Dictionary

All Word

55451 पितर ना. पितृ देउपितर।
55452 पितल ना. हे. पित्तल।
55453 पितले वि. हे. पित्तले।
55454 पिता ना. आफूलाई जन्माउने व्यक्ति, जन्मदाता, बाबु जनक।
55455 पिताजी / ज्यू ना. बुबा (आदरार्थी एवं औपचारिक प्रयोग )।
55456 पिताम ना. कुनै काम गर्ने वा कसैलाई जित्ने शक्ति, तागत, प्रताप।
55457 पितामह ना. आफ्ना बाबुको बाबु बाजे, हजुरबा।
55458 पितामही ना. आफ्ना बाबुकी आमा बज्यै, हजुरआमा, हजुरबाकी पत्नी।
55459 पितिकपितिक क्रि.वि. पितपित, पितिति, पितितिति।
55460 पितिक्क वि. अलिकति थोरै (घिउ, अचार, दही, गुह, गोबर आदि जस्ता लेदो पदार्थका सन्दर्भमा)।
55461 पितिक्क वि. क्रि.वि. २. लेदो पदार्थ थोरै मात्रामा दिने वा झार्ने गरी।
55462 पितित्त क्रि.वि. पिचिच्च, पितिति, पितपि।
55463 पितृ ना. मरेका बाबुबाजेहरू, दिवङ्गत भएका आफ्ना पुर्खा।
55464 पितृ ना. २. प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज।
55465 पितृ ना. ३. सनातनी विश्वासअनुसार पितृलोकको निवासी।
55466 पितृ ऋण ना. धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण, पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ऋण।
55467 पितृकर्म / कार्य ना. पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि कर्म।
55468 पितृकुल ना. आफ्ना बाबुको वंश, बाबुतर्फका बन्धुबान्धव।
55469 पितृकुल ना. २. माइतीकुल माइतीखलक।
55470 पितृकृत्य/क्रिया ना. पितृकर्म।
55471 पितृगण ना. पितृहरूको समूह।
55472 पितृगण ना. २. मरीचि मुनिका अग्निष्वात्त सोमपा आदि छोराहरू।
55473 पितृगृह ना. छोरीचेलीका लागि पितृगृह, माइतीघर, माइती, बाबुको घर।
55474 पितृघात ना. पितृहत्या।
55475 पितृघातक / घाती वि. बाबुलाई मार्ने, पितृहत्या गर्ने।
55476 पितृघातक / घाती वि. २. बाबुको अनिष्ट गर्ने, बाबुको कुभलो गर्ने।
55477 पितृघातक / घाती वि. ना. ३. त्यस प्रकारको कुभलो वाहत्या गर्ने व्यक्ति।
55478 पितृतन्त्र ना. बाबु वा घरको बुढोपाको व्यक्तिका अनुशासनमा परिवार वा जातिका सदस्यहरूले बस्नुपर्ने मानव समाजको पुरानो शासनव्यवस्था, थकालीतन्त्र (हाम्रो तराई र भित्री मधेसमा बस्ने थारूहरूमा यस्तो चलन अझै कताकतै पाइन्छ)।
55479 पितृतन्त्र ना. २ पितृसत्ता।
55480 पितृतर्पण ना. पितृहरूका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जलि, पितृहरूका निमित्त दिइने तर्पण।
55481 पितृतिथि ना. बाबुको मृत्यु भएको तिथि, बाबु मरेको दिन।
55482 पितृतिथि ना. २. मरेका बाबुको वार्षिक श्राद्ध गर्ने तिथि।
55483 पितृतिथि ना. ३. अमावस्या।
55484 पितृतीर्थ ना. हिन्दुहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्।
55485 पितृतीर्थ ना. २. चोर औँला र बुढी औंलाका बिचको हत्केलाको छेउ भाग।
55486 पितृत्व ना. . पिता हुनाको भाव।
55487 पितृत्व ना. २ पिताका नाताले पूरा गर्नुपर्ने दायित्व।
55488 पितृदान ना. श्राद्धका दिन अथवा औंसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान।
55489 पितृदाय ना. पिताबाट छोराहरूले पाएको सम्पत्ति, पैत्रिक सम्पत्ति, अंश।
55490 पितृदेव ना. पितालाई देवताका रूपमा मान्ने व्यक्ति, पितालाई देवता सम्झने व्यक्ति।
55491 पितृदेव ना. २. पिताज्यू।
55492 पितृपक्ष ना. पितृहरूका उद्देश्यले श्राद्ध गरिने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका जम्मा सोह्र दिन, सोह्रश्राद्ध, सोहसराद।
55493 पितृभक्त वि. बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने, बाबुको भक्।
55494 पितृभक्ति ना. बाबुको सेवाशुश्रूषा।
55495 पितृभक्ति ना. २. बाबुको आज्ञापालन।
55496 पितृभक्ति ना. ३. बाबुप्रतिको भक्ति वा कर्तव्यपरायणता।
55497 पितृभाग ना. भोजनका बेलामा वा अन्य विशेष तिथिपर्वमा पितृहरूका निम्ति छुट्ट्याइने पक्वान्न, नैवेद्य आदि, पितृको भागस्वरूप छुट्याइने पक्वान्न।
55498 पितृभोजन ना. पितृलाई चढाएको प्रसाद।
55499 पितृभोजन ना. २. मास वा मासको फुरौला।
55500 पितृभोजन ना. ३. गैँडाको मासु।