Dictionary

All Word

54951 पार्थिव वि. ३. माटाको, माटाले बनेको।
54952 पार्थिव वि. ना. ४. माटाको भाँडो।
54953 पार्थिव वि. ५. माटाको शिवलिङ्ग।
54954 पार्थिव वि. ६. एक संवत्सर।
54955 पार्थिव वि. ७. पृथ्वीको पदार्थ, जड पदार्थ, भौतिक पदार्।
54956 पार्थिव वि. ८. मनुष्यजाति, मर्त्यजाति।
54957 पार्लियामेन्ट ना. संसद्।
54958 पार्वण वि. पर्वको पर्वमा हुने, पर्वसम्बन्धी।
54959 पार्वण वि. २. औंसी, पितृपक्षमा गरिने वा गर्नुपर्ने; सोह्रश्राद्धमा गरिने।
54960 पार्वण श्राद्ध ना. पर्वमा गरिने श्राद्ध, आश्विन कृष्णपक्षमा गरिने श्राद्ध; सोह्रश्राद्ध।
54961 पार्वत वि. पर्वतको पर्वतसम्बन्धी, पर्वतीय।
54962 पार्वत वि. २. पर्वतमा हुने, रहने वा उम्रने, पहाडी।
54963 पार्वतिक ना. पर्वतहरूको शृङ्खला, पर्वतमाला।
54964 पार्वती नाय हिमालय पर्वतकी छोरी, शिवकी अर्द्धांगिनी, गौरी।
54965 पार्वती नाय २. हिमाली नारी।
54966 पार्वती नाय ३. पहाडे नारी।
54967 पार्वतीय वि. पर्वतीय पर्वती।
54968 पार्वतेय वि. पर्वतबाट उत्पन्न, पर्वतबाट भएको।
54969 पार्वा ना. धिमाल जातिले आफ्ना पूर्वज तथा देवदेवीको पूजा गर्ने र कृषि औजारको सरसफाइ गर्ने एक महत्त्वपूर्ण चाड, धिमाल- जातिको पितृपर्व र विश्वकर्माका पूजाको संयुक्त रूप।
54970 पार्श्व ना. शरीरको हर।
54971 पार्श्व ना. २. कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर।
54972 पार्श्व ना. ३. नजिकको ठाउँ छरछिमेक; ४. छेउ, नजिक।
54973 पार्श्व ना. ५. साज, सङ।
54974 पार्श्वगायक ना. मुख्य गायकका साथसाथै गाउने अन्य गायक।
54975 पार्श्वगायन ना. मुख्य गायकका सुरमा सुर मिलाई गरिने गायन।
54976 पार्श्वचर वि. साथमा रहने, नजिक रहने।
54977 पार्श्वचर वि. ना. २. अनुचर, नोकर।
54978 पार्श्वचित्र ना. धरातलीय स्वरूप देखाउने चित्र (ल्यान्डस्केप )।
54979 पार्श्वटिप्पणी ना. कुनै लेख वा पुस्तकको फट्केमा लेखिएको टिप्पणी।
54980 पार्श्वद्वार ना. जस्केलो।
54981 पार्श्वरक्षक सेना ना. पार्श्व अर्थात् पछिल्लो भागको रक्षा गर्ने सेना।
54982 पार्श्ववर्ती वि. नजिकमा रहने; साथै रहने, सहचर।
54983 पार्श्ववर्ती वि. २. नोकर, परिचारक।
54984 पार्श्वशीर्षक ना. कुनै पुस्तक, लेख आदिको पार्श्वमा दिइएको शीर्षक।
54985 पार्श्वस्थ वि. पार्श्ववर्ती; सहचर।
54986 पार्श्विक वि. जिभ्राको टुप्पाले वर्क्सलाई छोई जिभ्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; पार्श्विक ध्वनि।
54987 पार्षद ना. परिषद् सभा।
54988 पार्षद ना. परिषद्‌को सदस्य सभासद्।
54989 पार्षद ना. २. प्राचीनकालीन राजभवनका अनुचर, सेवक, परिचारक।
54990 पार्सल ना. हुलाक, रेल, मोटर, हवाईजहाज आदिबाट पठाइने सामानको पोको।
54991 पाल्नु स.क्रि खान-लाउन दिएर कसैलाई आफ्ना घरमा राख्नु, भरणपोषण गर्नु प्रतिपालन गर्नु।
54992 पाल्नु स.क्रि २. मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु।
54993 पाल्नु स.क्रि ३. स्याहारसम्भार गर्नु, हेरविचार गर्नु।
54994 पाल्नु स.क्रि ४. आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु, पालना गर्नु, मान्नु अनुशासनको रक्षा गर्नु।
54995 पाल्नु स.क्रि ५. सह्यार गर्नु, सुसार गर्नु।
54996 पाल्नु स.क्रि ६. रौं, नङ, रुख आदिलाई नकाटी बढ्न दिनु।
54997 पाल्नु अ.क्रि. कुनै मान्य जन आउनु, पदार्पण गर्नु।
54998 पाल्नु अ.क्रि. २. जानु ( शिष्टार्थमा); पाउ लाग्नु।
54999 पाल ना. अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा।
55000 पाल ना. २. हावाका वेगद्वारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा।