Dictionary

All Word

54901 पारिजात ना. खस्रा पात हुने र मसिना र सेता सुगन्धी फूल फुल्ने एक जातको रुख देववृक्षमध्ये एक।
54902 पारिजात ना. २. सुन्तला रङको भेट्नु र मसिना तथा सेता सुगन्धित फूल हुने एक वनस्पति, मालती फूल।
54903 पारिजात ना. खुट्टामा पनि ठुलठुला प्वाँख हुने एक जातको परेवा।
54904 पारिजात ना. प्रसिद्ध लेखिका विष्णुकुमारी वाइवाको साहित्यिक नाम।
54905 पारित वि. कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको ( विधेयक, प्रस्ताव इ.)।
54906 पारित वि. २. नियमानुसार पास भएको।
54907 पारित वि. ३. परिणाम निस्केको।
54908 पारित वि. ४. उत्तीर्ण भएको।
54909 पारितोषिक ना. राम्रो काम गरेबापत काम गर्नेलाई गराउनेले सन्तुष्ट भएर दिने पुरस्कार।
54910 पारितोषिक ना. २. पुरस्कार, इनाम, शिरपाउ।
54911 पारिद्रुम ना. ससाना पात हुने र पहेँलो फूल फुल्ने गोदावरी फूलविशेष।
54912 पारिपार्श्विक ना. नाटकमा सूत्रधारको सहकर्मी।
54913 पारिभद्र ना. फलेदो (वृक्ष), ठुलठुला पात हुने वृक्षविशेष।
54914 पारिभाषिक ना. साङ्केतिक रूपले विशेष अर्थ बुझाउने, प्राविधिक अर्थमा प्रयोग हुने (शब्द)।
54915 पारिभाषिक ना. २. लक्षण भएको; परिभाषासम्बन्धी।
54916 पारिभाषिक शब्द ना. खासखास क्षेत्रमा चल्ने तथा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनुपर्ने खालका शब्द।
54917 पारिभाषिक शब्दावली ना. त्यस्ता शब्दहरूको सँगालो।
54918 पारिवारिक वि. परिवारसम्बन्धी ; परिवारको।
54919 पारिवारिक वि. २. परिवारमा हुने, पर्ने वा गरिने ( काम - कुरा )।
54920 पारिवारिक वि. ३. जहानियाँ, जहानको।
54921 पारिवारिक उपादान ना. परिवारवाला कर्मचारीले पाउने उपदान।
54922 पारिवारिक जीवन वृत्ति ना. परिवारसमेतले पाउने वृत्ति वा पेन्सन।
54923 पारिवारिक बजेट ना. परिवारको आवश्यकतालाई आधार बनाएर तयार गरिएको बजेट।
54924 पारिवारिक वर्गीकरण ना. शब्द, अर्थ, वाक्य एवं ध्वनिसमानताका आधारमा भाषा, प्राणी र वनस्पतिलाई विभिन्न परिवारमा छुट्ट्याउने प्रक्रिया।
54925 पारिवारिक सुरक्षा ना. सरकारका वा कुनै निकायका तर्फबाट सम्बन्धित कर्मचारीका परिवारको समेत सुरक्षा वा संरक्षण गर्ने काम।
54926 पारिश्रमिक वि. परिश्रमसम्बन्धी ; परिश्रमको।
54927 पारिश्रमिक वि. ना. २. परिश्रम वा कुनै कार्य गरेबापत पाइने वा दिइने धन, ज्याला; बनी, मजदुरी।
54928 पारी ना. धोती, सारी आदिलाई टिकाउ बनाउन केही बलियो किसिमले बुनेको किनार।
54929 पारुष्य ना. कठोरता, कडापन।
54930 पारुष्य ना. २. रुखोपन, खस्रोपन।
54931 पारे वि. पार भएको; पार पाएको; मुक्।
54932 पारे घर्ती ना. पार गरिदिएको दास, दासत्वबाट छुटकारा पाएको कमारो वा करिया।
54933 पारो ना. सेतो, चम्किलो र गह्रौं एक प्रसिद्ध तरल धातु।
54934 पारो ना. बिँडमा घुसारिने खुकुरी, हँसिया आदि हतियारको सुइरे अवयव।
54935 पारो ना. सानो ठेकी, हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी।
54936 पारो ना. २. मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप।
54937 पारो ना. ३. तराजु।
54938 पार्क ना. उपवन, बगैँचा (जस्तो- रत्नपार्क, भूगोलपार्क आदि)।
54939 पार्क ना. २. बस, रिक्सा आदिको बिसौनी वा त्यस्ता सवारी अड्याएर राख्ने ठाउँ।
54940 पार्किङ ना. पार्कमा यातायातका साधनहरू बिसाउने काम।
54941 पार्केट ना. बैठक, कोठा आदिका फर्समा ठोकिने वा ठोकिएका विभिन्न आकारका काठका टुक्रा।
54942 पार्कोट ना. सेती अञ्चलमा पर्ने एक ठाउँ।
54943 पार्केट वि. पार्कोटको पार्कोटतिर बस्ने।
54944 पार्केट वि. २. अशिष्ट, पाखे, कोदे।
54945 पार्टी ना. दल, मण्डली, राजनीतिक संस्था।
54946 पार्टी ना. २. खानपान गर्ने गोष्ठी प्रीतिभोज।
54947 पार्थक्य ना. भिन्नता, अन्तर, बेग्ल्याइँ, बेमेल विसङ्गति।
54948 पार्थक्य ना. २. बिछोड, वियोग।
54949 पार्थिव वि. पृथ्वीको पृथ्वीसम्बन्धी।
54950 पार्थिव वि. २. पृथ्वीबाट उत्पन्न सांसारिक, भौतिक, लौकिक।