Dictionary

All Word

55501 पितृभ्राता ना. काका।
55502 पितृभ्राता ना. २. बडाबा।
55503 पितृयज्ञ ना. पितृका निम्ति गरिने तर्पण, श्राद्ध आदि क्रिया; पितृकर्म सराद।
55504 पितृराज ना. पितृहरूको राजा यमराज।
55505 पितृराज्य ना. यमलोक।
55506 पितृलोक ना. पितृहरू बस्ने लोक, पितृहरूको लोक, यमलोक।
55507 पितृव्य ना. बाबुका दाजुभाइ, आफ्ना जेठा बाबु, कान्छा बाबु आदि।
55508 पितृश्राद्ध ना. पितृहरूका निम्ति गरिने पिण्डदानादि कर्म, पितृहरूका उद्देश्यले गरिने श्राद्ध पितृहरूको श्राद्ध।
55509 पितृसत्ता ना. बाबु परिवारको स्वामी मानिने र बाबुका अनुशासनमा परिवारको सदस्यले बस्नुपर्ने सामाजिक व्यवस्था, परिवारका सदस्यमाथि बाबुको स्वामित्व हुने व्यवस्था।
55510 पितृसत्ता ना. २. बाबुको सत्ता।
55511 पितृसत्ता ना. ३. बाबुको नामबाट वंशपरम्परा चल्ने व्यवस्था।
55512 पितृसत्तात्मक वि. परिवारको वास्तविक मालिक बाबु भएको प्रणालीमा आधारित वा उक्त प्रणालीको।
55513 पितृसत्तात्मकता ना. पितृसत्तात्मक हुने गुण, पितृसत्ताको विशेषता।
55514 पितृस्वसा ना. बाबुकी दिदी वा बहिनी, फुपू।
55515 पितृहत्या ना. बाबुलाई मार्ने काम; पिताको हत्या, पितृघा।
55516 पितो ना. शरीरभित्र पित्त रहने थैली, पित्ते थैली।
55517 पित्कनु अ.क्रि. पित्कोका रूपमा निस्कनु वा झर्नु।
55518 पित्काइ ना. पित्कने क्रिया वा प्रक्रिया।
55519 पित्काइनु क.क्रि. पित्कने पारिनु।
55520 पित्काउनु स.क्रि. / प्रे. क्रि. पित्कने पारिनु।
55521 पित्काहट ना. पित्कोका रूपमा दिनु वा हाल्नु, पित्कने पार्नु।
55522 पित्किनु अ.क्रि. पित्कने भाव, स्थिति वा क्रियाप्रक्रिया।
55523 पित्को ना. पितिक्क झर्ने वस्तुको थोरै मात्रा, अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्।
55524 पित्को ना. २. अल्पमात्रा वा परिमाण।
55525 पित्त क्रि.वि. लेदो पदार्थ थिचिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले पित्किएर।
55526 पित्त क्रि.वि. सात. पितिति, पितितिति।
55527 पित्त ना. पेटभित्र कलेजो र फोक्साका बिचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तितो र पहेँलो तरल पदार्थ, यकृज्जल, यकृद्रस।
55528 पित्त ना. २. वैद्यशास्त्रअनुसार कफ, वात, पित्त यी त्रिदोषमध्ये एक दोष।
55529 पित्तकर वि. . स्वस्थ शरीरका लागि आवश्यकभन्दा बढी पित्त पैदा गर्ने, शरीरमा पित्त बढाउने, पित्तवर्द्धक।
55530 पित्तकोष- ना. पेटभित्र कलेजो र फोक्साका बिचमा हुने र पित्त रहने थैली, पित्ताशय; पित्तथैली, पित्ते थैली (गलब्लाडर)।
55531 पित्तघ्न वि. पित्तलाई नाश गर्ने, पित्तनाशक।
55532 पित्तघ्न वि. ना. २. पित्तलाई बढ्न नदिने आयुर्वेदिक औषधी।
55533 पित्तघ्न वि. ३. घ्यु, घिउ।
55534 पित्तज्वर ना. शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो, पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो, कामला, कमलपित्त, गायो, जन्डिस आदिले गर्दा शरीरमा अनुभव हुने तातोपन।
55535 पित्तथैली ना. पित्तकोष।
55536 पित्तपत्थरी ना. शारीरिक विकारबाट पित्ताशयमा बन्ने ढुङ्गाजस्ता सानाठुला प्रायः गोला दाना।
55537 पित्तपापडा ना. साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, ला भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा फूल फुल्ने एक जातको वनस्पति।
55538 पित्तप्रकृति वि. बढी पित्त हुने प्रकृतिको; पित्त बढ्ने स्वभावको।
55539 पित्तप्रकोप ना. पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता, हानिकारक रूपमा पित्तको वृद्धि।
55540 पित्तल ना. तामो र जस्ताको मिश्रणबाट बन्ने पहेँलो रङ्गको एक उपधातु पित्तल।
55541 पित्तल ना. वि. २. पित्त धेरै भएको, पित्त बढाउने।
55542 पित्तल भुँडे वि. औलो वा खुजले खाएर रगत सकिनाले पहेँलो ठुलो Maya (मानिस)।
55543 पित्तले वि. पित्तलबाट बनाइएको; पित्तलसम्बन्धी, पित्तलको पिल्ले।
55544 पित्तले वि. २. पित्तको रोगले गर्दा पहेंलिएको, कमलपित्त भएको।
55545 पित्तले वि. ३. हुप्प फुलेको (भुँडी); पित्ले।
55546 पित्ताम्ल ना. पित्तमा हुने अमिलोपन, पित्तमा हुने अम्ल, अमलपित्।
55547 पित्ताशय ना. पित्त रहने स्थल वा कोष, पित्ते थैली।
55548 पित्ते वि. पित्त भएको।
55549 पित्ते थैली ना. पित्त रहने थैली, पित्ताशय।
55550 पिल्ले वि. पित्तले ॥[ अ.मू. पित्त् + ले] २. नराम्ररी फुलेको (भुँडी)।