Dictionary

All Word

54701 पानीमहुवा ना. पानीका छेउछाउमा हुने महुवाको एक भेद।
54702 पानीजुह ना. मच्छिन्द्रनाथका पुजारी।
54703 पानी वि. पिउन योग्य।
54704 पानी वि. २. बचाउन लायक, रक्षणीय।
54705 पानी वि. ना. ३. पानी; जल।
54706 पानीशाला ना. बटुवाहरूलाई पानी पियाउने ठाउँ, पौशाला।
54707 पानीरोटी ना. पिठाका ससाना पाङ्ग्राजस्ता डल्ला पारी उम्लेको पानीमा हालेर बेसरी पकाएको रोटी, पाङ्ग्रे रोटी।
54708 पानीलट्टे ना. चाँगेका जस्ता पात हुने, टुप्पामा लटरम्म भएर फुल्ने, दानादाना फल्ने सिमसार भूमिमा हुने एक जातको लट्टे, सिमलट्टे।
54709 पानीलहरो ना. दाखका जस्ता पात हुने, साना सेता फूल फुल्ने, आयुर्वेदमा विष, खटिरा र कुष्ठरोगको नाश गर्ने गुण बताइएको एक जातको लहरो, अमृसवा।
54710 पानीलँडे ना. सिमसार वा पोखरीमा हुने एक जातको लँडे साग।
54711 पानी शिरीष ना. बाटुला साना पात, मसिना सेता फूल र लाम्चा कोसा हुने, पानीका पहराका चिस्यानमा उम्रने एक जातको भार।
54712 पानीसरो ना. . पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रङका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी, त्यसैको फल।
54713 पानीसरो ना. २. आयुर्वेदमा चर्मसम्बन्धी रोग र कुष्ठरोगलाई निको गर्ने बताइएको र श्रावण सङ्क्रान्तिका दिन लुतो फाल्न कण्डारकको पूजा गर्दा कुकुरडाइनाको लहराका साथ चढाइने त्यसको फूल।
54714 पानीसरो ना. 3. शरीरमा जिलजिलाउँदा उठ्ने एक प्रकारको खटिरो; सात प्रकारका माई रोगमध्ये एक।
54715 पानीसर्प / पानीसाँप ना. प्रायः पानीमा रहने एक जातको सर्प, नाग, ढोडिया।
54716 पानीसाज ना. हलुको काठ हुने, पानीका छेउछाउमा पाइने एक जातको साज।
54717 पानीसिँवाली ना. पानीका किनारमा रहेका ढुङ्गाका छेउछाउमा उम्रने, आयुर्वेदमा अति ठन्डा र गर्मीबाट आएका खटिरा निको पार्ने गुण बताइएको एक जातको झ्याउ।
54718 पानीसिँगडा ना. पानीमा उम्रने ठुलठुला हरिया पात हुने, करबीरका दानाजस्ता र सिङ्गडाका आकारमा कलेजी रङका फल हुने र जरामा फल्ने एक जातको फल, पानीफल।
54719 पानीसिस्नु ना. हिर्काएर सास्ती वा दण्ड निम्ति प्रयोग गरिने, पानीमा भिजाइएको सिस्नु।
54720 पानीसिस्नु ना. २. त्यसरी पानीमा सिस्नु भिजाई हिर्काएर दिइने दण्डको एक प्रकार।
54721 पानीहटक / पानी हल्ट ना. पानीबाट हटाउने काम, पानी नचल्ने बनाउने काम।
54722 पानीहटक / पानी हल्ट ना. वि. २. पानीबाट हटाइएको।
54723 पानीहाँस ना. विशेष गरेर पानीमै बस्ने र राम्ररी उड्न सक्ने एक जङ्गली जातको हाँस, जलहंस।
54724 पानीहात्ती ना. पानीभित्र रहने झन्डै गैँडाका आकारको एक स्तनपायी चौपाया, जलहस्ती, पानीघोडा।
54725 पाने वि. पानीवाला, पानीसम्बन्धी ; पानीको।
54726 पाने वि. ( शब्दका पछाडि गाँसिएर समस्त शब्द निर्माण गर्दा प्रयोगमा आउने, जस्तै- तीनपाने, निपाने, चिसापाने इ.)।
54727 पानोत्सव ना. मदिरा पानको उत्सव (ककटेल पार्टी)।
54728 पान्थ ना. पथिक; बटोही; बटुवा (पेसेन्जर )।
54729 पान्थ ना. २. परदेशी, प्रवासी।
54730 पान्थ निवास ना. यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर, पाटी; धर्मशाला, अतियिशाला, पाहुनाघर।
54731 पान्यशाला ना. धर्मशाला।
54732 पाप ना. धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक - परलोक दुवैमा अशुभ फल दिने कार्य, कुकर्म, पातक।
54733 पाप ना. २. कुकृत्यको फल, कुकर्मको परिणाम।
54734 पाप ना. 3. अपराध, कसुर, दोष।
54735 पाप ना. ४. मनमा उत्पन्न खराब निय।
54736 पाप ना. ५. झन्झट भयाउलो।
54737 पाप ना. ६. हिंसा, आघा।
54738 पाप ना. ७. अरूलाई पुऱ्याइने हानि।
54739 पाप ना. ८. चारित्रिक वा नैतिक पतन हुने आचरण।
54740 पापकर वि. पाप गर्ने, पातकी।
54741 पापकर्म ना. पाप लाग्ने काम; दुष्कर्म।
54742 पापकर्म ना. पाप लाग्ने काम; दुष्कर्म।
54743 पापकर्मी वि. पाप गर्ने, पापी।
54744 पापग्रह ना. ज्योतिषशास्त्रअनुसार शनि, मङ्गल, राहु, केतु, सूर्य र तिनका साथमा रहेको बुध, अशुभ ग्रह।
54745 पापचेता वि. मनमा अर्काको कुभलो चिताउने, दुरात्मा दुष्ट।
54746 पापड ना. रहर, मुगी आदिको छाँटा पिंधेर मसिनो पिठो (बेसन) बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने पातलो पाप्रो आकारको खाद्य पदार्।
54747 पापडी ना. पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी, सनपापडी।
54748 पापडी ना. २. एक प्रकारको बुटीविशेष।
54749 पापदृष्टि ना. अरूको कुभलो हुने गरी हेरिएको हेराइ, दृष्टि।
54750 पापदृष्टि ना. २. खराब निय।