Dictionary

All Word

55351 पिट्नु स.क्रि. मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु, चुट्नु, ठटाउनु।
55352 पिट्नु स.क्रि. २ जित्नु।
55353 पिट्नु स.क्रि. ३. भ्याली आदि बजाउनु।
55354 पिट्नु स.क्रि. ४. हल्ला मचाउनु।
55355 पिट्नु स.क्रि. ५. खुबसँग काम गर्नु, दन्काउनु।
55356 पिट ना. पेटारो।
55357 पिट ना. २. सन्दुक।
55358 पिटक ना. पेटारो।
55359 पिटक ना. २. बौद्ध ग्रन्थका वाङ्मयमध्ये एक।
55360 पिटक ना. ३. ग्रन्थको कुनै भाग।
55361 पिटक ना. ४. पिड्को, खटिरो।
55362 पिटपाट ना. पिट्ने किसिम, क्रिया वा भाव, पाटपिट, ठोकठाक मारमुङ्ग्री।
55363 पिटपाटे वि. पिटपाट पार्ने, पाट्टपिट गर्ने खालको।
55364 पिटल्जा ना. लिच्छविकालीन अधिकरण वा केन्द्रीय अड्डाअदालतमध्ये एक।
55365 पिटाइ ना. पिट्ने क्रिया वा प्रक्रिया।
55366 पिटाइनु क.क्रि. पिट्न लाइन पिटिने पारिनु।
55367 पिटाउनु प्रे. क्रि. पिटिने पार्नु, पिट्न लाउनु।
55368 पिटापिट ना. एक-अर्कामा उसले उसलाई उसले उसलाई पिट्ने काम परस्परको पिटाइ।
55369 पिटिक्क क्रि.वि. सानोतिनो वस्तु भाँच्ने वा भाँचिने किसिमले पिट्ट।
55370 पिटिक्क क्रि.वि. २. त्यस्तो वस्तु भाँच्दा वा भाँचिदाको * शब्द निकालेर।
55371 पिटिक्क क्रि.वि. ना ३. त्यसरी भाँच्दा वा भाँचिदाको आवाज।
55372 पिटिक्किनु अ.क्रि. पिटिक्क हुनु, पिटिक्क भाँचिनु।
55373 पिटिक्क्याइ- ना. पिटिक्क ध्वनि निकाल्ने क्रिया वा प्रक्रिया।
55374 पिटिक्क्याहट ना. पिटिक्याइ।
55375 पिटीपाटी क्रि.वि. पिटपाट पारेर, चुटचाट पारेर पिटेर।
55376 पिटीपिटी वि. बारम्बार पिट्ट - पिट्ट भाँचिने गरी।
55377 पिटुवा वि. घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि)।
55378 पिटुवा वि. ना. २. त्यसरी पिटेर बनाइएको धातुको भाँडो।
55379 पिट्को ना. हे. पिको।
55380 पिट्ट क्रि.वि. सिटासिटी आदि भाँचिने वा भाँचिएर शब्द आउने गरी।
55381 पिट्ट क्रि.वि. सात पिटिटिटि।
55382 पिट्टा ना. पिट्ने काम पिटाइ थप्पड।
55383 पिट्टा ना. २. टिप्पा, टिपाइ उछिनाइ।
55384 पिट् ठु वि. हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी, पिछलग्गु पुच्छर, चम्चा।
55385 पिट् ठु वि. ना. २. विचार नगरीकन हाहामा कसैको पछि लाग्ने व्यक्ति; पृष्ठपोषक व्यक्ति।
55386 पिट्ठू वि. हे. पिठु।
55387 पिठाउली ना. मसिनामसिना लाम्चा किसिमका पात हुने अमिलोमा गुलियो मिसिएका फल फल्ने सानो एक बोट, सतीबयर।
55388 पिठाउली ना. २. नासपाती, स्याउ आदिको खुब पाकेको गुदी।
55389 पिठिउँ ना. शरीरका पछाडिको भाग, पीठ, पृष्ठभाग, आङ, पिठ्यूँ, पिन्डो।
55390 पिठिउँपरि क्रि.वि. पछिल्तिर कन्डापरि।
55391 पिठिम ना. डँडाल्नु, पिठिउँ।
55392 पिठिया ना. तराईका गाउँमा हप्तामा निश्चित दिनमा निश्चित ठाउँमा लाग्ने अस्थायी बजार, हाट; हटिया।
55393 पिठो ना. जाँतो, घट्ट, कल आदिमा पिँधिएको अनाजहरूको चूर्ण, पिठो।
55394 पिठो ना. २. धुलो चूर्ण।
55395 पिठौली ना. पिठाउली; सतीबयर।
55396 पिठ्यूँ ना. हे. पिठिउँ।
55397 पिठ्यू ना. हे. पिठिउँ।
55398 पिडा ना. जङ्गली भैंसीको पाडो, अर्नाको बच्चो।
55399 पिडार ना. लाम्चा पात, सेता फूल र पहेँला फल फल्ने, भाँच्दा सेतो दुध निस्कने एक जातको वृक्ष वा त्यसैको फल।
55400 पिड्को ना. सानोतिनो खटिरो वा पिलो, पिप्सो, पिउसो।