. . सुकुलगुन्डोभन्दा पनि तल्लो स्तरको गुन्डो।
54664 पानीगुन्डो वि. २. हरितन्नम हरिलट्ठक।
54665 पानीघट्ट ना. पानीले चल्ने घट्ट।
54666 पानीघडी ना. पानीमा सानो छिद्र भएको भाँडो राखेर छिरेको पानी भरिएपछि एक घडी हुने एक पुरानो चलनको घडी ; जलयन्त्र।
54667 पानीघाट ना. पानीको धारो आदि भएको ठाउँ, पनेरो, कुवा, जलाशय।
54668 पानीघोडा ना. पानीमा हुने एक जातको घोडा।
54669 पानीचरी ना. पानीमा गोता खाने एक जातको चरो।
54670 पानीजहाज ना. समुद्रमा वा ठुला नदीमा चल्ने जहाज।
54671 पानीजुको ना. पानीमा रहने एक जातको ठुलो जुको।
54672 पानी झ्याउ ना. जलाशयमा उम्रने एक जातको कुरकुरेजस्तो झ्याउ।
54673 पानीढलो ना. पानी बगेर जाने भिरालो वा तेर्पे परेको जग्गा।
54674 पानीढिकी- ना. पानीका प्रवाहबाट चल्ने एक किसिमको यन्त्र।
54675 पानीढिकी- ना. २. त्यस्ता यन्त्रले टक मारेको सिक्का।
54676 पानीढुकुर ना. पानीका नजिक रहने एक जातको ढुकुर।
54677 पानीतोरी ना. ठुला गेडा हुने एक जातको तोरी; आफलतोरी।
54678 पानीदार वि. चम्किलो, चमकदार।
54679 पानीदार वि. २ इज्जतदार।
54680 पानीदार वि. ३. साहसी, पाइनदार।
54681 पानीदुबो ना. कराँते भार।
54682 पानीपखाला ना. पानी जस्तै पातलो पखाला।
54683 पानीपट्टी ना. शिरमा वा अन्य कुनै अङ्गमा शीतलताका निम्ति राखिने भिजाएको कपडा।
54684 पानीपट्टी ना. २. पानीघाट।
54685 पानीपधेरो / पनेरो ना. ज्यादै आवतजावत भएको ठाउँ।
54686 पानीपेट ना. पानी जम्मा हुने वा खाएको पानी गएर अडिने पेटको थैलो।
54687 पानीपोखलो ना. पानीपेट।
54688 पानीफल ना. पानीसिङ्गडा।
54689 पानीफोको ना. प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आद जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो।
54690 पानीबटुवा ना. जलमार्ग गरी हिँड्ने यात्री पानीजहाजको यात्री।
54691 पानीबलो ना. छानाका छेउमा रहने लामो र तेर्सो काठ वा बाँस, माथिको लो।
54692 पानी बाराबार ना. परस्परको ठुलो विरोध; परस्परमा भएका वैरभावको पराकाष्ठा।
54693 पानीबाहेक ना. पानीबाट हटक गर्ने काम।
54694 पानीबिरालो ना. पानीमा बस्ने बिरालोजस्तो एक जातको प्राणी; ओद।
54695 पानीबिउ ना. हिल्याएर अनि पानी जमाएर राखिने धानको बिउ।
54696 पानीबेत ना. पानीको निकट हुने एक जातको बे।
54697 पानी ब्याड ना. खेतका गरामा पानी जमाई हिल्याई बिउ राख्न तयार पारिएको ठाउँ।
54698 पानीभालु ना. पानीमा खेल्ने र पानीकै आसपासमा बस्ने सेतो भालु।
54699 पानीभूत ना. पानीमा डुबेर रहने भूत; पनडुब्बा।
54700 पानीमरुवा ना. पानीआन्द्रे, लाछी।