Dictionary

All Word

54601 पान ना. पिउने काम, पन्यालो पदार्थ वा धुवाँ निल्ने काम २. पिइने पदार्थ, पेय पदार्।
54602 पान ना. ३. चुम्बन, म्वाइँ।
54603 पान ना. [ पञ्च] ना. / वि. ४. पाँच' शब्दको अपभ्रंश रूप ॥ [सं. पानीय > पानी] ५ समास भएका केही शब्दको आरम्भमा देखिने 'पानी' - को सङ्क्षिप्त रूप (जस्तै- पानढिकी, पानडोको इ.) [सं. पर्ण ( = पात) ] ६. पिपल का पातका आकारका पात हुने एक प्रसिद्ध लहरो ताम्बुली, खयर, चुन आदि हालेर खाइने, आयुर्वेदमा रक्तवर्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक गुण बताइएको त्यसैको पा।
54604 पान ना. ७. खयर, चुन, सुपारी आदि हाली बनाइएको सोही पातको खिली।
54605 पान ना. ८. पानकै पातका आकारका राता फुट्टी हुने तासका चक्कीको एक प्रकार।
54606 पानगोष्ठिका / गोष्ठी ना. चिया वा रक्सी आदिका साथ चमेना गर्न भेला भएको समूह।
54607 पानडोको ना. पानी बोक्ने वा पानीको गाग्रो हालेर बोक्ने सानो खालको डोको।
54608 पानढिकी ना. पानीको कुलाबाट वा पानीका वेगबाट चलाइने ढिकी।
54609 पानढिकी ना. २. त्यस्ता यन्त्रले एक टक मारेको मोहर।
54610 पानमोहर ना. पानीका वेगबाट चल्ने यन्त्रले टक मारेको सिक्का।
54611 पानदश ना. पाँच, दश पन्ध्र, बिस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल।
54612 पानदश ना. (उदा.- पान्दस् जम्मा दण्डको चार खेल, व्यर्थे खेल्थ्यों झल्ल भो आज बल्ल )।
54613 पानदान / दानी ना. पान र त्यसका मसलाहरू हाल्ने भाँडो।
54614 पान दुई ना. एक पासामा पन्जा र शेष दुई पासामा पोट परी जम्मा सात फुट्टी हुने पासाको दाउ।
54615 पानपाते ना. पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी।
54616 पानपाते ना. वि. २. पानका पातका आकारको, पानको पातजस्तो।
54617 पानपात्र ना. जाँड, रक्सी आदि मादक पेय पदार्थ पिउने भाँडो; चषक।
54618 पानफूल ना. सानोतिनो कोसेली; अल्प उपहार, श्रद्धासहितको सानो नजराना।
54619 पानफूल ना. २. पारिश्रमिक ( शिष्टार्थमा)।
54620 पानफूल ना. ३. घुस ( कूटार्थमा )।
54621 पानबट्टा ना. पान र त्यसका मरमसला हाल्ने भाँडो।
54622 पानबुट्टा ना. पानका पातका आकारका बुट्टा।
54623 पानबुट्टे वि. पानका पातका आकारको बुट्टा भएको, पानपाते बुट्टा भएको।
54624 पानभूमि ना. पियक्कडहरूको जमात, जाँडरक्सी पिउनेहरूको समूह, रक्स्याहा मण्डली।
54625 पानरत वि. जाँडरक्सी आदि मादक पदार्थ पिउने आदत बसेको, जँड्याहा, रक्स्याहा।
54626 पानस ना. ठडौराको सिरानमा जडिएको दियोमा तेलआदि हालेर बालिने बत्ती, फानुस, साधारण कोटिको सुकुन्डो।
54627 पानसुपारी ना. मेजमान वा अतिथि आदिको सम्मानका निम्ति खुवाइने वा दिइने पान र सुपारी।
54628 पाना ना. पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना।
54629 पाना ना. २. फूलका थुंगाको पत्र।
54630 पाना ना. एक बालीसम्म जोत्न भनी कसैबाट गोरु लिएबापत गोरुधनीलाई दिइने अन्नको दस्तुर।
54631 पानाकर ना. रुपियाँ-पैसाका आधारमा लिच्छविकालमा लगाइएको एक प्रकारको कर।
54632 पानी- ना. नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बालीनाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ, जल, नीर।
54633 पानी- ना. २. झोल, रस।
54634 पानी- ना. ३. जिभ्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ, आँसु।
54635 पानी- ना. ४. झरी, वर्षा, वृष्टि।
54636 पानी- ना. ५. तेज, कान्ति।
54637 पानी- ना. ६. टलक, चमक, पाइन।
54638 पानी- ना. ७. मान प्रतिष्ठा।
54639 पानी- ना. ८. पुरुषार्थ, वीरता।
54640 पानी- ना. C. अभिमान, ताइँ, घमन्ड।
54641 पानी- ना. १० वर्ष, साल (जस्तो- दुई पानी खाएको रुख )।
54642 पानी- ना. ११. जलवायु।
54643 पानी अड्डा ना. खाने पानीको व्यवस्था मिलाउने सरकारी अड्डा।
54644 पानीअमला ना. उनिउँका पातजस्ता लामालामा पात हुने जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार।
54645 पानीअमला ना. २. त्यसैको फल, भुइँअमला।
54646 पानीअमला ना. (आयुर्वेदमा यसको गुण ठा र धातु रोगका निम्ति उपयोगी बताइएको छ। )।
54647 पानीआन्द्रे वि. डरछेरुवा, कातर।
54648 पानीआन्द्रो ना. पिएको पानी भित्र जाने आन्द्रो।
54649 पानीओद ना. पानीमा हिँड्ने बिरालोजस्तो प्राणी, पानीबिरालो, ओद।
54650 पानीकर ना. ट्याङ्कीमा जम्मा गरी पाइपबाट वितरण गरिएको पानीको उपयोग गरेबापत सम्बन्धित संस्थान वा सरकारलाई दिइने दस्तुर वा रकम।