Dictionary

All Word

55551 पित्ले भाँडो ना. पित्तलको भाँडो।
55552 पित्ले भुँडी ना. हुप्प फुलेको भुँडी, ट्याम्के भुँडी।
55553 पिधान ना. ढाक्ने काम छोप्ने काम।
55554 पिधान ना. २. ढकनी, बिर्को।
55555 पिधान ना. ३. झापन।
55556 पिधानक ना. पिधान।
55557 पिधानक ना. २. दाप।
55558 पिधायक वि. ढाक्ने, छोप्ने।
55559 पिधायक वि. २. ढाकछोप गर्ने, लुकाउने।
55560 पिन ना. कागजपत्रहरू नत्थी गर्ने काममा प्रयोग गरिने सियोको जस्तै मिहिन टुप्पो भएको, धातुको मसिनो किलो, आलपिन।
55561 पिना ना. तोरी, तिल आदि पेलेर तेल झिकेको सिट्ठी वा छोक्रा, खली, खलीपिना।
55562 पिनाइ ना. पिन्ने क्रिया वा प्रक्रिया।
55563 पिनाइनु क.क्रि. पिन्न लगाइनु, पिंधाइनु।
55564 पिनाउनु प्रे. क्रि. पिन्न लाउनु, पिंधाउनु।
55565 पिनाक ना. शिवजीको धन, अजगव।
55566 पिनाक ना. २. धनु।
55567 पिनाकी ना. पिनाक धनुलाई धारण गर्ने व्यक्ति, शिवजी।
55568 पिनास ना. रुघा बिग्रेर नाके ओढारमा हुने विकार।
55569 पिनासे वि. पिनासको रोग लागेको।
55570 पिनासे वि. २. पिन्वे; पिलन्धरे।
55571 पिनासे ओढार ना. नाकभित्र पिनास पर्ने ठाउँ; नाके स्वर उत्पन्न गर्ने शारीरिक अवयव, नाके टोड्की।
55572 पिन्चे वि. सानोतिनो कुरामा पनि रुन थाल्ने, पिलपिले; आँसु बगाइरहने, रुन्चे पितुर्के।
55573 पिन्च्याइँ ना. पिन्चे हुने चाल; पिन्वेपन; रुन्चेपन।
55574 पिन्डो ना. मासु खान काटेका पशुको पछाडिको फिलो पिँडो।
55575 पिन्डो ना. २ थुप्रो (अल्छीको पिन्डो)।
55576 पिन्सिन ना. हे. पेन्सन, निवृत्तिभरण।
55577 पिन्सिने वि. पेन्सनवाल।
55578 पिप- ना. पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिंगान जस्तो विषाक्त पदार्थ, पिप।
55579 पिपल ना. पानका आकारको तर टुप्पाको भाग केही लामो हुने, डाँठ हुने, बरकै किसिमका मसिना गोल फल फल्ने, बोक्रा हुने र खोटो निस्कने एक जातको वृक्ष, अश्वत्थ, पिप्पल।
55580 पिपल ना. (आयुर्वेदमा यसको बोक्रा दिसासम्बन्धी रोगमा र बियाँ गीतकारक औषधीको रूपमा प्रसिद्ध छ र हिन्दुहरूका दष्टिमा यो पवित्र वृक्ष मानिन्छ।)।
55581 पिपलपाती ना. बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेँला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने ताविशेष।
55582 पिपलपाती ना. (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ।)।
55583 पिपलपाते वि. पिपल का पातका आकारको।
55584 पिपलपाते वि. २. पातला ओठ भएको।
55585 पिपलपाते वि. ना. ३. पिपल जस्तो पात हुने एक जातको लहरो।
55586 पिपलपाते वि. ४. कुनै सिद्धान्तमा नअट्ने, मौकाअनुसार यताउता भइरहने, अवसरवादी, पिप्पलपाते।
55587 पिपलु ना. पिप्पल ( गीत, काव्य वा लोकगीतमा )।
55588 पिपलमेन्ट ना. पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको भार एक प्रकारको पुदिना।
55589 पिपलमेन्ट ना. २. त्यसको सार वा सो सार चिनीमिस्रीमा मिलाई बनाइएको एक प्रकारको मिठाई।
55590 पिपलमेन्ट ना. पीपी (बालबोलीमा)।
55591 पिपला ना. हे. पिप्ला।
55592 पिपा ना. काठ, धातु, आदिको ठुलो, गोल र लाम्चो किसिमको भाँडो।
55593 पिपा ना. भरिया वा टहलुवाको काम गर्ने तल्लो तहको पल्टनिया जागिरदार।
55594 पिपा गोस्वारा ना. पिपाहरूको अड्डा।
55595 पिपासा ना. पानी आदि पिउने इच्छा; प्यास, तिर्खा, तृषा।
55596 पिपासा ना. २. कुनै कुराको अतिशय चाहना, लोभलालच (उदा. - धनको पिपासा अन्तहीन कुरो हो )।
55597 पिपासु वि. पिपासा भएको तिर्खाएको, प्यासो।
55598 पिपरा ना. पिपिरो।
55599 पिपिरापिपिरी ना. सानाठुला धेरै पिपिराहरू, सानाठुला पिपिराहरूको समूह।
55600 पिपिरी ना. एकापट्टि केही सानो र अर्कापट्टि केही ठुलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बज्ने केटाकेटीको बाजा।