Dictionary

All Word

55201 पासो ना. बन्चरो, कोदालो आदिको बिंड घुसार्ने भाग।
55202 पासो ना. गाईबस्तुका दायाँ र बायाँतिरका दुई थुनको समूह, फाँचाको दायाँ वा बायाँ भाग।
55203 पासो ना. पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी, पाश, जाल।
55204 पासो ना. २. बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप।
55205 पासो ना. ३. अल्झो; झन्झट।
55206 पासो ना. ४. आत्महत्या गर्नेले झुन्डिने।
55207 पास्नी ना. बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार, अन्नप्राशन।
55208 पाहाँचरे ना. काठमाडौं जिल्लाका नेवारहरूले घोडेजात्राका दिन मनाउने पाहुनाचाड।
55209 पाहा ना. ठुलो जातको पानीभ्यागुतो, ब्याङ।
55210 पाहा ना. वि. २. पाहा जस्तै गरेर सुत्ने, सुताहा, सुतुवा।
55211 पाहा ना. ३. राम्रो हिँड्न नसक्ने, घसिए झैं गरेर हिँड्ने।
55212 पाहा ना. ४. फुर्ती नभएको, जुम्सो।
55213 पाहार ना. पहार।
55214 पाहारिलो वि. पहारिलो घमाइलो।
55215 पाहि वि.बो. आफ्नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द गुहार।
55216 पाहिक / पाही वि. पादय, फा. पायग] पायक, पाइक।
55217 पाहुना ना. अतिथि; पाहुनु।
55218 पाहुना घर ना. पाहुनाहरूलाई बस्न बनाइएको घर, अतिथिनिवास।
55219 पाहुनाचाड पर्व ना. पाहाँचरे।
55220 पाहुनापाछा ना. पाहुना र पाहुनासमानका मानिसहरूको समूह।
55221 पाहुनु / पाहुनो ना. घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति, अतिथि, अभ्याग।
55222 पाहु ना. कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात ; नजराना, पाउर।
55223 पाहुर ना. हे. पागुर, उग्राइ।
55224 पिंजडा / पिंजरा ना. चराचुरुङ्गी आदिलाई थुनेर पाल्नाका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर।
55225 पिँडालु ना. उत्तानु परेका ठुला, नरम पात हुने, जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति, कर्कला वा त्यसको जराको गानु, कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु, उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष।
55226 पिँडाल्ने ना. सिमसारमा हुने, लामा डाँठ तथा ठुलठुला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी; त्यसैका फेदमा हुने कोक्याउने कन्दविशेष।
55227 पिंडी ना. पेटी; पिंढी।
55228 पिंडी ना. २. डोरीले बनेको खाट, डोको खाट, चारपाई, पिँडी वा पेटीमा ओछ्‌याइने खाट।
55229 पिंडी साँढे ना. आफ्नो गाउँ वा घरमा मात्रै फुर्तीफार्ती गर्ने तर बाहिर गएपछि लुरुक्क पर्ने व्यक्ति, घरसाँढा।
55230 पिंडुली ना. पिँडुलोको सानो रूप।
55231 पिंडुली ना. ( कविता, गीत र लोकगीतमा प्रयोग )।
55232 पिंडु वि. ठुलठुला मोटा पिँडुला हुने।
55233 पिँडुलो ना. कुर्कुच्चो र घुँडीखोप्रीका बिचको भुक्क उठेको अवयव, घुँडा र नलीखुट्टाबिचको कसिलो मासु भएको छेपारी।
55234 पिंडे वि. ठुलठुला पिंडा वा फिला हुने (खसी, भेडा आदि)।
55235 पिंडो ना. गाई-गोरुलाई खुवाउन पिठो र सखर मिलाई डल्लो पारिएको दाना, पिठो र सखर मिलाई डल्लो।
55236 पिँडौला / पिँडौलो ना. घुँडादेखि मुनि नलीखुट्टाको पछिल्तिर भुक्क उठेको मांसल भाग; पिंडुलो।
55237 पिंढिया ना. धानको दाइँ गरेपछि मनाइने उत्सव, थारु जातिको भूमे पूजा र त्यससम्बन्धी उत्सव।
55238 पिंढी ना. बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग, दलान, पिंडी।
55239 पिंढी ना. २. बाबु, बाजे बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम, वंशपरम्परा, पुस्ता ( जस्तो सातौँ पिँढी, आठौं पिंढी आदि)।
55240 पिंढी ना. ३. उमेर अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमा।
55241 पिंढी ना. (उदा.- बाल पिँढी, युवा पिंढी, नयाँ पिँढी, भोको पिंढी आदि)।
55242 पिंढी साँढे ना. आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति, आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिंडीसाँढे।
55243 पिंदन स.क्रि. चूर्ण पार्नु, धुलो पार्नु, पिन्नु, पिँध्नु।
55244 पिंदाइ ना. पिँधाइ।
55245 पिंदाइनु क.क्रि. पिँधाइनु।
55246 पिँदाउनु प्रे.क्रि. पिंधाउनु।
55247 पिंदिनु क.क्रि. पिंधिनु।
55248 पिँध्नु स.क्रि. घट्ट, जाँतो वा त्यस्तै प्रकारका यान्त्रिक उपकरणका सहायताले अन्न आदिलाई पिठो पार्नु, खल, सिलौटो आदिमा राखेर नुन, मसला आदि मसिनो पार्नु, चूर्ण पार्नु, पिन्नु, पिस्नु।
55249 पिँध्नु स.क्रि. २. अर्कालाई थिचोमिचो गर्नु, लेथ्नो पार्नु, दमन गर्नु, हेतु।
55250 पिंध ना. कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग पुछार, पिंध।