Dictionary

All Word

54751 पापनाश ना. पापको नाश; कुकर्मको समाप्ति।
54752 पापनाशक वि. पाप नाश गर्ने कुकर्म समाप्त गर्ने।
54753 पापनाशिनी वि. पाप नाश गर्ने, अधर्मको विनाश गर्ने (स्त्री)।
54754 पापनाशिनी वि. ना. २. बैजनी रङका नसा हुने एक जातको तुलसी।
54755 पापनाशिनी वि. ३. शमी वृक्ष।
54756 पापनाशिनी वि. ४. भगवती देवी।
54757 पापनाशिनी वि. ५. गङ्गा, पवित्र नदी।
54758 पापनाशी वि. पाप नाश गर्ने, अधर्म खतम पार्ने।
54759 पापपुरुष ना. पाप गरिरहने व्यक्ति, पापी व्यक्ति।
54760 पापपुरुष ना. २. तन्त्रशास्त्रअनुसार तान्त्रिकले आफ्ना देब्रे कोखामा कल्पना गर्ने पापमय पुरुष, पापमूर्ति।
54761 पापपुरुष ना. ३. पुराण आदिअनुसार सृष्टिकर्ताले सृष्टिलाई सन्तुलित पार्न आवश्यक ठानी रचना गरेको पापको अधिष्ठाता।
54762 पापबुद्धि/पापमति वि. पापी बुद्धि भएको, दुष्ट, पापी।
54763 पापमुक्त वि. पापबाट मुक्त भएको, पापको परिणामबाट मुक्त भएको।
54764 पापमोचन ना. पाप नष्ट गर्ने काम; पाप छुटाउने काम।
54765 पापमोचनी ना. चैत्रकृष्ण एकादशी।
54766 पापमोचनी ना. वि. २. पापनाशिनी देवी वा गङ्गा।
54767 पापयोनि ना. पाप गरेबापत जीवले जन्म लिएको ठानिने, मानव जुनीबाहेकको कुनै जुनी।
54768 पापलोक ना. धार्मिक विश्वासअनुसार मरेपछि पापीले बस्नुपर्ने लोक; नरक।
54769 पापशील वि. पाप गर्ने स्वभाव भएको, पापकर्ममा लागिरहने।
54770 पापशीला वि. पापशील (नारी)।
54771 पापशोधन ना. पापको शुद्धि, पापको दोष मेटिई शुद्ध हुने वा पार्ने काम।
54772 पापहर वि. पाप वा अधर्म हरण गर्ने।
54773 पापा ना. केटाकेटीका लागि रुचिकर मिठो खानेकुरा।
54774 पापा ना. पिता।
54775 पापाङ्कुशा ना. आश्विन शुक्ल एकादशी, गिद्धे एकादशी।
54776 पापाचार ना. पाप कर्म कुकर्म।
54777 पापात्मा वि. पापी, पातकी, दुष्टकर्मी।
54778 पापिष्ठ वि. निकै ठुलो पापी, महापापी।
54779 पापिष्ठ वि. २. पापी।
54780 पापिष्ठ वि. ३. कुकर्मी।
54781 पापी वि. . पापकर्म गर्ने स्वभावको, दुराचारी।
54782 पापी वि. २. निठुरी, दया नभएको।
54783 पापी वि. ना. ३. पापकर्ममा लागेको व्यक्ति।
54784 पाप्रा ना. हे. पाप्रो।
54785 पाप्री ना. साना ठुला पाप्राहरूको समूह।
54786 पाप्रे वि. पाप्रो भएको, पाप्रा - पाप्रा परेको।
54787 पाप्रो ना. वस्तुको सुकेर वा उक्सेर छुट्टिने बाहिरी पत्र।
54788 पाप्रो ना. २. छाला।
54789 पाप्रो ना. ३. बोक्रो।
54790 पामर वि. फटाहा, सिल्लड, दुर्जन।
54791 पामर वि. २. अविवेकी, अबुझ।
54792 पामर वि. ३. काँतर कायर।
54793 पामर वि. ४. चुत्थो, बेकम्मा; बिकामे।
54794 पायक वि. अनुकूल कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने स्वाहिक।
54795 पायक वि. ना. २ हिँड्दा, काम गर्दा वा आउँदा-जाँदाको अनुकूल अवस्था त्यस्तो अनुकूल स्थिति; अनुकूलता।
54796 पायखाना- ना. दिसा गर्ने ठाउँ पाइखाना, चर्पी, शौचालय।
54797 पायजामा ना. हे. पाइजामा।
54798 पायन्ट ना. हे. पेन्ट, पाइन्ट।
54799 पायस ना. दूध मिसाएर पकाएको खाद्य पदार्थ, खिर; तस्मै।
54800 पायी वि. पिउने पान गर्ने (समस्त शब्दको अन्तमा प्रयोग हुने, जस्तै- स्तनपायी, दुग्धपायी, मद्यपायी इ.)।