Dictionary

All Word

55051 पालिस ना. ३. दाँत, नङ आदिको टल्कने बाहिरी भाग।
55052 पालिस ना. ४. शरीर वा अनुहारको रूप वा रोगन।
55053 पालिसदार नि. पालिस लगाएको, टल्काएको; चम्काएको।
55054 पालिसदार नि. २. तेजिलो।
55055 पालिसे वि. पालिस लाए झैं गरी कुरा गर्न सिपालु, ठिक्क पारेर कुरा गर्ने।
55056 पाली ना. पालो, पटक, फेरा।
55057 पाली ना. २. समय, मौका, बख।
55058 पाली ना. घरको माथिल्लो मुख्य छानाभन्दा तल गारोबाट झिकेको सानो छानो, अर्माली, सिकुवाको छानु।
55059 पाली ना. २. सिकुवा, दलान।
55060 पाली ना. ३. पालि (भाषा)।
55061 पालुङ ना. टिस्टुङनजिकैको एक ठाउँ।
55062 पालुङ्गे वि. पालुङ्गोसम्बन्धी, पालुङ्गोजस्तो।
55063 पालुडे च्याउ ना. खैरा रङको, खान हुने एक छत्राकार च्याउ।
55064 पालुङ्गो ना. रातो, कमलो जरा हुने, प्रायः चम्सुरसँग मिलाएर पकाइने एक जातको प्रसिद्ध साग।
55065 पालुङ्गो ना. (आयुर्वेदमा यसको पात ठन्डा गर्ने, आन्द्राको रोग निको पार्ने र फोक्साको हित गर्ने बताइएको छ। रातो डाँठ हुने गोब्रे पालुङ्गो र हरियो डाँठ हुने पाटने पालुङ्गो गरी यसका दुई किसिम छन् )।
55066 पालुवा ना. बोटबिरुवामा पलाएको नयाँ पात, नु, चिउलो आदि, पल्लव।
55067 पाले ना. पालो बस्ने व्यक्ति; ढोके।
55068 पाले ना. २. पहरा दिने व्यक्ति; पहरेदार।
55069 पाले ना. ३. चौकी कुर्ने व्यक्ति, चौकीदार।
55070 पाले ना. ४. अड्डाखानाको अर्दली।
55071 पाले उङ ना. पालो बस्दा पालेलाई आए झैं आउने उङ।
55072 पाले घर ना. अड्डाखाना, विद्यालय, महाविद्यालय आदिमा पाले बस्न बनाइएको सानो घर वा छाप्रो।
55073 पालैपालो क्रि.वि. पालोपालो गरेर पालैसँग।
55074 पालैपालो क्रि.वि. २. एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले।
55075 पालैपालो क्रि.वि. ३. त्यसरी नै एकपछि अर्काको पालो आउने गरी।
55076 पालैसान्ती क्रि.वि. क्रमैसँग एकपछि अर्को गरेर पालोको पूर्वापर क्रमलाई ध्यानमा राखेर।
55077 पालो ना. कुनै कुराको हेरविचार, रखवारी, निगरानी, पहरा।
55078 पालो ना. चोटि खेप पटक बाजि।
55079 पालो ना. २. क्रम सिलसिला।
55080 पालो ना. ३. क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्व, पाली।
55081 पालो ना. ४. मौका अवसर।
55082 पालो ना. (उदा.- कहिले सासूको पालो कहिले बुहारीको पालो। उखान )।
55083 पालोपहरा ना. पाले राख्ने कार्य, पालोको व्यवस्था; पहरादारी।
55084 पालोपैंचो ना. कसैले २. अरूका दुर्गुणको साटोफेराइ।
55085 पालोपैंचो ना. ३ ४ बेलामौकामा।
55086 पालोपैंचो ना. ( उदा.- पालोपैंचो एक परिणाम देख्न पाउँला )।
55087 पालोपैंचो ना. गरेका गुणको प्रत्युपकार।
55088 पालोपैंचो ना. मौका अवसर।
55089 पालोपैंचो ना. क्रि.वि. दिन मैले पनि यसको।
55090 पालोसान्ती क्रि.वि. हे. पालैसान्ती।
55091 पाल्की ना. मानिसले बोकेर लाने मास्तिर छत भएको एक विशेष प्रकारको यान, म्याना; छाना र झ्यालसमेत भएको तामदान, पालकी।
55092 पाल्ता ना. कर्णाली अञ्चलतिर तिहुनतरकारीको रूपमा खाइने फापरको पा।
55093 पाल्पा ना. नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तानसेन सहर सदर मुकाम भएको एक पहाडी जिल्ला।
55094 पाल्य वि. पाल्न योग्य पालन गर्न लायक।
55095 पाल्सी ना. छँदाखाँदाका शब्दहरूलाई उल्टापल्टा पारेर बोलिने बोली, कूटभाषा, पाल्से, पालिसे (जस्तै- 'राम भात खान जान्छ' को 'मार ताभ नाख छान्ज। )।
55096 पाल्सी ना. २. शब्दहरूमा कुनै अक्षर वा पद जोडेर बोलिने बोली (जस्तै- बिराम बिभात बिखान बिजान्छ )।
55097 पाल्सी ना. वि. ३. कूटनैतिक पेचिलो; पोलिसीदार।
55098 पाल्सी कुरो ना. पाल्सी ढङ्गले गरिएको कुरा।
55099 पासे ना. / वि. पाल्सी।
55100 पाल्से कुरो ना. पाल्सीकुरो।