Dictionary

All Word

55401 पिढिया ना. गोरु वा राँगाले हाँक्ने गाडामा बैलवान बस्ने ठाउँतिरको च्याप्टो काठ; पिडिया।
55402 पिण्ड ना. सानो वा ठुलो कुनै खँदिलो डल्लो, गोलाकार कुनै वस्तु, बाटुलो पदार्।
55403 पिण्ड ना. २. श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो, पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो।
55404 पिण्ड ना. ३. मन नपरीकन कसैलाई दिएको खानेकुरा।
55405 पिण्ड ना. ४. शरीर, देह।
55406 पिण्ड ना. ५. गाँस।
55407 पिण्ड ना. ६. अर्काले दिएको खानेकुरा (तुच्छार्थमा)।
55408 पिण्डक ना. कुत (ऐति )।
55409 पिण्डक ना. २. जमिन नाप्ने अड्डा।
55410 पिण्डकन्द ना. पिंडालु।
55411 पिण्डकर ना. प्राचीन कालमा ग्रामवासीहरूमाथि लगाइएको एक प्रकारको भूमिकर।
55412 पिण्ड खजुरिका ना. सानो जातको डल्ले फल फल्ने खजुर, थाकल।
55413 पिण्ड खाने ना. ज्यादै बुढो।
55414 पिण्ड खाने ना. २. दुर्घटनाको सम्भावनालाई उपेक्षा गरी हिँड्ने वा काम गर्ने।
55415 पिण्डज ना. गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तु जरायुज।
55416 पिण्डज ना. वि. २. त्यस प्रकार जन्मेको ( मान्छे, पशु इ.)।
55417 पिण्डद वि. पितृलाई पिण्ड - पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने।
55418 पिण्डद वि. २. खान-लाउन दिएर पाल्ने।
55419 पिण्डद वि. ना ३. पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति।
55420 पिण्डद वि. ४. छोरो।
55421 पिण्डद वि. ५. सन्तान।
55422 पिण्डदान ना. पितृहरूका उद्देश्यले पिण्ड दिने काम श्राद्धमा पितृहरूका नाममा पिण्ड चढाउने काम।
55423 पिण्डपानी ना. पितृहरूका नाममा चढाइने पिण्ड र जल, श्राद्धमा गरिने पिण्डदान र तर्पण।
55424 पिण्डमुछौनी ना. बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउन लागि दुध दुहुन प्रयोग गरिने गाई।
55425 पिण्डमुछौनी ना. २. पिण्ड बटार्ने कार्य।
55426 पिण्डयज्ञ ना. पितृहरूका निम्ति गरिने यज्ञ, पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य, सराद, पितृकार्य।
55427 पिण्डराशि ना. किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम एकमुस्ट रकम डक्क रकम।
55428 पिण्डलोप ना. पिण्डदाताहरूमध्ये छोरा वा छोरीतर्फका कोही जीवित नहुनाले पितृको श्राद्ध रोकिने र पिण्डपानी नपाउने स्थिति; पिण्ड दिने काममा अवरोध।
55429 पिण्डलोप ना. २. अपुताली।
55430 पिण्डलोप ना. ३. वंशलोप।
55431 पिण्डसर्जाम ना. ढिकुरामा मृतकको प्रेतकर्म गर्दा दिइने पिण्डको सामग्री।
55432 पिण्डस्थाने पिण्ड ना. पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति।
55433 पिण्डस्थाने पिण्ड ना. २. जस्तो पहिले थियो त्यस्तै हुने प्रक्रिया, कुनै व्यक्ति वा वस्तुमध्ये पहिले जो जहाँ थियो त्यहीं रहने स्थिति; यथास्थिति।
55434 पिण्डी ना. गोलाकारको सानो वस्तु कुनै वस्तुको सानो डल्लो।
55435 पिण्डी ना. २. सानो पिण्ड।
55436 पिण्डे वि. पिण्डाकारको डल्लो आकारको पिण्डजस्तो।
55437 पिण्डे वि. २. पिण्डको पिण्डसम्बन्धी, सपिण्डी।
55438 पिण्डे वि. ३. कहिले निको नहुने (रोग वा रोगी)।
55439 पिण्डेबिदा ना. श्राद्ध गर्नका निम्ति पाइने बिदा।
55440 पिण्डेभाइ ना. जुठो सूतक लाग्ने र मर्दा पिण्ड - तर्पण दिनुपर्ने नजिकको दाजुभाइ, सपिण्डी दाजुभाइ।
55441 पिण्डेरोग ना. कहिल्यै निको नहुने रोग, क्रनिक रोग।
55442 पिण्डेरोगी वि. सधैँ रोग लागिरहने, कहिल्यै रोगले नछोड्ने, सधैँको रोगी, दीर्घरोगी।
55443 पिण्डोपजीवी वि. अर्काले दिएको अन्नका भरमा बाँचेको, परान्नजीवी, भतुवा।
55444 पितपित क्रि.वि. गिलो पदार्थ थिचिएर वा निचोरिएर बारबार अलिकति बाहिर निस्कने गरी पिचपिच।
55445 पितपित क्रि.वि. ना. २. त्यस्तो पदार्थ बाहिर निस्कँदाको चाल वा ध्वनि।
55446 पितपिताइ ना. पितपिताउने क्रिया वा प्रक्रिया।
55447 पितपिताइनु अ.क्रि पितपिताउने होइन।
55448 पितपिताउनु अ.क्रि पितपित चाल वा ध्वनि उत्पन्न हुनु।
55449 पितपिताहट ना. पितपिताइ।
55450 पितपिते वि. पितपित गर्ने।