Dictionary

All Word

54851 पारपारको वि. छाँटछाँटको किसिम किसिमको।
54852 पारपारको वि. २. धेरै पहिलेको, धेरै टाढाको।
54853 पारपारको वि. (उदा.- मुटुमा भर्दथ्यो बोली अनेकौँ पारपारको। देवकोटा, सुलोचना' 1)।
54854 पारमाणविक वि. परमाणुको परमाणुसम्बन्धी।
54855 पारमाणविक भार ना. एक परमाणुको तौल।
54856 पारमाणविक भार ना. (पारमाणविक भार ऋणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो। यसमा ऋणात्मक कणको भार नगण्य हुने हुनाले धनात्मक र तटस्थ कणको संयुक्त भार मात्र पारमाणविक भारमा लिइन्छ)।
54857 पारमार्थिक वि. परमार्थसम्बन्धी ; परमार्थको।
54858 पारमार्थ्य ना. परमार्थको भाव वा गुण; परमार्थपरायणता।
54859 पारमार्थ्य ना. वि. २. ज्यादै साँचो; परम सत्य।
54860 पारमित वि. पार लागेको, पूरापूर गरिएको, पारङ्ग।
54861 पारमित वि. २. परम बिन्दुमा पुगेको।
54862 पारलौकिक वि. परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको।
54863 पारलौकिक वि. ना. २. हे. अन्त्येष्टि क्रिया।
54864 पारवहन ना. कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम, कुनै देशले एउटा देश हुँदै अर्को देशसँग गर्ने आयातनिर्या।
54865 पारवहन गोदाम ना. पारवहनका सरसामानहरू राख्ने गोदाम।
54866 पारवहन बिमा ना. सामुद्रिक बिमा।
54867 पारवहन सन्धि ना. पारवहन विषयमा दुई वा दुईभन्दा धेरै देशका मा भएको सन्धि।
54868 पारस ना. पारसमणि।
54869 पारसमणि ना. फलामलाई छुवाउँदा फलाम पनि सुन हुन्छ भनी पत्याइएको एक कल्पित मणि।
54870 पारसमणि ना. २. अति उत्तम वस्तु।
54871 पारस ना. फारस देश, इरान।
54872 पारसी ना. फारस देशका प्राचीन निवासी।
54873 पारसी ना. २. जरथुस्तको धर्मका अनुयायी, फार्सी।
54874 पारस्परिक वि. परस्परको; आपसको; आपसी।
54875 पारस्परिकता पारस्परिक हुनाको भाव वा अवस्था।
54876 पारा ना. प्रकार, किसिम, ढाँचा, छाँट।
54877 पारा ना. २. तरिका, काइदा ढग।
54878 पारा ना. जुवा खेलमा पासासँग मिल्ने एक साधन।
54879 पाराट्रुप ना. प्यारासुटबाट उत्रने सैनिक, हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति।
54880 पाराट्रुप ना. २. प्यारासुटसेना।
54881 पारायण ना. कुनै ग्रन्थको आद्योपान्त गरिने पाठ।
54882 पारायण ना. २. कुनै महत्त्वपूर्ण कार्यको समाप्ति, पूर्णता।
54883 पारायणिक वि. पारायण गर्ने, कुनै ग्रन्थको पूर्ण पाठ गर्ने।
54884 पारायणिक वि. २. पुराण आदि बाच्ने।
54885 पारायणिक वि. ना. ३. विद्यार्थी।
54886 पारावत ना. परेवा (चरो )।
54887 पारावार ना. दुवै किनारा, नदी वा सागरको वल्लो र पल्लो दुवै तट।
54888 पारावार ना. २. समुद्र सागर।
54889 पारावार ना. ३. लेखाजोखा, गणना।
54890 पाराशर ना. पराशर ऋषिका छोरा वेदव्यास।
54891 पाराशर ना. वि. २. पराशरद्वारा रचि।
54892 पाराशर ना. ३. पराशरको वंशमा जन्मिएको।
54893 पाराशर गोत्र ना. पराशर ऋषिको कुल वा वंश।
54894 पाराशर ना. शुकदेव।
54895 पारिनु क.क्रि. पर्ने तुल्याइनु।
54896 पारिनु क.क्रि. २. पार्न लगाइनु।
54897 पारि ना. पल्लो किनार, पल्लो पाटो, पार।
54898 पारि ना. क्रि.वि. २. पल्लो तटमा पल्लो छेउमा।
54899 पारि ना. ३. उता त्यतातिर।
54900 पारि ना. ४. टाढा।