Dictionary

All Word

55601 पिपिरी ना. २ बजाउँदा मुखभित्र पसाइने सनईको भाग।
55602 पिपिरी ना. ३. पहाडमा पाइने र पात बटारेर खेल्ने बाजा बनाउन प्रयोगमा आउने एक जङ्गली बोट।
55603 पिपिरी पीं वि.बो. पिपिरी बजाउँदा निस्कने स्वरको अनुकरण।
55604 पिपिरी पीं वि.बो. ना. २. उक्त आवाज।
55605 पिपिरीबाजा ना. पिपिरी; सिठी।
55606 पिपिरो ना. आँकुरो, पिउलो।
55607 पिपिरो ना. २. सनई बाजा आदिको फुक्दा बज्ने टुप्पो पिपिरी।
55608 पिप ना. केटाकेटीले फुकेर बजाउने बाजा, पिपिरी।
55609 पिपीलिका ना. कमिलो।
55610 पिपृच्छा ना. प्रश्न गर्ने इच्छा, सोध्ने चाहना।
55611 पिप्पल ना. पिपल।
55612 पिप्पलपाते ना. हे. पिपल पाते।
55613 पिप्पली ना. पिप्ला।
55614 पिप्पलीमूल ना. पिप्लाको जरो, पिप्लाको मूल।
55615 पिप्ला ना. पानका जस्ता पात, पिरो स्वाद र किम्बुका जस्ता फल हुने एक जातको लहरो, जङ्गली पान।
55616 पिप्ला ना. २. त्यसैको फल, पिप्पली।
55617 पिप्लामूल ना. पिप्पलीमूल।
55618 पिप्ली ना. पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात, पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो बाहिरी भागमा धर्सा परेको जरा हुने, आयुर्वेदमा सो जरा पौष्टिक र कफनाशक मानिएको लहरोविशेष, पिप्लाको लहरो।
55619 पिप्ली ना. २. खाक्सी जस्तै पात हुने र दारका जस्तै दाना हुने, बस्तुले घाँस खाने र ठेकी कुँद्न हुने रुखविशेष; खसेटो।
55620 पिप्सिङ ना. सासद्वारा दुध, सर्बत आ पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप।
55621 पिप्सो ना. पिउसो (भुसुनो)।
55622 पिप्सो ना. [ सं . पूय+सो ] २. पिउसो ( खटिरो)।
55623 पियक्कड वि. रक्सी पिउने लत भएको, धेरै रक्सी पिउने।
55624 पियक्कड वि. २. धेरै पिउने।
55625 पियाइ ना. पिउने क्रिया वा प्रक्रिया; पान।
55626 पियाइ ना. २. दुहुने बेलामा गाई-भैंसीलाई कुँडो आदि पियाउने क्रिया वा प्रक्रिया।
55627 पियाइनु क.क्रि. पिउने तुल्याइनु, पिउन लाइनु।
55628 पियाइनु क.क्रि. अ.क्रि. २. गाईबस्तु आदि पियाउने होइन।
55629 पियाउनी ना. पिउने बेलामा बस्तुको थुनमा दल्ने चिल्लो।
55630 पियाउनु स.क्रि. चुक्ली लाउनु, छुस्याइँ गर्नु।
55631 पियाउनु स.क्रि. अ.क्रि. २. बाछाबाछी वा पाडापाडीलाई दुध दिने अवस्थामा (गाईभैंसी आदि) हुनु।
55632 पियाउनु स.क्रि. प्रे. क्रि. ३. पिउने पार्नु, पिउन लाउनु।
55633 पियान ना. गाईभैंसीका बाछापाडाले माउको दुध खाने काम।
55634 पियानो ना. हार्मोनियमजस्तो एक प्रकारको पाश्चात्य बाजा।
55635 पियार ना. प्रेम प्यार, माया, प्रीति।
55636 पियारा ना. प्राणप्रिय, प्रेमी, प्रियतम, माया, मायालु।
55637 पिया वि. प्यारी।
55638 पिया वि. ना. २. प्रेमिका, प्रियतमा, माया, मायालु।
55639 पियारो वि. प्यारो, मायालु, प्रिय।
55640 पियारो वि. २. मनपर्दो, रोचक, रुचिपूर्ण।
55641 पियारो वि. ३. आकर्षक।
55642 पियारो वि. ना. ४. मायालु, प्रियतम, पियारा।
55643 पियाल ना. चौडा र हरिया पात हुने, ससाना झुप्पादार फूल फुल्ने, राता वा राताकाला फल फल्ने बदामका स्वादको एक प्रकारको खाने मसलाको निकै अग्लो बोट, चिरौंजी।
55644 पियाल ना. २. त्यसैको फल (आयुर्वेदमा यसको तेललाई चर्मरोग निको पार्ने भनिएको छ। )।
55645 पियालो ना. लुकीछिपी हिँड्ने बाटो, बेचल्ती वा कम चल्तीको बाटो, चोरबाटो।
55646 पियालो ना. २. सोरी कतै जाने बाटो सोझेटो।
55647 पिर्नु स.क्रि. नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु, दुःख दिनु।
55648 पिर्नु स.क्रि. २. नचाहिंदो वा दिक्कलाग्दो कुरा बारबार गरिरहनु, कचकच गर्नु, टोकस्तु।
55649 पिर्नु स.क्रि. ३. भूतप्रेत आदिका कारणले गर्दा कुनै घर-जग्गा आदि नफाप्नु पिरपिराउ हुनु।
55650 पिर ना. डन्डीबियोका खेल खेल्दै जाँदा अवस्थानुसार भनिने सातको सङ्ख्या; सिट्ठो।