Dictionary

All Word

55651 पिर ना. सल्लाको पात; पिरल; पिरौल, सल्लेपिर, सल्लेबिर।
55652 पिर ना. पुजारी।
55653 पिर ना. २. साधुसमाज वा मठका अधिष्ठाता, मठाधीश, महन्त (खास गरी गोरखपन्थमा )।
55654 पिर ना. ३. मुसलमानहरूकासिद्ध महात्मा मुसलमानहरूका धर्मगुरु।
55655 पिर४ ना. कुनै हानिनोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता।
55656 पिर४ ना. २. डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर।
55657 पिरपिर क्रि.वि. लुगा आदि अलिअलि गरेर च्यातिँदाको झैँ ध्वनि उत्पन्न गरेर।
55658 पिरपिर क्रि.वि. २. पिरो स्वाद उत्पन्न गरी।
55659 पिरपिर क्रि.वि. वि. ३. त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे।
55660 पिरपिर क्रि.वि. ४. पिरपिर च्यातिने; कमजोर।
55661 पिरपिर क्रि.वि. ना ५ त्यस्तो ध्वनि वा स्वाद।
55662 पिरपराइ ना. पिरपिर गर्ने क्रिया वा प्रक्रिया।
55663 पिरपिराइनु अ.क्रि. पिरपिराउने होइन।
55664 पिरपिराउ ना. लोकविश्वासअनुसार भूत, प्रेत आदि लाग्नाले वा अभिचारीसम्बन्धी कर्मबाट शारीरिक वा मानसिक रूपमा कष्ट हुने क्रिया, फाप नहुने स्थिति; अफाप बिगार।
55665 पिरपिराउ ना. २. अरू कसैबाट हुने वा दिइने धेरै कुराको दुःखकष्ट, परपीडा।
55666 पिरपिराउनु अ.क्रि. पिरपिर शब्द वा स्वाद उत्पन्न हुनु।
55667 पिरपिराहट ना. पिरपिराउने वा पिरपिर गर्ने क्रियाप्रक्रिया।
55668 पिरपिरे ना. सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा।
55669 पिरपिरे ना. वि. २. पिरपिर स्वाद पैदा गर्ने।
55670 पिरपिरे ना. ३. पिरपिरको ध्वनि वा आवाज निकाल्ने।
55671 पिरमर्का ना. कुनै सामाजिक, प्राकृतिक आदि कारणबाट वा कसैद्वारा भएको हानिनोक्सानी।
55672 पिरमर्का ना. २. आपत् - विपत्।
55673 पिरमर्का ना. ३. सङ्कट।
55674 पिरल ना. सल्लाको पात, पिरौल, सल्लेपिर, सल्लेबिर।
55675 पिरलाइ ना. पिरोलाइ।
55676 पिरलाइनु क.क्रि. पिरोलाइनु।
55677 पिरलाउनु प्रे. क्रि. पिरोलाउनु।
55678 पिरलाहट ना. पिरोलाहट।
55679 पिरलाहा वि. पिरोलाहा।
55680 पिरलो ना. कुनै हानि - नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप, पिर।
55681 पिरलो ना. २. झिंजोलाग्दो काम; पिरोल्ने काम।
55682 पिरलो ना. ३. टोकसो।
55683 पिरल्याइँ ना. पिरल्ने चाला; पिरलोपन, पिरोल्याइँ।
55684 पिरा ना. काठको फल्याकबाट बनाइएको, विशेष गरेर भात खाँदा बस्ने, बाटुलो वा चारपाटे आसन, पिर्का पिरुका।
55685 पिराइ ना. पिर्ने भाव, क्रिया वा प्रक्रिया।
55686 पिराइ ना. [[पिराउ + आइ] २. पिराउने भाव, क्रिया वा प्रक्रिया।
55687 पिराइनु क.क्रि. पिर्न लाइनु।
55688 पिराउनु स.क्रि. पिर्ने काम गर्नु, दुःख कष्ट दिनु, सताउनु, सास्ती दिनु।
55689 पिराउनु स.क्रि. प्रे. क्रि. २. पिर्ने तुल्याउनु पिर्न लाउनु।
55690 पिराहट ना. पिराइ।
55691 पिराहा वि. जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको, अर्कालाई दुःख दिने, दुःखदायी।
55692 पिराहा वि. २. नसहने, नफाप्ने, अफाप।
55693 पिराहा वि. ३. पिर्ने स्वभावको, पिरोल्ने।
55694 पिराही वि. पिराहा स्वभावकी (आइमाई )।
55695 पिरिक्क क्रि.वि. लुगाफाटा च्यातिने र भाँडाकुँडा चर्कने वा फुट्ने गरी पिर।
55696 पिरिड्गो ना. साना भालाकारका पात हुने, सेतो फुल्ने र लाम्चो किसिमको फल फल्ने, आयुर्वेदमा ठन्डा गर्ने र पेटको रोग निको पार्ने भनिएको एक प्रकारको बुटी।
55697 पिरिनु अ.क्रि. पिर वा चिन्ता लिइनु।
55698 पिरिनु अ.क्रि. क.क्रि. २. पिराइमा परिनु, दुःख दिइनु।
55699 पिरिया ना. लामा पात, मसिना सेता वा राता फूल र किम्बुका जस्तो आकारको तर रातो पर्पऱ्याउने सानो फल फल्ने प्रायः सिमसारमा हुने एक जातको झार, पिरें]।
55700 पिरीपिरी क्रि.वि. छिटछिटो पिरिपिर हुने गरी।